jhapaonline add

झापा, १८ माघ । झापाको बिर्तामोड–५ स्थित निर्मित गायत्री मन्दिरमा गायत्री माताको प्रतिमा प्राण प्रतिष्ठा गर्नु अघि पाँच दिवसीय अनुष्ठान शुरु भएको छ । अनुष्ठानको उद्घाटन प्रतिनिधि सभा नेपालका सभामुख देवराज घिमिरेले गरेका छन् । बिर्तामोडमा पहिलो पटक आयोजना गरिएको गायत्री माताको पाँच दिवसीय अनुष्ठान माघ २१ गतेसम्म सञ्चालन हुने हुनेछ । स्थानीय दाता, बिर्तामोड नगरपालिका र प्रदेश सरकराको संयुक्त अढाई करोड रुपैयाँको लगानीमा निर्माण गरिएको गायत्री माताको मन्दिर परिसरमा अनुष्ठान शुरु भएसँगै दैनिक नेपाल तथा भारतमा ख्यातिप्राप्त भजन गायकद्वारा भजन कीर्तनको आयोजना गरिएको महाप्रसाद वितरण गरिने बताइएको छ । आगामी माघ २१ गते विधि पूर्बक प्राण प्रतिष्ठा गरिने गायत्री…

Read More

बिर्तामोड, १८ माघ । निजी विद्यालयतर्फ निदि आदर्श युनिटी कप बिहीबारदेखि निदिको खेल मैदानमा शुरु भएको छ। खेलको माध्यमबाट विद्यार्थीहरुलाई एकजुट गरी राष्ट्र निर्माणमा टेवा पुर्याउन उद्देश्यले खेल सुरु गरिएको निदि इन्द्रेणी क्यापस प्रमुख तथा निदि आदर्श युनिटी कपका कार्यक्रमका अध्यक्ष रन्जित शाहले खेलको उद्गघाट्न गर्दै बताउनु भएको हो । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) झापाका कार्यबाहक अध्यक्ष उत्तम खनालको प्रमुख आतिथ्य, आदर्श स्कुल अफ म्यानेजमेन्टका आउटरिच मेनेजर दीपक दास, कलेजका कोर्डिनेटर तथा सुरुवाती कोठा नेपाल झापाका कोषाध्यक्ष यज्ञराज कडरिया, निदि स्कुलका प्रिन्सिपल भिष्भ प्रसाईले आयोजकको तर्फबाट स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको औपचारिक सञ्चालन निदि कलेजका शिक्षक सरोज…

Read More

शिवसताक्षी, १८ माघ । झापा शिवसताक्षी ११ दूधे स्थित श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयले ५५ औं वार्षिकोत्सव अवसरमा उत्कृष्ट शिक्षक तथा कर्मचारीलाई सम्मान गरेको छ । विद्यालयमा एक वर्ष भित्रमा उत्कृष्ट काम गर्ने पाँच शिक्षक र एक कर्मचारीलाई सम्मान गरेको हो । विद्यालयले शिक्षक युवराज आङदेम्बे, अरुण रेग्मी, मोनिका मोक्तान, अस्मिता राई, लीला गेलाल र कर्मचारी छविलाल दवाडीलाई सम्मान गरेको हो । उनीहरुलाई संघीय सांसद लालप्रसाद साँवा, शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रालगायतले सम्मान पत्र प्रदान गरेका थिए । कार्यक्रममा बोल्दै सासद साँवाले यस विद्यालय आफुले पनि अध्ययन गरेको र धेरै जनप्रतिनिधिहरुले अध्ययन गरेको विद्यालय भएको बताए। यहाँको भौतिक अवस्था…

Read More

चन्द्र बस्नेतकनकाई, १८ माघ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) झापाको १३ औं जिल्लास्तरीय खेलकुद तथा सांस्कृति कार्यक्रम अन्तर्गत बिहीबार भएको भलिबल तथा टेवल टेनिसको खेल सम्पन्न भएको छ । फाक्तालुङ एजुकेशन फाउण्डेशन कनकाईको प्राङ्गणमा भएको कक्षा–१० सम्मका छात्रातर्फको भलिबलको उपाधि पशुपति इंग्लिस स्कूल काँकरभिट्टाले जितेको छ । शिखर ज्योति दमकलाई ३–० को सोझो सेटमा पराजित गर्दै पशुपति इंग्लिस स्कूल काँकरभिट्टाले उपाधि उचालेको हो। त्यस्तै, छात्रतर्फ सोही विद्यालयबीच भएको प्रतिस्पर्धामा पशुपति इंग्लिस स्कूल काँकरभिट्टालाई ३–० को सोझो सेटमा नै पराजित गर्दै शिखर ज्योति दमकले उपाधि जितेको एनप्याब्सन झापाका कार्यवाहक अध्यक्ष ओमबिक्रम नेम्वाङले जानकारी दिनुभयो । उता, कनकाई…

Read More

झापा, १७ माघ । अमेरिकाबाट १३६५ नेपाली निष्कासनमा पर्ने भएका छन् । अमेरिकाले सार्वजनिक गरेको आफ्नो देशमा बस्दै आएका अवैध आप्रवासीको सूची निष्कासनमा पर्ने नेपालीको संख्या १ हजार ३६५ रहेको त्यहाँस्थित अध्यागमन कार्यालयले जनाएको छ , डोनाल्ड ट्रम्पले राष्ट्रपति पद सम्हालेसँगै अवैध आप्रवासीलाई आफ्नै देश फिर्ता पठाउने निर्णय गरेका थिए । उक्त अनुसार अमेरिकी अध्यागमन कार्यालयले आफ्नो देशमा बसिरहेका अवैध आप्रवासीको संख्या १४ लाख ४५ हजार ५ सय ४९ जना रहेको उल्लेख गरेको हो । अमेरिकाबाट बाहिरिने आप्रवासीमा सबैभन्दा धेरै होन्डुरसका २ लाख ६१ हजार छ सय ५१ जना रहेका छन् । ग्वाटेमालाका २ लाख ५३ हजार ४ सय १३,…

Read More

झापा, १७ माघ । हाल देशमा पश्चिमी वायुको प्रभाव छ । आज बिहान कोसी र गण्डकी प्रदेशका पहाडी भूभागको मौसम आंशिकदेखि साधारणतया बदली छ। बाँकी भागमा मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराईका धेरै स्थानमा अहिले हुस्सु र कुहिरो लागेको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा मौसम आंशिकदेखि साधारणतया बदली रहने छ। देशका बाँकी भूभागमा मौसम सफा रहनेछ। कोसी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। त्यसैगरी आज राति देशका पहाडी भू(भागमा आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली…

Read More

झापा, १७ माघ । भारतको उत्तर प्रदेशमा हिन्दूहरूको महाकुम्भ मेलामा बुधबार बिहान भागदौड हुँदा कम्तीमा ३० जनाको मृत्यु हुनुका साथै अन्य ६० जना घाइते भएको प्रहरीले जनाएको छ । गङ्गा, यमुना र सरस्वती नामको तीन नदीको सङ्गममा पवित्र स्नान गर्न मौनी अमावस्याको पवित्र दिन करिब १० करोड मानिस भेला भएको थिए । मृतक ३० मध्ये २५ जनाको सनाखत भइसकेको र बाँकी शवको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ । एक वरिष्ठ प्रहरी अधिकारीले स्थानीय समय अनुसार बुधबार बिहान एकदेखि दुई बजेको बीचमा भागदौड भएको बताउनुभयो ।

Read More

चन्द्र बस्नेतकनकाई, १७ माघ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) झापाको १३ औं जिल्लास्तरीय खेलकुद तथा सांस्कृति कार्यक्रम अन्तरगत बुधबार १३ वर्षमुनिको फुटलब प्रतियोगिताको उपाधि इष्ट होराइजन बोर्डिङ स्कूल धुलाबारीले जितेको छ। झापाको कनकाई नगरपालिका–२ स्थित जामुनखाडी सामुदायिक वनको प्राकृतिक खेल मैदानमा सम्पन्न प्रतियोगिता अन्तरगत फाइनल खेलमा वण्डरल्याण्ड इंग्लिस स्कूल केर्खालाई १–० गोल अन्तरले पराजित गर्दै इष्ट होराइजन बोर्डिङ स्कूल धुलाबारीले उपाधी चुमेको हो । त्यसैगरी, बुधबार नै फाक्तालुङ एजुकेशन फाउण्डेशन कनकाईको प्राङ्गणमा भएका कक्षा १० सम्मका पुरुष र महिलाका छुट्टाछुट्टै भलिबल प्रतियोगिता सम्पन्न भएको छ। पुरुष तर्फ भएको पहिलो प्रतियोगितामा फाक्तालुङ एजुकेशन फाउण्डेशन दुर्गापुरलाई पराजित गर्दै…

Read More

झापा, १७ माघ । आज माघ शुक्ल प्रतिपदा– तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन , सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । ल्होसारमा १२ वटा जीवजन्तुका नामबाट ल्हो खोर्लो अर्थात् वर्ष चक्रका आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार यो पर्व मनाउने गरिन्छ । भूमिपूजा, कूलपूजा एवं दानदक्षिणा, ढोगभेट, नाचगान, मिठो परिकार बनाएर खाने र शुभकामना आदानप्रदान गरी…

Read More

भद्रपुर, १६ माघ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे बिर्तामोड नगर अस्पताललाई लाखौं मूल्य बराबरको स्वास्थ्य तथा प्राविधिक सामग्री हस्तान्तरण गर्नुभएको छ । दातृ संस्था हेल्पिङ हेण्ड फर रिलिफ एण्ड डेभलपमेन्ट युएसएले वर्क फर नेपालको व्यवस्थापकीय सहयोगमा बिर्तामोड नगर अस्पताललाई प्रदान गरेको रू ६८ लाख बराबरको एक सय ३६ प्रकारका विभिन्न अस्पतालजन्य सामग्री सभामुख घिमिरेले हस्तान्तरण गर्नुभएको हो । झापाको बिर्तामोड–३ स्थित बिर्तामोड नगर अस्पताललाई स्वास्थ्य तथा प्राविधिक सामग्री हस्तान्तरण कार्यक्रममा सम्बोधन गर्नुहुँदै सभामुख घिमिरेले पछिल्लो समय सरकारी अस्पताल सुविधा–सम्पन्न बन्दै गएकाले आमनागरिकले गुणस्तरीय सेवा प्राप्त गर्न थालेको बताउनुभयो । “सरकारी अस्पताल निजी अस्पतालसहर सुविधा सम्पन्न भइरहेका छन्”, उहाँले भन्नुभयो, “स्वास्थ्य…

Read More