jhapaonline add

झापा, १७ असार । झापाको झापा गाउँपालिका–४ चौधरीटोलबाट प्रहरीले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । बुधबार साँझ करिब ६ः३० बजे प्रहरी चौकी टाघनडुब्बा र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका दुई जनामाथि शंका लागेपछि चेकजाँच गरेको थियो । जाँचका क्रममा दमक नगरपालिका–८ का ३७ वर्षीय चन्द्रबहादुर तामाङ र भारतको बिहार राज्य किशनगञ्ज जिल्ला दिघलबैंक थाना अन्तर्गत कुतुवाभिट्टा का १९ वर्षीय अब्दुल रहमानको साथबाट कालो प्लास्टिकमा लुकाइछिपाइ ल्याइएको लागूऔषध ब्राउन सुगरजस्तो देखिने खैरो लिसाइलो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ । बरामद पदार्थको तौल प्लास्टिकसहित २८ ग्राम ५३ मिलिग्राम र प्लास्टिकबाहेक २५ ग्राम…

Read More

झापा, १८ असार । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ६ हजार २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिनको तुलनामा सुनको मूल्य ६ हजार २०० ले बढेको हो । बिहीबार छापावाल सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबारका लागि निर्धारण गरिएको छ । बुधबार प्रतितोला २ लाख ७७ हजार ३०० रुपैयाँ कायम भएको थियो । यस्तै, बिहीबार चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार चाँदी प्रतितोला ४ हजार ४५० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार २७० रुपैयाँमा कारोबार भएको थियो । यसअनुसार चाँदीको मूल्य तोलामा १८०…

Read More

झापा, १८ असार । झापाको हल्दिबारी गाउँपालिका–२ कलाधर बस्तीस्थित हल्दिबारी–बिर्तामोड भित्री पक्की सडक छेउको जोतिएको खेतको हिलोमा साइकलसहित एक पुरुष मृत अवस्थामा फेला परेका छन् । बिहीबार बिहान करिब ५ः२० बजे स्थानीयवासीले खेतको हिलोमा अनुहार गाडिएको अवस्थामा एक पुरुष मृत रहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । सूचना प्राप्त हुनासाथ प्रहरी चौकी हल्दिबारीबाट खटिएको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो । मृतक बिर्तामोड नगरपालिका–९ का ४९ वर्षीय होमप्रसाद सुवेदी रहेको खुलेको छ । मृतकलाई उनकी छोरी हाल हल्दिबारी गाउँपालिका–२ बस्ने योगमाया सुवेदी भट्टराईले पहिचान गरेकी हुन् । प्रहरीले घटनास्थल सुरक्षित राखी आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ ।…

Read More

झापा, १८ असार । मनसुनी वायुको प्रभावले बिहीबार बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश आकाश बादलले ढाकेको छ। कोसी र बागमती प्रदेशमा साधारणतया र मधेस प्रदेशको आकाशमा आंशिक बादल लागेको छ। अनि बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्म वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।‌ मौसम महाशाखाले आज बिहान ८ बजे जारी गरेको प्रक्षेपणअनुसार दिउँसो देशका हिमाली र पहाडी भूभागको केही स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्म वर्षारहिमपातको सम्भावना छ। सुदूरपश्चिम प्रदेशको तराई भूभागका पनि केही स्थान, लुम्बिनी प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ। मधेस…

Read More

झापा, १७ असार । अख्तियार दुरुपयोग आयोगले ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकाको तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतलगायतलाई भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरेको छ । पलापु खानेपानी लिफ्टको बैङ्क ग्यारेन्टी रकम हिनामिना गरेको तथा आम्दानी नजनाएको भन्ने समेतको उजुरीका सम्बन्धमा छानबिन गर्दा भ्रष्टाचार भएको आयोगको ठहर छ । आयोगले चम्पादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद सुवेदी, शिरिस कन्स्ट्रक्सन मध्यपुर ठिमी ६ भक्तपुर र सो कम्पनीका सञ्चालक प्रकाश नाछिरिङ राईविरुद्ध रु १८ लाख ५० हजार बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ । आयोजना सञ्चालनमा क्रममा राखिएको बैङ्क ग्यारेन्टी वापतको कार्यसम्पादन जमानतको रकम आपसी मिलेमतोमा सार्वजनिक सम्पत्ति हिनामिना गरेको…

Read More

झापा, १७ असार । झापाको मेचीनगर नगरपालिका–३ भावना चोकमा गएराति भएको आगलागीबाट करिब १६ लाख रुपैयाँ बराबरको क्षति भएको छ। प्रहरीका अनुसार मंगलबार राति करिब १ बजे पूर्णचन्द्र रिजालको इँटा र काठबाट बनेको टिनको छानो भएको दुई कोठे कच्ची घरमा अचानक आगलागी भएको थियो। आगोले घरसँगै टाँसिएको गोठसमेत जलेर नष्ट भएको छ। आगलागी मेचीनगर नगरपालिकाको दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा करिब एक घण्टापछि राति २ बजे पूर्ण रूपमा नियन्त्रणमा आएको थियो। आगलागीबाट घर आंशिक रूपमा क्षति भएको छ भने घरभित्र रहेका भाँडावर्तन, लत्ताकपडा, अन्नपात, आधा तोला सुन, नगद ५० हजार रुपैयाँ तथा गोठ पूर्ण रूपमा जलेर नष्ट भएका छन्। घटनाबाट…

Read More

मेचीनगर, १७ असार । झापाको मेचीनगर नगरपालिका–७ गोमनसरीस्थित कुलोमा डुबेर एक पुरुषको मृत्यु भएको छ। प्रहरीका अनुसार सोमबार अपराह्न करिब ३ः४५ बजे कुलोमा एक पुरुष घोप्टो परेको अवस्थामा मृत फेला परेको भन्ने स्थानीयवासीको सूचनापछि प्रहरी घटनास्थल पुगेको थियो। अनुसन्धानका क्रममा मृतक अन्दाजी ५० वर्षीय संजय सोरेन रहेको खुलेको छ। उनी करिब ६–७ वर्षअघि भारतको आसामबाट आएर सोही क्षेत्रमा विभिन्न काम गर्दै बस्दै आएका थिए। नेपालमा उनको स्थायी बसोबास नभएकाले काम गर्ने घरमै बस्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। मृतककी १२ वर्षीया छोरी सुमी सोरेन भने मेचीनगर–७ निवासी मेघनाथ चौधरीको घरमा बस्दै आएको बुझिएको छ। प्रहरीले साँझ कानुनी प्रक्रिया…

Read More

झापा, १७ साउन । झापाको शिवसताक्षी नगरपालिका–दुधे बजारको उत्तरतर्फ पानीट्याङ्की नजिक डाँडाको जंगल क्षेत्रमा अचेत अवस्थामा फेला परेका एक युवाको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका–दानाबारी निवासी अन्दाजी २९ वर्षीय विकल गहतराज रहेका छन् । स्थानीयवासी र प्रहरीको सहयोगमा गहतराजलाई उद्धार गरी तत्काल दमक अस्पताल पुर्‍याइएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गहतराज डाँडाबाट तल रहेको खोचमा अचेत अवस्थामा फेला परेका थिए। जंगलबाट एकोहोरो कराएको आवाज सुनेपछि स्थानीयवासी घटनास्थल पुगेका थिए । स्थानीय राजु दंगालका अनुसार गहतराज छटपटाइरहेको अवस्थामा भेटिएपछि स्थानीयवासी र प्रहरीको संयुक्त प्रयासमा उद्धार गरी अस्पताल पठाइएको थियो ।…

Read More

झापा, १७ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनबाट निर्वाचित नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम आज बुधबार हुने भएको छ । पार्टीका महामन्त्री विपिन आचार्यका अनुसार बिहान ११ बजे काठमाडौंको वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा नवनिर्वाचित केन्द्रीय सदस्य तथा अन्य पदाधिकारीहरूको शपथ ग्रहण कार्यक्रम आयोजना गरिएको छ। आचार्यले सभापति रवि लामिछानेको शपथ यसअघि नै भइसकेको जानकारी दिँदै आज निर्वाचित केन्द्रीय सदस्य र अन्य पदाधिकारीहरूले शपथ लिने बताए । रास्वपाको पहिलो महाधिवेशनबाट ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । गत असार ७ गते चितवनबाट सुरु भएको महाधिवेशन असार १२ गते सम्पन्न भएको थियो । पार्टी विधानअनुसार रास्वपामा कुल…

Read More

झापा, १७ असार । फिफा विश्वकप–२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा फ्रान्सले स्विडेनविरुद्ध सानदार जित निकोलेको छ । यो जितसँगै साविक उपविजेता फ्रान्स फिफा विश्वकप २०२६ को प्रिक्वाटर्डफाइनल (अन्तिम १६) मा प्रवेश गरेको छ । अमेरिकाको न्यूयोर्कस्थित न्यू जर्सी रंगशालामा भएको खेलमा फ्रान्सले स्विडेनलाई ३–० ले पराजित गरेको हो । फ्रान्सको जितमा कप्तान किलियन एम्बाप्पेले दुई तथा ब्राडली बारकोलाले एक गोल गरे । खेलको ४५औँ मिनेटमा एम्बाप्पेले पहिलो गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । ५३औँ मिनेटमा फ्रान्सका ब्राडलीले गोल गर्दै खेललाई २–० को अवस्थामा ल्याए । खेलको ७४औँ मिनेटमा एम्बाप्पले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सलाई ३–० को सानदार जित दिलाएका…

Read More