
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
सन्तोष शर्माझापा, १६ असार । झापामा पछिल्लो तीन वर्षयता चैते धानको क्षेत्रफल र उत्पादन क्रमशः घट्दै गएको छ । कृषकले उचित मूल्य नपाउँदा जिल्लामा चैते धानको क्षेत्रफल र उत्पादन क्रमशः घट्दै गएको हो । झापामा चालू आर्थिक वर्ष २०८२÷०८३ मा १६ हजार सात सय ५८ हेक्टर क्षेत्रफलमा ८९ हजार छ सय ५५.३ मेट्रिक टन चैते धान उत्पादन भएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिनुभयो । जुन परिमाण गत वर्षको तुलनमा सात हजार चार सय ७८.७ मेट्रिकटन कम हो । आर्थिक वर्ष २०८१÷०८२ मा १९ हजार नौ सय ५० हेक्टरमा एक लाख छ हजार एक सय ३४ मेट्रिक…
भद्रपुर, १६ असार । लियो क्लब अफ भद्रपुरको अध्यक्षमा भद्रपुर ८ निवासी आराध्या प्याकुरेल सर्वसम्मत चयन भएकी छिन् । भर्खरै सम्पन्न AGM बाट प्याकुरेलको नेतृत्वमा सन् २०२६/२०२७ कार्यकालका लागि क्लबको नयाँ कार्यसमिति चयन गरिएको हो । नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा प्रतीक साह रौनियार, द्वितीय उपाध्यक्षमा आदित्य दास, सचिवमा आरोग्य तिम्सिना र कोषाध्यक्षमा रिदिप अधिकारी सर्वसम्मत चयन भएका छन् ।त्यस्तै, कार्यसमितिको सदस्यहरूमा मनीष पौडेल, शुभम कर्ण, सुस्मिता राई, कुशल महत, भारती शर्मा, सुन्दरम चौधरी, यथार्थ कार्की र आयुषा पोखरेल चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष प्याकुरेलले आफ्नो कार्यकालमा क्लबलाई थप ऊर्जावान् र गतिशील बनाउँदै सेवाका क्षेत्रमा नयाँ मानक स्थापना गर्ने प्रतिबद्धता…
बुद्धशान्ति, १६ असार । झापाको बुद्धशान्ति गाउँपालिका–१ का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समिति पदेन सदस्य अनिल वाग्लेको विशेष पहलमा वडा नं. १ का सामुदायिक विद्यालयहरूले शैक्षिक गुणस्तर सुधारका लागि नयाँ र परिणाममुखी कार्यक्रमहरू लागू गर्न थालेका छन् । विद्यालय व्यवस्थापन समिति र अभिभावक शिक्षक संघको सर्वसम्मत निर्णयपछि विद्यालयहरूले विद्यार्थीको सिकाइ, अनुशासन, नेतृत्व क्षमता र प्रतिस्पर्धात्मक भावना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सुधारका कार्यक्रम अघि बढाएका हुन् । यस अभियान अन्तर्गत त्रिभुवन माध्यमिक विद्यालय, होक्सेले प्रत्येक महिनाको अन्तिम सातामा मासिक परीक्षा सञ्चालन गर्ने, उत्कृष्ट विद्यार्थीलाई ‘स्टुडेण्ट अफ द मन्थ’ घोषणा गरी सम्मान गर्ने लगायतका कार्यक्रम सुरु गरिसकेको छ। विद्यालयका प्रधानाध्यापक कुमार आचार्यका…
झापा, १५ असार । मुलुकका केही स्थानमा मनसुनी वायुको प्रभाव कायमै छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भू–भाग, गण्डकी प्रदेशको केही भू–भाग र लुम्बिनी प्रदेशको पूर्वी भू–भागको थोरै स्थानमा मनसुनी वायुको प्रभाव कायम भने अन्य भू–भागमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ । साथै गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भू–भाग, कर्णाली र सुदुरपश्चिम प्रदेशका सम्पूर्ण भू–भागमा २–३ दिनमा मनसुन विस्तार हुने सम्भावना छ आजविभागका अनुसार कोशी र मधेस प्रदेश तथा देशको पहाडी र हिमाली भू–भागमा साधाराणतया बादल लागेको छ र तराईका भू–भागमा आंशिक बादल लागेको छ…
झापा, १५ असार । असारको मध्य महिना किसानका लागि वर्षभरि खाने अन्नबाली भित्र्याउन खेतमा पसिना बगाउने मुख्य समय हो । तर, झापाको मेचीनगर–४ बाहुनडाँगीका बासिन्दालाई भने यो बेला रोपाइँको चटारोभन्दा पनि ज्यान र धन जोगाउने चिन्ताले सताएको छ । भारततर्फबाट छावा ९हात्तीका बच्चा०सहित आएका जङ्गली हात्तीहरू गाउँमै दिनभर अखडा जमाएर बस्न थालेपछि यहाँका बासिन्दा यतिबेला त्रासमा बाँच्न विवश छन् । दैनिक ४० देखि ५० वटाको सङ्ख्यामा आउने हात्तीका बथान कहिले भारततर्फ फर्कन्छन् त कहिले दिनभर बाहुनडाँगीकै चियाबारी र झाडीहरूमा बस्ने गरेका छन् । छावासहित आएका हात्ती बढी आक्रामक हुने भएकाले गाउँमा कतिखेर कुन अप्रिय घटना हुने हो भन्ने त्रास फैलिएको…
झापा, १५ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कृषि उत्पादन वृद्धि गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय धान दिवसको उपलक्ष्यमा आज दिनुभएको शुभकामना सन्देशमा उहाँले नेपालीको मौलिक पर्वका रूपमा स्थापित यस दिवसमा धान रोपाइँ, असारे भाका, दही–चिउरा खाने परम्पराले नेपाली संस्कृति र पहिचानलाई समृद्ध बनाएको उल्लेख गर्नुभएको छ । सन्देशमा मुख्यमन्त्री कार्कीले भन्नुभएको छ, “पछिल्लो समय युवा जनशक्ति वैदेशिक पलायन र बसाइँसराइले खेती योग्य जमिन बाँझो हुँदा कृषि उत्पादनमा गम्भीर असर परेको छ ।” आधुनिक प्रविधि, यान्त्रिकीकरण र वैज्ञानिक खेतीमार्फत उत्पादन वृद्धि गर्नुपर्ने धारणा राख्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले कृषि उत्पादन, बजारीकरण, कृषिमा नवप्रवर्तन, व्यावसायिक खेती, उत्पादनमुखी…
निशान निरौलाकाँकरभिट्टा, १५ झापा । झापाको पूर्वी नाका काँकरभिट्टामा सडक सुरक्षा र यात्रीको सुरक्षालाई थप व्यवस्थित बनाउने उद्देश्यका साथ एक विशेष कार्यक्रम सम्पन्न भएको छ। मेची नेत्रालयको १९औँ वार्षिकोत्सवको अवसर पारेर जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा र काँकरभिट्टा ट्राफिक पोस्टको आयोजना तथा अस्पतालको सहकार्यमा स्थानीय सिटी सफारी चालकहरूलाई फ्लोरेसेन्ट (चमकिलो) ड्रेस र सुरक्षाकर्मीहरूलाई सनग्लास वितरण गरिएको हो । अस्पतालले आफ्नो स्थापना दिवसलाई औपचारिकतामा मात्र सीमित नराखी सामाजिक उत्तरदायित्व अन्तर्गत नागरिकको सेवा र सुरक्षासँग जोडेर मनाएको छ । मेची नेत्रालयका म्यानेजर जय प्रकाश पोखरेल ूज्याकू ले अस्पतालले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा समाजसँग प्रत्यक्षरूपमा जोडिने र सडक सुरक्षालाई मुख्य प्राथमिकता दिने उद्देश्यले…
बिर्तामोड, १५ असार । झापाको बिर्तामोड-५ स्थित कनकाई हस्पिटल २१औँ वर्षमा प्रवेश गरेको छ। दुई दशकको सेवा यात्रामा अस्पतालले लाखौं बिरामीलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको जनाएको छ। विगत २० वर्षमा ३ करोड ६५ लाख ६६ हजार ६७० जनाले ओपिडी सेवा लिएका छन् भने ३ करोड ४७ लाख ४९ हजार ४४० वटा प्रयोगशाला (ल्याब) सेवा लिएका छन् । यस अवधिमा २ लाख ५८ हजार ५५५ जनाले आकस्मिक सेवा, ३ लाख ३ हजार २४६ जनाले फिजियोथेरापी सेवा लिएका छन्। त्यस्तै, ५९ हजार १९९ वटा मेजर र ५५ हजार ७६७ वटा माइनर शल्यक्रिया सेवा लिएको आज अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा अस्पतालका अध्यक्ष…
झापा, १४ असार । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी असार १६ र १७ गते देशका अधिकांश भागमा मुसलधारे वर्षा हुने बताएको छ । महाशाखाले आज साँझ विशेष मौसम बुलेटिन जारी गर्दै मधेस, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा तथा एक दुई स्थानमा धेरै भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ । देशका पहाडी तथा तराई क्षेत्रका धेरै र हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ । महाशाखाका अनुसार बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण नेपालतर्फ जलवाष्पयुक्त…
झापा, १४ असार । झापाको बिर्तामोड नगरपालिका–५ स्थित हनुमान कम्प्लेक्स क्षेत्रमा १८ वर्षीया किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार असार १३ गते राति करिब ९ बजे सांकेतिक नाम ‘५९ अनारमनी ०८२–०८३’ दिइएकी १८ वर्षीया किशोरीमाथि बिगेन्द्र भन्ने व्यक्तिले जबर्जस्ती करणी गरी फरार भएको आरोप छ । घटनापछि पीडितले सोही राति करिब ११ बजे इलाका प्रहरी कार्यालय अनारमनीमा पुगेर मौखिक जानकारी गराएकी थिइन् । प्रहरीले पीडितलाई स्वास्थ्य परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको जनाएको छ । त्यसपछि असार १४ गते बिहान करिब ३ बजे पीडितलाई बिर्तामोड–५ स्थित क्षितिज महिला समाज पुनःस्थापना…