jhapaonline add

बनियानी, २४ पुस । भातरबाट नेपालतर्फ बिस्टुकभित्र लुकाएर लागुऔषध ल्याउँदै गरेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । भारतको पानीट्याङ्कीबाट सिटी सफारीमा चढेर मंगलबार साँझ काँकरभिट्टातर्फ आउँदै गरेका पाँचथर मिक्लाजुङ गाउँपालिका–४ रविका ३१ वर्षीय दिलप्रसाद राई र मिक्लाजुङ–५ स्थायी घर भई हाल झापा दमक नगरपालिका–२ हिमालय टोलमा डेरा गरी बस्दै आएकी २९ वर्षीया स्मारिका नेम्बाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मेचीनगर–६ काँकरभिट्टा स्थित पुरानो मेचीपुलबाट लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले उनीहरुको झोलामा रहेको पतञ्जली दुध लेखिएको विष्कुटको प्याकेटभित्र खैरो हेरोइनजस्तो देखिने लिसाइलो पदार्थ प्लाष्टिकबाहेक चार ग्राम बरामद गरेको छ । सोधपुछमा उनीहरुले भारतको…

Read More

विनोद सापकोटाझापा, २४ पुस । उमेरमा लाहुरे जीवन बिताएर गाउँ फर्केका अधिकांश पूर्व फौजी कतै न कतै सामाजिक सेवामा जुटिरहेका भेटिन्छन् । कतिपय लाहुरे ठूलाठूला सहरमा बस्न रुचाउँछन् भने कतिपय आफ्नै पुख्र्यौली गाउँमा फर्कन्छन् । पुख्र्यौली घर छोडेर सहर पसेका लाहुरे अर्थात फौजी जीवनमा कमाएका पैसाले बनाएका घरमा बस्न रुचाउँछन् । उनीहरूको जीवन त्यही खुसी हुन्छ । झापाको शिवसताक्षीमा लाहुरेको बसोबास बाक्लै छ । खास गरेर दुधे, झिलझिले, धरमपुर लगायतका क्षेत्रमा लाहुरेको बसोबास छ । संयुक्त भुपु शैनिक संघ नेपालले दिएको जानकारी अनुसार ३ सय भुपु फौजीको शिवसताक्षीमा बसोबास छ । यहाँ बसोबास भएका भुपु लाहुरेहरु कुनै न कुनै काम…

Read More

झापा, २४ पुस । निर्माण व्यवसायी संघ झापाको अध्यक्षमा रमेश अधिकारी निर्वाचित हुनुभएको छ । मंगलवार हिजो भएको मतदानमा १६३ मत ल्याई अधिकारी अध्यक्षमा निर्वाचित हुनुभयो । उहाँका प्रतिष्पर्धी प्रकाशकुमार सिंहले १४२ मत प्राप्त गर्नुभयो । त्यस्तै सहकोषाध्यक्षमा सुरेन्द्र धिमाल निर्वाचित हुनुभयो । सहकोषाध्यक्ष पदका लागि तीन जनाबीच प्रतिष्पर्धा भएको थियो । त्यसमध्ये धिमाल १०४ मत ल्याई निर्वाचित हुदा सोही पदमा एंगल गुरुङले ९९ र सुरेश भट्टराईले ९८ मत प्राप्त गर्नुभयो । त्यस्तै सदस्यहरुमा प्रवीण कट्वाल २४६ , मनोज उप्रेती २२४ , इन्जिनियर विवेक जवेगू २२५ , गंगाप्रसाद गौतम २२४ , दिनेश मैनाली २२२ , ज्ञानबहादुर तामाङ २०० , इन्जिनियर…

Read More

झापा, २४ पुस । कर्णाली बचत तथा ऋण सहकारी संस्थाले दिवंगत शेयर सदस्य केलावति राजबंशीको चौथो पुण्यतिथिको अवसरमा उनलाई सम्मान गर्दै संस्थाबाट लिएको १ लाख ऋणमध्ये ७५ हजार ६०० मिनाहा गरेको छ। कर्णाली सहकारीका उपाध्यक्ष रामकुमार गैतमले संस्थाको निर्णय पत्र वाचन गरी ऋण मिनाहाको घोषणा गरेका थिए। कार्यक्रममा केन्द्रका सचिव भूपाल बस्नेतले स्व राजबंशीप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै समवेदना पत्र वाचन गरेका थिए। मृतक परिवारलाई सहकारीको नियमअनुसार ६ हजार पनि हस्तान्तरण गरिएको थियो। उक्त कार्यक्रममा बनियानी सेवा केन्द्रका संयोजक, सदस्यहरू, तथा सहकारीका कर्मचारीहरूको पनि उपस्थिति रहेको थियो। गत पुस ७ गते तारावनामा बनमा बन ड्युटी गरेर फर्किने क्रममा स्थानीय महिलाहरूको समूहलाई…

Read More

झापा, २४ पुस । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल देशका पहाडी भू–भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। पश्चिम तराईका केही स्थानहरूमा हुस्सु–कुहिरो लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार कोशी प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रहि बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन,स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन…

Read More

बनियानी, २४ पुस । झापामा मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि साझा संकल्प बनाउने कार्य थालिएको छ । नेपाली कांग्रेस महामन्त्री एवम् झापा क्षेत्र नं. १ का विश्वप्रकाश शर्माले जिल्लामा मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारको साझा संकल्प तयार बनाउने कार्य थाल्नुभएको छ । “झापा बढ्दो मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सर्वदलीय छलफल गरिसकेका छौं”, उहाँले भन्नुभयो, “सर्वदलीय छलफलबाट प्राप्त सुझावलाई संघ, प्रदेश र स्थानीय सरकारको साझा संकल्प बनाएर सम्बन्धित निकायको ध्यानाकर्षण गराउँछौं ।” संघीय सांसद विश्वप्रकाश शर्माको विशेष पहलमा जिल्लामा हात्ती समस्या समाधानका लागि आज झापाको धुलाबारीमा अन्तरिक्रिया, बाहुनडाँगीको हात्ती प्रवेश गर्ने क्षेत्रको अनुमगन, मेचीनगरको हातेमालो सामुदायिक वन हाताभित्र…

Read More

मेष : कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला। सकेसम्म कम बोल्नु तथा आफूले नजानेको काममा हात नहाल्नु नै हितकर हुनेछ। स्वास्थ्यमा समस्या आउँदा औषधि उपचार खर्च बढ्न सक्छ। प्रेमीको साथ पाइनेछ। वृष : धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। सोचेअनुरूप काम गर्न पाउँदा मन प्रसन्न रहनेछ। पारिवारिक सुख प्राप्त हुनेछ। धर्म, संस्कृति, कला तथा साहित्यमा रुचि बढ्नेछ। तर, प्रशासनिक निकायको भय भने रहनेछ। मिथुन : नसोचेको ठाउँबाट धन हात पर्न सक्छ। प्रेम सम्बन्ध कसिलो होला। स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ। घरमा अतिथिको आगमन हुनेछ। झगडा पर्ने सम्भावना रहेकोले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला। कर्कट : शुभ समाचार…

Read More

झापा, २४ पुस । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। हिजो अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड कायम गरेको अमेरिकी डलरको मूल्य आज घटेको छ। त्यसैगरी आज युरो, पाउन्ड, अस्ट्रेलियन डलर, बहराइन र कुवेती दिनारसहित मुद्रा पनि सस्तिएका छन्। राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ८५ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ४५ पैसा छ। हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ ०३ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ६३ पैसा थियो। यो अहिलेसम्मकै उच्च मूल्य हो। त्यसैगरी आज युरो एकको खरिदर एक…

Read More

फिक्कल, २४ पुस । पर्यटन प्रवर्द्धन गर्न ‘निसान पदमार्ग’ मा आजदेखि तीनदिने पदयात्रा गरिँदैछ । नेपाल एकीकरणताका पूर्वी सीमा विजय गरेर गाडिएका निसान फर्काइएको मार्ग पहिचान गरी ‘निसान पदमार्ग’ निर्माण गरिएसँगै पदयात्राको कार्यक्रम आयोजना गरिएको इलामस्थित नेपाली सेनाको रणशार्दूल गणले जनाएको छ । नेपाल–भारत सिमाना जोडिएको मेची नदीको मुहानबाट इलाम सदरमुकामस्थित निसान स्थापना गरिएको माईस्थान मन्दिरसम्मको ४१ किलोमिटर पदमार्गमा पदयात्रा गरिने रणशार्दूल गणका प्रमुख प्रल्हद घलेले जानकारी दिनुभयो । तत्कालीन श्रीनाथ पल्टनले पूर्वको भूभाग विजय गरेर गाडेका निसान सुगौली सन्धिपछि फर्काएर राखिएका स्थानलाई जोडेर पदयात्रा तयारी गरिएको हो । आज बिहान मेची बजारबाट पदयात्राको औपचारिक थालनी हुनेछ । यही पुस…

Read More

विराटनगर, २३ पुस । मोरङ र सुनसरीबाट लागुऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस २२ गते मोरङको पथरी–शनिश्चरे नगरपालिका–१० स्थितमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले स्थानीय २२ वर्षीय रोशन बिकलाई निषेधित औषधी ट्रमाडोल ३४० चक्की र स्पासपेन ३८० चक्की सहित नियन्त्रणमा लिएको छ । त्यसैगरी, प्रहरी चौकी तरहरा सुनसरीले इटहरी उप(महानगरपालिका–२० का २१ वर्षीय मनिष खड्का र ३२ वर्षीय दिपेन थापा मगरलाई ट्रामाडोल र स्पासमो ८० चक्की सहित नियन्त्रणमा लिएको छ भने अस्थायी प्रहरी पोष्ट बरगाछी मोरङबाट खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका–८ का १९ वर्षीय अभिषेक मंग्रान्तीलाई ट्रामाडोल १०० क्यासप्सुल, प्रतिबन्धित औषधि स्पासपेन २० चक्की र…

Read More