jhapaonline add

चन्द्र बस्नेतकनकाई, २१ माघ । झापाको कनकाई नगरपालिकाको १७ औं नगर सभा अन्तर्गत पहिलो बैठक सम्पन्न भएको छ। नगरपालिकाको सभाहलमा सोमबार आर्थिक वर्ष २०८१–८२ को १७ औं नगर सभाको पहिलो बैठक सम्पन्न भएको हो। बैठकको सुरुमा नै कार्यक्रमका सभाध्यक्ष तथा नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले वडागत रुपमा आर्थिक वर्ष २०८१–८२को कुनै संसोधित योजना रकमान्त्तर भए प्रस्तुत गर्न समय दिनुभएको थियो तर कुनैपनि वडाबाट त्यस्ता योजना नआएपछि अन्य विषयमा प्रवेश गर्नुभयो । १७ औं नगर सभामा बोल्दै नगर प्रमुख पोखरेलले नगर अहिले बालमैत्री नगरपालिका घोषणाको तयारीमा रहेको बताउदै नगरपालिकाको स्थापना दिवसको अवसर पारेर आगामी २०८२ बैशाख २५ गते कनकाई नगरलाई बालमैत्री घोषणा…

Read More

झापा, २१ माघ । गत माघ ८ गतेदेखि जारी बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव’ समापन भएको छ । उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष हेमराज ढकालको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमकाबीच सोमवारबाट महोत्सव समापन भएको हो । माघ १९ गते समापन गर्ने गरी महोत्सवको आयोजना गरिए पनि दुई दिन समय थप गर्दै २१ गतेसम्म महोत्सव सञ्चालन गरिएको थियो । बिर्तामोड उद्योग वाणिज्य संघको अगुवाइमा महोत्सव बिर्तामोड–५ स्थित धर्मकाटा रोडमा आयोजना गरिएको थियो । महोत्सवमा स्थानीय उत्पादन देखि अन्तराष्ट्रिय औद्योगिक घरानाका सामग्री बिक्रीका लागि राखिएको थियो । यसैबीच महोत्सव समापन सत्रको अवसर पारेर सञ्चारकर्मीसहित सफल व्यवसायी, कृषक, महिला उद्यमी, स्वास्थ्यकर्मी, खेलाडी, सामाजिक क्षेत्रका…

Read More

झापा, २१ माघ । झापा मेचीनगर नगरपालिका–६ मेचीपुलस्थित लागुऔषधि प्रहरीले एक जनालाई पक्राउ गरेको छ । आज बेलुका मेचीनगर–६ मेचीपुलबाट लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ सिटी सफारीमा आउँदै गरेको ताप्लेजुङ सिदिङवा गाउँपालिका वडा नं. ३ का २२ वर्षीय सुरेन्द्र राईलाई शंका लागी चेकजाँच गर्ने क्रममा लुकाई छिपाई ल्याउँदै गरेको प्रतिबन्धित लागुऔषध खैरो हेरोइन प्लाष्टिकबाहेक १ ग्राम १३० मिलिग्राम फेला परेकोले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

चन्द्र बस्नेतकनकाई, २१ माघ । झापाको कनकाई नगरपालिकामा पालिकास्तरीय फुटबल प्रतियोगिताको सातौं संस्करण हुने भएको छ । कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा आगामी माघ २५ गतेदेखि फुटबल प्रतियोगिता हुने भएको प्रतिष्ठानका अध्यक्ष छवि थपलियाले जानकारी दिनुभयो । प्रतियोगितामा १२ पालिकाको टिम सहभागी जनाउने भएका छन् । प्रतियोगिता सम्पन्न गर्न विभिन्न ५ उपसमिति गठन गरेर तयारी तीव्र पारिएको खेल संयोजक भुवन खटिवडाले जानकारी बताउनुभयो । प्रतियोगिताको आर्थिक व्यवस्थापन समितिको संयोजकमा प्रतिष्ठानका कोषाध्यक्ष डम्बरप्रसाद फुयाल, प्रचार–प्रसार समितिको संयोजकमा सचिव रामप्रसाद निरौला, खेल मैदान तथा स्टेज व्यवस्थापन समितिको संयोजकमा राजेश अघोरी, अतिथि सत्कार व्यवस्थापन समितिको संयोजकमा गीता खरेल, सहजीकरण समितिको संयोजकमा ज्योतिकुमार उप्रेती रहेका…

Read More

झापा, २१ माघ । विवाहको उमेर घटाउन प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले गठन गरेको उपसमितिले संसदीय उपसमितिले विवाहको उमेरहद घटाउन दिएको सुझाव अवैज्ञानिक र अव्यावहारिक भएको भन्दै झापाका नागरिक संघसंस्थाहरूले विवाहको न्यूनतम उमेर २० वर्ष नै कायम गर्न सरकारलाई आग्रह गरेका छन् । विवाहको उमेर घटाउँदा यसले पार्ने बहुपक्षीय, दीर्घकालीन असरका साथै बालबालिकाको संरक्षण र सर्वोत्तम हितलाई समेत ख्यालमा राखी विवाहको उमेरहद २० वर्ष नै कायम राख्न माग गरिएको छ । साथै बाल विवाहलाई सम्बोधन गर्ने विषयमा नेपाल सरकारका सम्बद्ध निकाय, गैरसरकारी क्षेत्र, नागरिक समाज एवम् बालबालिका स्वयंको समेत सक्रिय सहभागिता तथा सहकार्यमा एकीकृत रुपमा प्रयास केन्द्रित गर्न तथा…

Read More

झापा, २१ माघ । झापा र मोरङबाट लागुऔषध ब्राउन सुगर सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ २० गते झापाको झापा गाउँपालिका–४ स्थितमा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको साइकल यात्री कनकाई नगरपालिका–५ का ३५ वर्षीय चिरञ्जीवी भुजेल, ३८ वर्षीय सुरेश ऋषिदेवलाई १ ग्राम ४५ मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ । मोरङको बिराटनगर–१७ स्थितबाट बा ८५ प ४६१६ नम्बरको मोटरसाइकलमा सवार रहेका सुनसरी धरानका २८ वर्षीय रोहित लिम्बु र धनकुटा राजारानीका २६ वर्षीय दिपक लिम्बूलाई १ ग्राम ३६ मिलिग्राम ब्राउन सुगरसहित लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले पक्राउ गरेको…

Read More

भद्रपुर, २१ माघ । झापाको कनकाई नगरपालिका–१ स्थित जुकेकल्भर्टमा आज बिहान मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा झापा गाउँपालिका–६ शरणामतीका ५० वर्षीय हरिप्रसाद सिटौला मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो । पूर्व–पश्चिम लोकमार्ग अन्तरगत सुरुङ्गाबाट बिर्तामोडतर्फ जाँदै गरेको मे ४ प ९५० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई डाईभर्सनमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक सिटौलाको टाउको, निधारमा चोट लागेको थियो । घाइते उनलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाएकोमा अस्पताल पु¥याउन साथ चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनाका सम्बन्धमा…

Read More

ताप्लेजुङ, २१ माघ । ताप्लेजुङको पाथिभरा याङ्बरक गाउँपालिका–१ स्थितबाट एक नाले भरुवा बन्दुकसहित स्थानीय ४० बर्षीय बिर्खराज राईलाई प्रहरीले पक्राउ गरेको छ । राईले घरमा भरुवा बन्दुक लुकाई छिपाई राखेका छन भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी नायव उपरीक्षक रबि रावल सहितको प्रहरी टोली खटिगई घर खानतलासी गर्दा घरभित्र लुकाईछिपाई राखेको अवस्थामा एक नाले भरुवा बन्दुक फेला परेकोमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । भरुवा बन्दुक सहित पक्राउ परेका राईको आवश्यक कानूनि कारवाही तथा थप अनुसन्धान भइरहेको छ ।

Read More

झापा, २१ माघ । झापाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्कबाट प्रहरीले अवैध सामान बरामद गरेको छ । आइतबार साँझ इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले बसपार्क हुँदै भारतबाट नेपालतर्फ अबैध रुपमा लुकाई छिपाई ल्याउँदै गरेको वडोमस नामक मदिरा ९० बोतल, १२ भोल्टको एक्साइड कम्पनीको व्याट्री थान ४, इन्भटर थान ३ गरी जम्मा करिब ३ लाख ३५ हजार रुपैयाँ बराबरको अवैध सामान बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको हो ।

Read More

झापा, २१ माघ । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी तथा हिमाली भूभागको मौसम मुख्यतया सफा रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सुरकुहिरो लागेको छ । मधेस प्रदेश तथा कोशी प्रदेशका तराईका धेरै स्थानहरूमा लाग्ने हुस्सुरकुहिरो मध्याह्नपछि क्रमिक रूपमा सुधार हुने र बाँकी तराईका केही स्थानहरूमा लाग्ने हुस्सुरकुहिरो मध्यान्न सम्ममा सुधार हुने सम्भावना रहेको छ । सोको प्रभावले मध्यान्न सम्मको समयमा तराई भूभागको दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।

Read More