
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
कचनकवल, ६ फागुन । कचनकवल गाउँपालिकाको न्यायिक समितिले उत्कृष्ट कार्य सम्पादन गर्दै ९६.४३ प्रतिशत अंक प्राप्त गरेको छ। फाइनान्सियल रिक्स एसाइनमेन्ट (एफआरए) तथा लिसा नेपाल ड्यासबोर्डको प्रतिवेदन अनुसार न्यायिक समितिको कार्यसम्पादन प्रभावकारी देखिएको छ । न्यायिक समितिले स्थानीय विवाद समाधान, मेलमिलाप तथा न्यायिक प्रक्रियालाई व्यवस्थित रूपमा अघि बढाउँदै नागरिकलाई सहज न्याय सेवा उपलब्ध गराएको छ। सार्वजनिक प्रतिवेदन अनुसार न्यायिक समितिले न्याय सम्पादनमा प्रविधिमैत्री प्रणाली अपनाउँदै न्यायिक प्रक्रिया छरितो, पारदर्शी र प्रभावकारी बनाएको छ। समितिले कानुनी प्रक्रिया सहज बनाउन परामर्श सेवा, मेलमिलाप तथा मुद्दा व्यवस्थापन प्रणालीलाई व्यवस्थित रूपमा अघि बढाइरहेको छ। न्यायिक समिति संयोजक तथा गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले न्यायिक सेवालाई…
झापा, ६ फागुन । सरकारले नयाँ खुलेका उद्योगलाई पनि सुपारी, केराउ र मरीचको आयात अनुमति दिने निर्णय गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै उक्त निर्णय लागू गरेको हो। मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले आर्थिक वर्ष २०८१–८२ मा औद्योगिक प्रयोजनका लागि केराउ, सुपारी र सेतो तथा कालो मरीचको आयातमा रहेका प्रतिबन्ध हटाइएका जानकारी दिनुभएको छ । यसअघि, तस्करीको समस्या बढेपछि २०७६ चैत २४ मा सरकारले यी वस्तुहरूको आयातमा पूर्ण बन्देज लगाएको थियो। त्यसपछि २०७७ चैत ९ मा पूर्ण बन्देज हटाएर परिमाणात्मक बन्देज लागू गरिएको थियो। सोको आधारमा उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनका लागि कच्चा पदार्थको रूपमा सुपारी, केराउ…
बिर्तामोड, ६ फागुन । बिर्तामोड नगरपालिकाले पशुपालक कृषकहरुलाई चापकटर बितरण गरेकोछ । आज एक कार्यक्रमको आयोजना गर्दै नगरपालिकाले ५० प्रतिशत साझेदारी अनुदानमा २५ जनालाई मोटरसहितको चापकटर वितरण गरेको हो । कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले कृषिलाई प्रविधि मैत्री बनाउन हरेक वर्ष यस प्रकारका सामग्री वितरण गर्दै आएको बताउनु भयो । उहाँले कृषकहरुको मागलाई ध्यानमा राखेर विभिन्न प्रकारका सिपमुलक तालिम र मेशिन वितरण गर्दै आएको बताउँदै आगामी दिनमा अझै बढाएर लैजाने बताउनुभयो । कार्यक्रममा बोल्दै वडा नम्बर ४ का वडाअध्यक्ष राहुल शर्माले कृषकले प्राप्त गरेका सामाग्रीलाई उपलव्धी मुलक बनाउन सबैलाई आग्रह गर्नु भयो । यस्तै कार्यक्रममा बोल्दै कृषक लय…
मोरङ, ६ फागुन । मोरङ, सुनसरी र उदयपुरको विभिन्न स्थानहरुबाट प्रतिबन्धित लागूऔषधसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको मिक्लाजुङ–७ स्थितबाट इलका प्रहरी कार्यालय मधुमल्लाबाट खटिएको प्रहरी टोलीले बिशेष सूचनाको आधारमा स्थानिय २० वर्षीय मनिष राईको घरमा खानतलासी गर्दा प्रतिबन्धित लागूऔषध ट्रामाडोल ९६, स्पास्टिन २३८ क्याप्सुल र नाईट्रेजेपाम ४ ट्यापलेट सहित प्रकाउ गरेको छ । त्यसैगरी, सुनसरीको अस्थायीप्रहरी चौकी जोरसखुवाबाट खटिएको प्रहरी टोलोले धरान उप महानगरपालिका–१६ का २० वर्षीय निशान तामाङको साथबाट ट्रमाडोल १८२ क्याप्सुल र स्पास्पेन १८२ चक्कीसहित पक्राउ गरेको छ भने उदयपुर त्रियुगा नगरपालिका ३ स्थितबाट जिल्ला प्रहरी कार्यालय उदयपुरबाट गस्तीमा खटिएको प्रहरी टोलिले स्थानिय २७ वर्षीय…
झापा, ६ फागुन । क्यानाडाको टोरन्टोमा ८० जना सवार एक विमान अवतरण गर्ने क्रममा पल्टिँदा १९ जना घाइते भएका छन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको एपीले जनाएको छ । मिनेसोटाबाट टोरन्टोका लागि आएको डेल्टा उडानमा सवार सबै ८० जनालाई अमेरिकी संघीय उड्डयन प्रशासनले सकुशल निकालेको छ । ७६ जना यात्रु र चार चालक दलका सदस्य रहेको सो विमान स्थानीय समय अनुसार दिउँसो सभा २ बजे दुर्घटना भएको हो । दुर्घटना के कारणले भयो भन्ने स्पष्ट नभएपनि मौसमकै कारण हुन सक्ने अनुमान गरिएको छ । क्यानाडामा ६५ किलोमिटरको गतिमा हिउँ र हावा चलिरहेको र तापमान माइनस ८ दशमलव…
झापा, ६ फागुन । चालु आवको छ महिनामा १० हजार सात सय ७६ वटा साइबर अपराधसँग जोडिएका निवेदन दर्ता भएका छन् । सामाजिक सञ्जालको दुरुपयोग गरेर अपराध गर्नेहरूले सबैभन्दा बढी टेलिग्राम प्रयोग गरेको पाइएको छ । कुल एक हजार एक सय ८७ वटा निवेदन टेलिग्रामसँग जोडिएको दर्ता भएको गृह मन्त्रालयले जनाएको छ । यस्तै, फेसबुक प्रयोग गरेर एक हजार ९८, इन्टाग्राम प्रयोग भएका सात सय ३१ र टिकटकसँग जोडिएका एक सय ५३ वटा निवेदन दर्ता भएका छन् । आव २०८०र८१ मा कुल १९ हजार सात सय ३०, आव २०७९र८० मा नौ हजार १३ वटा साइबर अपराधसँग जोडिएका निवेदन दर्ता भएका…
झापा, ६ फागुन । चालु आर्थिक वर्षको छ महिनामा सडक दुर्घटनामा परेर एक हजार दुई सय ३३ जनाको निधन भएको छ। गृह मन्त्रालयका अनुसार २०८० को पुस मसान्तसम्म देशभर १२ हजार आठ सय ५६ सवारी दुर्घटनामा एक हजार एक सय ४९ जनाको ज्यान गएको थियो । यस वर्षको पुस मसान्तसम्म ११ हजार तीन सय ३८ सवारी दुर्घटना हुँदा एक हजार दुई सय ३३ जनाको मृत्यु भइसकेको छ। गत वर्षको छ महिनाको तुलनामा यस वर्षको छ महिनामा सवारी दुर्घटनाको सङ्ख्या घटे पनि मृत्यु हुनेको सङ्ख्यामा वृद्धि भएको छ। गत मङ्सिरको तुलनामा पुसमा सडक दुर्घटना बढे पनि मृत्यु हुनेको सङ्ख्या घटेको गृह…
झापा, ६ फागुन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य पुनः उकालो लागेको छ । अमेरिकी डलर एकको खरिददर एक सय ३८ रूपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३९ रूपैयाँ ३१ पैसा, युरोपियन युरो एकको खरिददर एक सय ४५ रूपैयाँ ४० पैसा र बिक्रीदर एक सय ४६ रूपैयाँ तीन पैसा निर्धारण गरिएको छ । युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रूपैयाँ ७५ पैसा र बिक्रीदर एक सय ७५ रूपैयाँ ५१ पैसा कायम गरिएको छ । स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५३ रूपैयाँ ९९…
झापा, ६ फागुन । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १८ वटा निर्माण कम्पनीलाई कालो सूचीमा रखेको छ । कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लेखि पठाएअनुसार १८ वटा निर्माण कम्पनीलाई काली सूचीमा राखिएको जनाएको हो । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम ती निर्माण कम्पनीलाई काली सूचीमा राखिएको सूचनामा उल्लेख छ । यी हुन् कालोसूचीमा पर्नेहरु
बिर्तामोड, ५ फागुन । झापाको बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि कनकाई नगरपालिकाले जितेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आज भएको फाइनल खेलमा अर्जुनधारा नगरपालिकालाई ३(० गोलअन्तरले पराजित गर्दै कनकाई अन्तरपालिका महिला फुटबलको च्याम्पियन बनेको हो । कनकाईको जितमा सिम्रन राई र पूर्णिमा राईले गोल गरेकी हुन् । पहिलो हाफको ७ मिनेटमै कनकाईकी सिम्रन राईले गोल गर्दै अग्रता दिलाएकी थिइन् । दोस्रो हाफमा थप दुई गोल भएको थियो । खेलको ५३औँ मिनेटमा कनकाईकी पूर्णिमा राईले गोल गर्दै अग्रता दोब्बर बनाएकी हुन् । यसैगरी, सिम्रन राईले ६०औँ मिनेटमा व्यक्तिगत दुई गोल तथा…