
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
बिर्तामोड, २४ बैशाख । झापा जिल्ला सहकारी संघको आठौं अधिवेशनबाट नवनिर्वाचित सञ्चालक तथा लेखा समितिले सपथ ग्रहण गरेका छन् । आज बिर्तामोडमा आयोजित ‘सपथ ग्रहण तथा पद हस्तान्तरण’ कार्यक्रमका बीच नवनिर्वाचित सञ्चालक तथा लेखा समितिले सपथ ग्रहण गरेका हुन् । संघका अध्यक्ष गणेश ढकालको अध्यक्षता तथा राष्ट्रिय सहकारी बैंक लि.का अध्यक्ष महेन्द्रकुमार गिरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा निर्वाचन समिति संयोजक देवेन्द्र भण्डारीले उनीहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको हो । सोही कार्यक्रमका बीच निवर्तमान अध्यक्ष गणेश ढकालले नवनिर्वाचित अध्यक्ष प्रेमकुमार कोइरालालाई संघको माइन्युट हस्तान्तरण गर्दै पदहस्तान्तरण गर्नुभयो । कार्यक्रममा नवनिर्वाचित समितिले निवर्तमान समितिलाई सम्मान समेत गरेको छ । कार्यक्रममा…
बिर्तामोड, २४ बैशाख । किरात जातजातिको पहिचान झल्कने सम्पूर्ण सामान पाइने व्यावसायिक प्रतिष्ठान सांकेन क्रिएसन झापाको बिर्तामोडमा सञ्चालनमा आएको छ । ‘किराती पहिचान, हाम्रो अभियान, मौलिक पहिरन, हाम्रो सान’ भन्ने नाराका साथ किरात जातजातिको पहिचान झल्कने सम्पूर्ण भेषभूषा, गरगहना, बाजागाजा, खाद्यन्न लगायतका सम्पूर्ण सामग्री एकैथलोमा पाइने सांकेन क्रिएसन सञ्चालनमा आएको हो । बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष राजु न्यौपानले आज एक कार्यक्रमका बीच सांकेन क्रिएसनको उद्घाटन गर्नुभएको छ । प्रमुख अतिथि बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष न्यौपानेले पहिचान झल्कने सामग्रीको पसल बिर्तामोडमा मात्र नभई जिल्लामै पहिलो हुन सक्ने बताउनुभयो । पसलले बजारमा छुट्टै पहिचान बनाएर फस्टाउने उहाँले विश्वास व्यक्त गर्नुभयो…
काठमाडौँ, २४ वैशाख । अदालतले तोकेको जरिवाना तिर्न नसकेपछि व्यापारी अमित अग्रवाल कारागार चलान भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँले उनलाई मंगलबार स्वयम्भूबाट पक्राउ गरेर अदालतमा उपस्थित गराएको थियो। अदालतले तोकेको डेढ करोड जरिवाना तिर्न नसकेपछि उनलाई डिल्लीबजार कारागार चलान गरिएको प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपीलराज बोहराले बताए। जिल्ला अदालत काठमाडौँले उनलाई बैंकिङ कसुर र चेक अनादरका दुईवटा मुद्दामा दोषी ठहर गर्दै कैद र जरिवानाको फैसला गरेको थियो। काठमाडौँ महानगरपालिका ३० बस्ने ४७ वर्षका अग्रवाल अदालतबाट दोषि ठहर भएपछि फरार रहँदै आएका थिए। २०८० जेठ २२ गते बैंकिङ कसुर मुद्दामा ३० दिन कैद र एक करोड ५० लाख रुपैयाँ…
एजेन्सी, २४ वैशाख । कश्मीरमा पाकिस्तानी सेनाको गोलाबारीमा तीन भारतीय नागरिकको ज्यान गएको छ । भारतीय सेनालाई उद्धृत गर्दै समाचार संस्था रोयटर्स र एफपीले तीन भारतीय नागरिकको ज्यान गएको बताएका छन् । यसैबीच, पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरिफ चौधरीले भारतीय आक्रमणमा दुई बालबालिकासहित सात जनाको ज्यान गएको पुष्टि गर्नुभएको छ । घटनामा ३५ जना घाइते भएका छन् ।
विष्णुप्रसाद पोखरेलदमक, २४ वैशाख । झापाको मेचीनगरका किसानहरूलाई हात्तीबाट मकै जोगाउन मुश्किल भएको छ । दिनहु आउने जङ्गली हात्तीले मकैबालीमा नष्ट गर्न थालेको हो । अहिले मकैको सिजन भएकाले भारतबाट हुलका हुल हात्ती नेपाल प्रवेश गर्ने गरेका छन् । मेचीनगर ४ बाहुण्डागीका उज्वल अधिकारीको ५ कट्ठा, गीता अधिकारीको ३ कठ्ठा, लिलामाया गौतमको ३ कट्ठा, ज्ञानबहादुर गुरुङको साढे ४ कट्ठा जमिनमा लगाएको मकै खेती पूर्णरूपमा नष्ट गरेको हो । हात्तीको विषयमा जानकार स्थानीय शङ्कर लुइटेलका अनुसार समूह बनाएर हात्तीहरू मकै खान आउने गरेका छन् । हात्तीका लागि मकै राम्रो र मनपर्ने आहार भएको उहाँले जनाउनु भएको छ । पछिल्लो समयमा बाहुण्डागीमा…
विराटनगर, २४ वैशाख । उदयपुरमा चट्याङ लागेर १ जना र खोटाङमा बिद्युतिय करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । वैशाख २३ गते अपरान्ह उदयपुरको कटारी नगरपालिका–८ का मान बहादुर मगरको १२ बर्षीय छोरा चित्र बहादुर मगर घर नजिकै रहेको जंगलमा बाख्रा चराउन गएको अवस्थामा बर्षा संगै परेको चट्याङले लागेर घटना स्थलमा नै मृत्यु भएको हो । सोही दिन बेलुका ६ बजे खोटाङको ऐसेलुखर्क गाउँपालिका–७ का ३९ बर्षीय बिकाश राईले बिद्युतको पोलमा रहेको ट्रान्सफर्मरमा फ्युज जोड्ने क्रममा करेन्ट लाग्दा उनको घटना स्थलमा नै मृत्यु भएको हो । घटना स्थलमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी अधिकृत सहितको टोली खटी मृतक लाशको…
उदयपुर, २४ वैशाख । उदयपुरको बेलका नगरपालिका– ८ कोठु स्थित सप्तकोशी नदीमा पुलबाट हाम्फालेर १ जनाको मृत्यू भएको छ । वैशाख २३ गते विहान पौने ११ बजे सुनसरीको बराहक्षेत्र नगरपालिका–१ का ५२ वर्षीय मकर जंग राई सप्तकोशी नदीमा हाम फालेका हुन् । पुलबाट हाम्फालेको भनि अस्थायी प्रहरी पोष्ट कोठुमा जानकारी हुनासाथ तत्काल उद्दारमा खटिएको प्रहरी टोलीले राईलाई नदीबाट निकाली उपचारको लागि धरान घोपा पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
झापा, २४ वैशाख । झापा, सुनसरी र मोरङको विभिन्न स्थानबाट निषेधित औषधी र खैरो हिरोइन सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । वैशाख २३ गते मोरङ बिराटनगर–१६ स्थितबाट लागू औषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले सुनसरी इटहरी उप(महानगरपालिका–३ का २३ वर्षीय एमन खापुङलाई खैरो हिरोइन १ ग्राम १५ मिलिग्राम सहित पक्राउ गरेको छ । यसैगरी इलाका प्रहरी कार्यालय उर्लाबारी मोरङबाट खटिएको प्रहरी टोलीले उर्लाबारी नगरपालिका–४ आईतवारेमा कोठा भाडालिई बस्दै आएका ४२ वर्षीय योगेन्द्र तुङहाङलाई प्रतिवन्धित औषधी–४० चक्की र खैरो हिरोइन ३ सय १० मिलिग्राम सहित नियन्त्रणमा लिएको छ । त्यसैगरी झापाको अस्थायी प्रहरी चौकी गरामनीबाट खटिएको प्रहरी टोलिले…
भद्रपुर, २४ बैशाख । झापाको भद्रपुर नगरपालिकाले यहाँका युवालाई लोकसेवा तयारी कक्षा प्रदान गरिरहेको छ । युवाहरुलाई प्रशासनिक क्षेत्रमा रोजगारीको पहुँच पु¥याउने उद्देश्यले नगरपालिकाले यहाँका ७० जना युवालाई लोकसेवा तयारी कक्षा प्रदान गरिरहेको नगरपालिकाकी सामाजिक विकास अधिकृत जीवनकला राउतले जानकारी दिनुभयो । चैत ९ गतेदेखि नायब सुब्बा पदका लागि ५० दिने तयारी कक्षा धमाधम भइरहेको उहाँले बताउनुभयो । युवालाई रोजगार बनाएर स्वदेशमै टिकाउन लोकसेवा कक्षा सञ्चालन गरिएको नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलको भनाई छ । तालिमले यहाँका युवालाई प्रशासनिक क्षेत्रमा रोजगार बन्न सहयोग मिल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । नगरपालिकाले उपलब्ध गराएको अवसरबाट भरपुर लाभ लिन उहाँले आग्रहसमेत गर्नुभयो । चन्द्रगढीस्थित…
झापा, २४ बैशाख । उप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहकी दिदी रीता सिंहसहित १७ जनाविरुद्ध बालमन्दीरको जग्गा हिनामिनामा मुद्दा चल्ने भएको छ। महान्यायाधिवक्ता रमेश बडालले सिंहसहित १७ जनाविरुद्ध मुद्दा चलाउने निर्णय गरेका महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले बताए ।यसअघि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले मुद्दा चलाउन नपर्ने रायसहित उच्च सरकारी वकिल कार्यालय हुँदै महान्यायाधिवक्ताको कार्यालयमा फायल पेश गरेको थियो। तर महान्यायाधिवक्ताले फायल अध्ययनपछि मुद्दा चल्ने निर्णय गरेका हुन् । महान्यायाधिवक्ताको निर्णयसँगै अब जिल्ला सरकारी वकिल कार्यालयले अभियोग पत्र तयार गरेर काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गर्नेछ। यसअघि नै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान सकेर प्रतिवेदन जिल्ला सरकारी…