
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, ३० असार । झापाको दमकबाट चोरी भएका विभिन्न कम्पनीका सात थान मोबाइलसहित चोरीमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार असार २७ गते साँझ करिब ६ बजे दमक नगरपालिका–६ स्थित सब्जी बजारमा रहेको एक मोबाइल पसलमा चार्जमा राखिएको सामसुङ एफ०७ मोडेलको मोबाइल चोरी भएको थियो । घटनापछि प्रहरीले अनुसन्धान तीव्र बनाउँदै चोरीमा संलग्न व्यक्तिको खोजतलास गरेको थियो । अनुसन्धानका क्रममा दमक नगरपालिका–२ का ३५ वर्षीय पुष्कर पोखरेललाई असार २८ गते आफ्नै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका पोखरेलको घरमा खानतलासी गर्दा विभिन्न मितिमा चोरी गरी लुकाइराखिएका सात थान मोबाइल बरामद…
झापा, ३० असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ। जसको प्रभावले हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशमा अधिकांश बादल र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बादल लागेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका धरै स्थानमा तथा लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यमसम्मको वर्षा भइरहेको छ। आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको अधिकांश भूभागमा बादल लाग्नेछ र कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान,…
झापा, २९ असार । कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियानअन्तर्गत विभिन्न जिल्लामा सञ्चालन गरिएको कारबाहीमा लागू औषध कारोबारमा संलग्न ५ जनालाई पक्राउ गरिएको छ। उनीहरूको साथबाट ५ किलो १०५ ग्राम गाँजा तथा १०७ ग्राम ६०५ मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ। कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार लागू औषधमुक्त समाज निर्माण गर्ने उद्देश्यले सञ्चालन गरिएको अभियानअन्तर्गत लागू औषध कारोबारीलाई कानुनी दायरामा ल्याउने, मनोपरामर्श तथा जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन भइरहेको छ। झापाको दमक नगरपालिका–६ बाट इलाका प्रहरी कार्यालय दमकको टोलीले गौरादह नगरपालिका–१ का २६ वर्षीय विशाल राई र उमेश राजवंशीलाई पक्राउ गरेको हो। उनीहरूको साथबाट ५६० मिलिग्राम ब्राउन सुगर तथा प्रदेश…
बिर्तामोड, २९ असार । विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै व्यक्तित्व विकास र अभिभावकसँग रचनात्मक सहकार्य गर्दै आएको आदर्श स्कुल अफ म्यानेजमेन्ट बिर्तामोडले ‘हाम्रो विद्यार्थी–हाम्रो भविष्य’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। आदर्श ब्याङ्केटमा आयोजित कार्यक्रममा विद्यार्थी तथा नागरिकको प्रत्यक्ष जीवनसँग जोडिएको मानसिक स्वास्थ्य र लागूऔषध दुव्र्यसन न्यूनीकरणमा विद्यार्थी तथा अभिभावकको भूमिका अत्यन्त महत्वपूर्ण रहेको विषयमा जोड दिइएको थियो। कार्यक्रममा मानसिक स्वास्थ्यसम्बन्धी विषयमा डा. सन्दर्भ अधिकारी र लागूऔषध दुव्र्यसन न्यूनीकरणसम्बन्धी विषयमा रि बर्थ पुनर्स्थापना केन्द्रका संस्थापक राजु गिरीले सहजीकरण गर्दै विद्यार्थी र अभिभावकलाई आवश्यक जानकारी तथा सुझाव प्रदान गर्नुभएको थियो । कार्यक्रममा बिर्तामोड मेडिकल हल, सुरुवाती कोठा नेपाल–झापा, आदर्श हस्पिटालिटी…
बैंकक, २९ असार । थाइल्यान्डको राजधानी बैंककस्थित एक बारमा भएको भीषण आगलागीमा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने ६० भन्दा बढी घाइते भएका छन्। थाइल्यान्डका प्रधानमन्त्री अनुटिन चानविराकुलका अनुसार आगलागी भएको भवनबाट २७ जनाको शव निकालिएको छ। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने केही व्यक्ति अझै बेपत्ता रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। आइतबार मध्यरातपछि आगलागी भएको खबर पाएलगत्तै घटनास्थल पुगेका अग्निनियन्त्रकहरूले करिब आधा घण्टामा आगो नियन्त्रणमा लिएका थिए। तर त्यतिन्जेलसम्म ठूलो मानवीय र भौतिक क्षति भइसकेको थियो। सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूमा बारबाट आगोको ठूलो लप्का निस्किएको, मानिसहरू ज्यान जोगाउन भागिरहेको तथा भागदौडका क्रममा केही व्यक्ति लडेको र आगोले…
झापा, २९ असार । झापा प्रहरीले भद्रपुर नगरपालिका–३ स्थित एक घरबाट भन्सार छली गरी लुकाइछिपाइ राखिएको ठूलो परिमाणको खरबुजाको बिउ बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शनिबार साँझ करिब ६ बजे भद्रपुर–३ ज्ञानेचोक निवासी भिमलाल सुवेदीको घरमा अवैध रूपमा भन्सार छली गरी सामान भण्डारण गरिएको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी निरीक्षक बशुन्धरा खड्काको कमाण्डमा जिल्ला प्रहरी कार्यालय झापा र वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको ५५ सदस्यीय संयुक्त प्रहरी टोलीले छापा मारेको थियो । घरका दुई वटा कोठामा राखिएका बोराहरू जाँच गर्ने क्रममा ९४८ बोरा खरबुजाको बिउ फेला परेको प्रहरीले जनाएको छ । बरामद गरिएको सामान आवश्यक कानुनी…
झापा, २९ असार । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकका विभिन्न स्थानमा भारीदेखि धरै भारी वर्षाको सम्भावना छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको उल्लेख गर्दै विभागले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू–भाग नजिक रहेको जनाएको छ । हाल देशभर अधिकांश बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको केही स्थानमा तथा मधेस र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बादल लाग्नेछ र कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ । कोशी,…
झापा, २८ असार । कोशी प्रदेश प्रहरीले लागूऔषधविरुद्ध सञ्चालन गरेको महाअभियानअन्तर्गत विभिन्न जिल्लाबाट लागूऔषध कारोबारमा संलग्न आठ जनालाई पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार पक्राउ परेकाहरूको साथबाट २ किलो ९५७ ग्राम गाँजा र ७ ग्राम ९४० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ । झापाको झापा गाउँपालिका–४ सुकुम्बासी बस्तीमा प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको टोलीले भारतको अररिया जिल्ला, पलासीका मोहम्मद मुक्तर र नसाद आलमलाई पक्राउ गरेको छ । उनीहरूको साथबाट १ ग्राम ७१० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । संखुवासभामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले गोप्य सूचनाका आधारमा खाँदबारी नगरपालिका–८ अर्चलेस्थित ७० वर्षीय रत्नबहादुर मगरको घरमा…
झापा, २८ असार । जुड बेलिङघमको दुई गोलको मद्दतमा इङल्यान्डले नर्वेलाई २–१ ले पराजित गर्दै फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ। आज बिहान सम्पन्न क्वार्टरफाइनलमा सुरुआती अग्रता भने नर्वेले लिएको थियो। खेलको ३६औँ मिनेटमा एन्ड्रियास स्केल्डरअपले गोल गर्दै नर्वेलाई १–० को अग्रता दिलाएका थिए। तर दोस्रो हाफमा इङल्यान्डले उत्कृष्ट पुनरागमन गर्यो। जुड बेलिङघमले दुई गोल गर्दै टोलीलाई २–१ को जित दिलाए। यससँगै इङल्यान्ड आठ वर्षपछि विश्वकपको सेमिफाइनलमा पुग्न सफल भएको हो। विश्वकप इतिहासमै पहिलो पटक क्वार्टरफाइनल पुगेको नर्वेको यात्रा भने अन्तिम आठमै टुंगिएको छ । यसअघि सम्पन्न अर्को क्वार्टरफाइनलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३–१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान…
झापा, २८ असार । अतिरिक्त समयमा दुई गोल गर्दै अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३–१ गोल अन्तरले पराजित गर्दै फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। अमेरिकाको कान्सास सिटी स्टेडियममा सम्पन्न क्वार्टरफाइनल खेलको निर्धारित ९० मिनेट १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अर्जेन्टिनाले खेलको १०औँ मिनेटमै अग्रता लिएको थियो। कप्तान लियोनल मेसीले प्रहार गरेको कर्नरलाई एलेक्सिस म्याक एलिस्टरले उत्कृष्ट हेडमार्फत गोलमा परिणत गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए। पहिलो हाफमा अग्रता जोगाएको अर्जेन्टिनाविरुद्ध स्विट्जरल्यान्डले दोस्रो हाफको ६७औँ मिनेटमा आर। रोड्रिगेजमार्फत बराबरी गोल फर्कायो। त्यसपछि निर्धारित समयमा थप गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा भने…