jhapaonline add

झापा, ५ बैशाख । आज कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने, मधेश प्रदेशलगायत बाँकी पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्ने र बाँकी तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानहरुमा तथा लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू–भागलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षारहिमपातको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईलगायत अन्य केही भू–भागमा तातो दिन हुने सम्भावना रहेको छ । त्यसैगरी आज राती देशका हिमाली र पहाडी…

Read More

भद्रपुर, ५ चैत । झापाको कनकाई नगरपालिका–५ स्थित तल्लो चप्रामारीबाट प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले झापा गाउँपालिका–६ का २२ वर्षीय साफिक उलमिया र भारत डिगलबैंक थाना–१ का २२ वर्षीय निसार आलमलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । शुक्रबार कनकाई–५ तल्लो चाप्रामारीस्थितमा लागुऔषध व्युरो बिराटनगर र इलाका प्रहरी कार्यालय सुरुङ्गाको संयुक्त प्रहरी टोलीले गोप्य सूचनाको आधारमा झापा गाउँपालिकाबाट सुरुङ्गातर्फ आउँदै गरेको भारतीय नम्बरको बीआर ३७ आर १८६६ को मोटरसाइकललाई रोकेर चेकजाच गर्दा उनीहरुले बोकेको हाते झोला भित्र रहेको खानाको बट्टामा लुकाई छिपाई ल्याएको छ पोका ब्राउनसुगर जस्तो देखिने खैरोपदार्थ ५६३ ग्राम ६२० मिग्रा, भिभो…

Read More

झापा, ५ बैशाख । झापाको भद्रपुर नगरपालिका–८ स्थित संगमचोकमा गएराति आगलागि भएको छ । भद्रपुर–८ संगमचोकका गणेश गौतमको तीन तल्ले पक्की घरको पहिलो तल्लामा अचानक बिजुली तार सर्ट भइ आगलागी भएको हो । आगो वडा प्रहरी कार्यालय भद्रपुर, भद्रपुर नगरपालिकाको दमकल र स्थानीयसहरुको सहयोगमा आगो पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । क्षति विवरण आउन बाँकी रहेको छ ।

Read More

झापा, ४ बैशाख । अवकास प्राप्‍त प्रहरी वरिष्ठ नायव निरीक्षक बिरेन्द्र कार्कीलाई विदाई गरिएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा आयोजित एक कार्यक्रमका विच वैशाख ३ गते कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले ३० बर्ष सेवा अवधी पुरा गरी अनिवार्य अवकास हुनु भएका कार्कीलाई धन्यवाद तथा शुभकामना सहित विदाई गर्नु भएको हो । कार्यक्रममा प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले नेपाल प्रहरीमा रहेर ३० बर्ष सेवा अभधिभर संगठनलाई कार्कीले पुर्याउनु भएको योग्दानको उच्च कदर गर्दै अवकास पश्चात पनि समाजमा शान्ति(सुरक्षा कायम राख्न बिना वर्दीको प्रहरीको रुपमा रहन आग्रह गर्नुका साथै व्यक्तिगत तथा सामाजिक जीवनको सफलताको शुभकामना…

Read More

झापा, ४ बैशाख । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ८२ पैसा र बिक्रीदर १४९ रुपैयाँ ४२ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ४० पैसा र बिक्रीदर १७६ रुपैयाँ ११ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपैयाँ ६० पैसा र बिक्रीदर २०२ रुपैयाँ ४१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८९ रुपैयाँ ९४ पैसा र बिक्रीदर १९० रुपैयाँ ७१ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ७३ पैसा र बिक्रीदर १०७ रुपैयाँ १६ पैसा, क्यानेडियन…

Read More

झापा, ४ बैशाख । प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ । छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर…

Read More

झापा, ४ बैशाख । हाल पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभावका कारण देशका अधिकांश भागमा आंशिक बदली भएको छ । हिमाली भागमा साधारणतया बदली, पहाडी क्षेत्रमा आंशिक बदली तथा तराईमा मुख्यतया सफा मौसम रहेको छ । कोशी प्रदेशका पहाडी भेगका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपात भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागका केही, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना छ । त्यसैगरी, आज रााति देशका हिमाली भागका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा साधारणतया…

Read More

झापा, ३ बैशाख । राष्ट्रिय सतर्कता केन्द्रले ६३२ जना कर्मचारीलाई कारबाही गर्न सम्बन्धित कार्यालय प्रमुखलाई सिफारिस गरेको छ । केन्द्रले विभिन्न कार्यालयमा छड्के अनुगमन गरी ती कर्मचारीलाई कारबाही गर्न सिफारिस गरेको केन्द्रका प्रवक्ता नारायणप्रसाद भट्टले जानकारी दिनुभयो । ती कर्मचारीलाई निजामती सेवा ऐन, २०४९ को दफा ५५ अनुसार सम्बन्धित कार्यालयले चेतावनी पत्र दिने र सोको अभिलेख कार्यालयमा राखिने जनाइएको छ । यसैगरी, ऐनमा दुई पटकसम्म चेतावनीमा परिसकेका कर्मचारीलाई विभागीय कारबाही गर्ने व्यवस्था छ । उहाँले कार्यालय समयमा नआउने कर्मचारीलाई कारबाहीका लागि सिफारिस गरिएको बताउनुभयो । केही कर्मचारीलाई कारबाही गरेको जानकारी केन्द्रमा प्राप्त भइसकेको उहाँले बताउनुभयो । केन्द्रले सेवा प्रवाह धेरै…

Read More

झापा, ३ बैशाख । पेट्रोलियम पदार्थ लगायत निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धिका कारण निर्माण व्यवसायीहरूले निर्माण कार्य स्थगित गर्दा झापाका ५ सयबढी योजना प्रभावित हुने भएका छन् । एक साताभित्र मूल्य समायोजन नगरे झापाका निर्माण व्यवसायीहरूले निर्माण कार्य स्थगित गर्ने बताएका छन् । निर्माण व्यवसायी संघ झापाले निर्माण क्षेत्रमा ‘आपतकाल’ घोषणा गर्न सरकारसँग माग गरेको छ । निर्माण सामग्रीमा भइरहेको अत्यधिक मूल्यबृद्धिले निर्माण क्षेत्र ठप्प हुने स्थितिमा पुगेको कारण सरकारले तत्काल ‘आपतकाल’ घोषणा गरी निर्माण व्यवसायीहरूलाई राहत दिन व्यवसायीहरूले माग गरेका हुन् । सङ्घले मध्यपूर्वमा जारी युद्धका कारण निर्माण उद्योगमा प्रयोग हुने निर्माण सामग्रीमा अत्यधिक मूल्यबृद्धिले निर्माण उद्योग दिन प्रतिदिन…

Read More

झापा, ३ बैशाख । सेवा प्रवाहलाई नागरिकको घरदैलोमा पुर्‍याउने लक्ष्यसहित सरकारले अघि सारेको योजनाअनुरूप राहदानी र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) अब घरमा पुर्‍याउन थालिएको छ । यस्ता सेवा लिनका लागि सदरमुकाम वा सम्बन्धित कार्यालयसम्मको लामो यात्रा गर्नुपर्ने, घण्टौँ लाइन बस्नुपर्ने, बिचौलियाको भर पर्नुपर्ने र पटक–पटक धाउनुपर्ने अवस्थाको अन्त्य गर्न अब राज्य आफैँ नागरिकको ढोकासम्म पुग्न थालेको हो । हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराईका अनुसार मकवानपुर, म्याग्दी, डडेलधुरालगायत जिल्लामा परीक्षण स्वरूप यो सेवा प्रारम्भ भइसकेको छ । सङ्खुवासभा, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) लगायत जिल्लामा अन्तिम तयारी भइरहेको छ भने सबैजसो जिल्ला हुलाकले कसरी सेवा दिने भनेर आ–आफ्नो योजना बनाइरहेका छन् ।…

Read More