jhapaonline add

झापा, २० असार । यस वर्ष सुरु भएपछि वैशाख १ देखि असार १९ गतेसम्म विपदजन्य घटनामा १२७ जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार सो अवधिमा भएका कुल दुई हजार ७२१ विपदजन्य घटनामा १२७ को मृत्यु भएको तथा ७७३ जना घाइते भएका छन् । ती विपदमा तीन हजार ७२२ परिवार प्रभावित भएको पनि प्राधिकरणले आज सार्वजनिक गरेको विपद बुलेटिनमा उल्लेख छ । सबैभन्दा बढी सर्पदङ्शका ३९८ घटनामा परेर २३ जनाको मृत्यु भएको छ भने ३७५ जना घाइते भएका छन् । यस्तै लेक लागेका ५४ घटनामा २१ जनाको मृत्यु र ३४ जना…

Read More

झापा, २० असार । परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले आगामी असार २९ गतेदेखि नयाँ प्रणालीमार्फत राहदानी (पासपोर्ट) सेवा सञ्चालन गर्ने भएको छ। विभागले शुक्रबार सूचना जारी गर्दै नयाँ प्रणालीमार्फत राहदानी जारी गर्न आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। हाल सञ्चालनमा रहेको प्रणालीबाट नयाँ प्रणालीमा रूपान्तरण गर्ने क्रममा केही दिन राहदानी सेवा प्रभावित हुने विभागले जनाएको छ। सूचनाअनुसार जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगहरूबाट प्रदान गरिने राहदानी सेवा असार २४ देखि २६ गतेसम्म तीन दिनका लागि बन्द रहनेछ। त्यसैगरी, राहदानी विभागबाट प्रत्यक्ष प्रदान गरिने सेवा असार २५ र २६ गते दुई दिनका लागि बन्द रहने जनाइएको छ।…

Read More

झापा, २० असार । नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको १५औं महाधिवेशन निर्धारित समयमै सम्पन्न गरी त्यसलगत्तै स्थानीय तह र प्रदेशसभा निर्वाचनको तयारीमा जुट्ने बताउनुभएको छ । नेपाली कांग्रेस झापाले शुक्रबार बिर्तामोडमा आयोजना गरेको पार्टी कार्यकर्ता भेलालाई उहाँले संगठन सुदृढीकरण र डिजिटल प्रविधिमार्फत पार्टीलाई समयानुकूल बनाउने अभियानलाई पनि तीव्रता दिइएको बताउनुभयो । “सामाजिक सञ्जालको प्रभावले मुलुकको राजनीतिमा नयाँ चुनौती थपिएको छ”, भेलालाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै संग्रौलाले भन्नुभयो, “कांग्रेसलाई समयअनुसार रूपान्तरण गर्न जरुरी छ । ” क्रियाशील सदस्यताको अध्यावधिक डिजिटल प्रणालीमार्फत भइरहेको बताउँदै नेतृ संग्रौलाले वडा समितिदेखि केन्द्रीय समितिसम्म ३५ वर्षमुनिका युवा र महिलाको सहभागिता सुनिश्चित गर्ने नीति…

Read More

झापा, २० असार । साविक विजेता अर्जेन्टिनाले केप भर्डेलाई पराजित गर्दै फिफा विश्वकप–२०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । अमेरिकाको मियामी खेलमैदानमा भर्खरै सम्पन्न राउन्डअफ ३२ को खेलमा अर्जेन्टिनाले केप भर्डेमाथि ३–२ को जीत निकाल्दै विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको हो । खेलको २९औँ मिनेटका कप्तान लियोनल मेसीले गोल गर्दै अर्जेन्टिनालाई पहिलो अग्रता दिलाए । अर्जेन्टिनाले खेलको पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको थियो । तर खेलको ५९औँ मिनेटमा केप भर्डेका डेरोय डुआर्टेले गोल गर्दै खेललाई एक–एक गोलको बराबरीमा ल्याए । खेलको निर्धारित समयमा १–१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको दोस्रो…

Read More

सृजन अधिकारी ‘सहयोगी’वि.सं. २०८२ फागुन २१ गते सम्पन्न निर्वाचनपछि २०८२ चैत १३ गतेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा नेपाल सरकार गठन भएको सर्वविदितै छ। छोटो अवधिमै सरकारले गरेका केही नीतिगत तथा प्रशासनिक सुधारका कारण जनतामाझ नयाँ आशा र अपेक्षा सिर्जना भएको देखिन्छ। सरकारका सकारात्मक कार्यहरूबारे नागरिक जानकार हुनु आवश्यक मात्र होइन, लोकतान्त्रिक उत्तरदायित्वका दृष्टिले पनि यो महत्त्वपूर्ण विषय हो। १. मन्त्रालयको संख्या घटाउने निर्णयसरकारले संघीय मन्त्रालयहरूको संख्या घटाउने निर्णय गर्दै राज्यको आर्थिक भार कम गर्ने प्रयास गरेको छ। यो कदम केवल खर्च कटौतीमा सीमित नरही परिणाममुखी शासन व्यवस्थातर्फ उन्मुख भएको देखिन्छ। सम्बन्धित मन्त्रालयका मन्त्रीहरूलाई नतिजामुखी ढंगले काम गर्न प्रेरित गरिएको छ…

Read More

झापा, २० असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले हाल कोशी, बागमती,गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारण बादल लागेको छ तथा मधेस प्रदेशमा आंशिक बादल लागेको छ । बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङ्ग सहित मध्यमसम्मको वर्षा भइरहेको छ।‌ आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ, तराई भूभागमा आंशिक बादल लाग्नेछ । देशको हिमाली भूभागको थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको केही स्थान तथा कोशी र बागमती प्रदेशका पहाडी भूभागका थोरै स्थानमा…

Read More

विराटनगर, १९ असार । कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले लागू औषधमा संलग्न ८ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूको साथबाट ९ ग्राम ३९० मिलिग्राम ब्राउन सुगर, लागू औषध ट्याब्लेट ७९०, नगद ८६ हजार रुपैँया र २ थान सवारी साधन बरामद गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, लागू औषध नियन्त्रण व्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले सुनसरीको धरान- ११ घर भई हाल इटहरी- ४ स्थित कोठामा बस्दै आएका दिनेश भट्टराईलाई उनकै कोठाबाट ४ ग्राम २० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने अस्थायी प्रहरी पोष्ट जोरसखुवा धरानले…

Read More

झापा, १९ असार । नेपाल प्रहरीले मनसुनजन्य विपद्को प्रभावकारी व्यवस्थापनका लागि देशभर १० हजार ८५ जना प्रहरीलाई तयारी अवस्थामा राखेको जनाएको छ। प्रहरी प्रधान कार्यालयका प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबिनारायण काफ्लेका अनुसार विपद्को अवस्थामा तत्काल उद्धार तथा राहतका लागि प्रहरी हेडक्वार्टरदेखि चौकीस्तरसम्म आवश्यक उपकरणसहित जनशक्ति तयारी अवस्थामा राखिएको छ। प्रहरीले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको ‘मनसुनजन्य विपद् पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०८३’ अनुसार आफ्नो कार्ययोजना लागू गरेको जनाएको छ। जोखिमयुक्त क्षेत्रको पहिचान, उद्धार सामग्रीको मर्मतसम्भार, उद्धार टोलीलाई २४सै घण्टा तयारी अवस्थामा राख्नुका साथै मनसुनजन्य उद्धार अभ्यास र सामुदायिक सचेतना कार्यक्रमसमेत सञ्चालन गरिएको प्रहरीले जनाएको छ। साथै आवश्यकताअनुसार अन्य…

Read More

झापा, १९ असार । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले जिल्ला प्रहरी कार्यालय धनकुटाको निरीक्षण भ्रमणको क्रममा उत्कृष्ट कार्य गर्ने ९ जना प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गर्नु भएको छ । असार १९ गते भएको निरीक्षण भ्रमण कार्यक्रममा वँहाले कार्यालय भवन, सम्पुर्ण शाखाहरुको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनुभएको छ । निर्देशन सम्बोधनको क्रममा वँहाले समाजमा अपराध नियन्त्रण गरी शान्ति सुरक्षा कायम राख्ने कार्यमा आपसी भाईचारा तथा सहयोगी भावनाका साथ आचरण व्यवहारमा सुधार ल्याई आफ्नो काम कर्तव्य, जिम्मेवारी तथा अधिकारको पालना गरी संगठनको हित र उद्धेश्यलाई सदैव प्राथमिकतामा राखी नागरिकमैत्री प्रहरी सेवा प्रदान गर्न निर्देशन…

Read More

पाँचथर, १९ असार । पाँचथरको शिवालय–रानीटार–लुङरुप सडकखण्डअन्तर्गत नाम्दुखोलामा नयाँ प्रविधिको पुल निर्माण सम्पन्न भएपछि स्थानीय बासिन्दाले सहज आवतजावतको सुविधा पाएका छन् । सडक कालोपत्रे भइसके पनि खोलामा बनाइएको कजवे बाढीले बगाएपछि केही वर्षदेखि सो सडकखण्डमा सवारी सञ्चालन हुन सकेको थिएन । निर्माणाधीन पुलसमेत बाढीले बगाउँदा स्थानीयले सास्ती भोग्दै आएका थिए । कोशी प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय, पाँचथरले निर्माण गरेको ‘आर्च्ड’ प्रविधिको पुल सञ्चालनमा आएपछि सवारी आवागमन पुनः सुरु भएको छ । कार्यालयका अनुसार यो प्रविधिको पुल कोशी प्रदेशमै पहिलो पटक बनाइएको हो । पुल निर्माणसँगै फिदिम नगरपालिकाका वडा नं. ७, ८, १३ र १४ का बासिन्दा प्रत्यक्ष रूपमा लाभान्वित…

Read More