jhapaonline add

झापा, २ चैत । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगम सञ्चालक समितिको आजको बैठकले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलको साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु पाँच र डिजेल तथा मट्टितेलको मूल्यमा प्रतिलिटर रु चारले घटाउने निर्णय गरेको हो । मूल्य घटेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा पेट्रोल क्रमशः प्रतिलिटर एक सय ६० रुपैयाँ ५० पैसा, एक सय ६२ रुपैयाँ र एक सय ६३ रुपैयाँ तथा डिजेल÷मट्टितेल प्रतिलिटर एक सय ४८ रुपैयाँ ५० पैसा, एक सय ५० रुपैयाँ र एक सय ५१ रुपैयाँ कायम भएको छ । इण्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ मूल्य सूचीअनुसार…

Read More

काँकरभिट्टा, २ चैत । लिगलिडर चर्च व्वाइज युनाइटेड पाँचौ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिबार सम्पन्न फाइनल खेलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० कोे गोलअन्तर पराजित गर्दै प्रतियोगिताको च्याम्पियन बनेको हो । जितसँगै चर्च व्वाइजले झापा कप पछि उपाधीको खडेरी तोडेको छ । मंसिरमा सम्पन्न झापाको उपाधी हात पारेको चर्च व्वाइजले त्यसयता कुनै प्रतियोगितामा जित निकालेको थिएन । चर्च व्वाइजले नगद १० लाख, ट्रफी र मेडल प्राप्त गरेको छ । उपविजेता बनेको काँकरभिट्टाले नगद ५ मा चित्त बुझायो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च व्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर अभिषेक गुरुङले…

Read More

झापा, २९ फागुन । झापाको कनकाई नगरपालिका–२ जामुनबारीस्थित भित्री सडक खण्डमा भएको सवारी दुर्घटनाका घाइतेको मृत्यु भएको छ । बुधबार साँझ जामुनबारीबाट सुरुङ्गा तर्फ जाँदै गरेको साइकललाई सोही दिशा तर्फ जाँदै गरेको प्र १–०१–०१३ प ८०९१ नं. को मोटरसाइकलले पछाडीबाट ठक्कर दिएको थियो । उक्त दुर्घटनामा साइकल यात्री कनकाई–२ का १९ वर्षीय सलिन कार्की, मोटरसाइकल चालक सोही स्थानका ३३ वर्षीय सविन तामाङ घाइते भएका थिए । दुवै जना घाइतेलाई तत्काल कनकाई नगर अस्पताल सुरुङगामा लगि सामान्य उपचार पश्चात थप उपचारको लागी बीएण्डसी अस्पताल बिर्तामोड पठाइएकोमा सबिन तामाङको उपचारको क्रममा आज दिउँसो मृत्यु भएको हो । अर्को घाइते सलिन कार्की सामान्य…

Read More

झापा, २९ फागुन । मोरङ, सुनसरी र झापाको विभिन्न स्थानहरुबाट लागुऔषधसहित प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । फागुन २८ गते विराटनगर महानगरपालिका–५ स्थितमा लागुऔषध नियन्त्रण व्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँको क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको को, २३ प ४१ नम्बरको स्कुटरमा सवार सुनसरी धरान उप महानगरपालिका–८ का २३ वर्षीय कुविर राई र २१ वर्षीय समिर राईलाई २ ग्राम ७९० मिलीग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी, सुनसरी धरान उप महानगरपालिका–१३ स्थितबाट अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा स्थानीय २४ वर्षीय धने राईलाई १ ग्राम २२० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो भने झापा कनकाई…

Read More

झापा, २९ फागुन । रंगहरुको पर्व होली आज देशका पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइदै छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागुपूर्णिमा अर्थात होली एक आपसमा रङ लगाएर मनाउने गरिन्छ । आपसी सद्भाव एवम् सामाजिक एकतालाई प्रवर्द्धन गर्ने पर्व होलीका अवसरमा आज काठमाण्डौ लगायत देशका विभिन्न शहरमा होली कार्यक्रमको आयोजना गरिएको छ । केही वर्षदेखि होली खेल्ने परम्परा सभ्य पनि बन्दै गएको छ । फागु पर्वका उपलक्ष्यमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । तराई क्षेत्रमा भने भोली होली मनाइदै छ । होली पर्व अथवा फागु पूर्णिमा प्रत्येक वर्षको फाल्गुण शुक्ल पूर्णिमा दिनमा मनाउने हिन्दू संस्कृतिको प्रमुख उत्सव हो ।…

Read More

झापा, २९ फागुन । आज अपराह्नपछि कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा मेघगर्जन÷चट्याङसहित वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखका मौसमविद् गोविन्दकुमार झाका अनुसार पश्चिमी वायुको आंशिक प्रभावका साथै स्थानीय वायुको समिश्रणले वर्षा गराएको हो । “बिहीबार कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भेगका केही स्थान र बाँकी प्रदेशका पहाडी भेगका एक÷दुई स्थानमा वर्षाको सम्भावना रहेको छ”, मौसमविद् झाले भन्नुभयो, “प्रि–मनसुनी गतिविधि पनि सक्रिय भएकाले अबका दिनमा मेघगर्जन÷चट्याङसहित अपराह्नतिर वर्षा हुने र रातिको समयमा मौसम सामान्यतया सफा रहनेछ ।” बुधबार साँझपख काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा वर्षा भएको थियो । कोशी, बाग्मती…

Read More

भद्रपुर, २८ फागुन । झापाको भद्रपुर नगरपालिकाले बजार अनुगमन गरेको छ । नगरपालिकाकी उपप्रमुख तथा बजार अनुगमन समितिकी संयोजक राधा कार्कीको नेतृत्वमा भद्रपुर र चन्द्रगढी बजार अनुगमन गरिएको हो । हिजो र आज गरिएको अनुगमनका क्रममा म्याद गुज्रिएका हल्का पेय पदार्थ, अस्वस्थकर रङ मिसाइएको मिठाइलगायतका खानेकुरा, म्याद गुज्रिएका केही ड्राइ फुडहरु फेला परेको अनुगमन समितिका फोकल पर्सन सुशील कर्णले जानकारी दिए । यसपटक किराना पसल र होटलहरुमा अनुगमन गरिएको थियो । यसपटक भद्रपुरको भाञ्जा खाजा घर, निकिता चिया पसल, मुस्कान स्विट्स एण्ड फुड, ओम जगदीश हरे गंगा किराना पसल, मनिषा किराना पसल, तिम्सिना स्टोर्स, होम ट्रेडर्स, स्वारेजगार स्टोर, ध्रुव किराना…

Read More

काँकरभट्टिा, २८ फागुन । सडनडेथमा धरानलाई पराजित गर्दै आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर यहाँ आयोजित पाँचौ मेचीनगर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । फाइनल प्रवेशसँगै काँकरभिट्टाले कम्तिमा ५ लाख रुपैयाँ सुरक्षित गरेको छ । उपाधीका लागि काँकरभिट्टाले बिहिवार हुने अन्तिम सेमिफाइनल खेल चर्च व्वाइज क्लब र मच्छिन्द्र क्लबबिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । सडनडेथमा काँकरभिट्टाका विदेशी खेलाडी फ्रेन्कलिन तालाले गोल गरे भने धरानका रोमन लिम्बूको प्रहार गोलरक्षक विवस चौधरीले बचाए ।टाइब्रेकरमा काँकरभिट्टाका अभिषेक गुरुङ, दिवस उराउ, निशान लिम्बू र विवेक गुरुङले गोल गरे भने हेमन्त लिम्बूको प्रहार बारमा लागेर फर्किएको थियो । धरानका मिलन राई, सबिन राई, प्रज्वल थापा, अजय विष्टको…

Read More

झापा, २८ फागुन । झापा शिवसताक्षी नगरपालिका–७ मा आगलागी हुँदा सोही स्थानकी ९० वर्षीया धनमाया राईको घर जलेर नष्ट भएको छ । बासको बेरा टिनको छानोले बनेको एक तले कच्ची घरमा आगलागी हुँदा करिब चार लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आज दिउँसो घरको छेउमा सुंगुरको चारो पकाउन बालेको आगोबाट अचानक आगलागी हुँदा उक्त घरभित्र रहेको खाट, टेबल, खाद्यान्न, सामान, लत्ता कपडा, कागजपत्र र नगद १३ हजार रुपैयाँसहित घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । आगो नेपाल प्रहरी, स्थानीयबासी र शिवसताक्षी नगरपालिकाको दमकलको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा आएको थियो ।

Read More

कनकाई, २८ फागुन । झापाको कनकाई नगरपालिकाबाट लागुऔषध गाँजासहित आज एक दम्पत्तिलाई प्रहरीले पक्राउ गरेको छ । कनकाई–४ मनकामना टोलबाट इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले सोही स्थानका ३३ वर्षीय इन्द्र चौधरी र उनकी श्रीमती ३२ वर्षीया ममता चौधरीलाई गाँजासहित पक्राउ गरेको हो । ८ केजी ४० ग्राम गाँजासहित उनीहरुलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More