jhapaonline add

बिर्तामोड, १४ मंसिर । झापाको पाडाजुँगी–गौरादह सडक खण्डमा भएको कार दुर्घटनामा तीन जना घाइते भएका छन् । कमल गाउँपालिका–६ दहीचोकस्थित उक्त सडक खण्डमा गौरादहबाट पाडाजुँगीतर्फ जाँदै गरेको प्र. ३–०१–०२२ च ५४९४ नम्बरको कार मोटरसाइकललाई जोगाउने क्रममा अनियन्त्रित भई सडकको नालीमा पल्टिएको हो । दुर्घटनामा गौरादह–१ निवासी ५४ वर्षीया दिव्या दाहाल, ३५ वर्षीया जुना दाहाल र ४५ वर्षीया शारदा दाहाल घाइते भएका छन्। उनीहरूको आम्दा अस्पताल दमकमा उपचार भइरहेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार, कार चालक गौरादह–१ निवासी अन्दाजी ३० वर्षीय विदुर दाहाल सकुशल रहेका छन् ।

Read More

कचनकवल, १४ मंसिर। कचनकवल गाउँपालिका–६ स्थित बनियानी चोकमा भएको आगलागीबाट करिब ५ लाख ३० हजार बराबरको क्षति भएको छ। शुक्रवार दिउँसो करिब १:५५ बजे सत्य नारायण राजवंशीको घरमा भाडामा लिइ केशव राजवंशीले सञ्चालन गरिरहेको त्यागी राजवंशी होटलमा अचानक ग्यास सिलिन्डर विस्फोट हुँदा आगलागी भएको हो। आगलागीका कारण उक्त होटलमा रहेका विभिन्न सामान जलेर पूर्ण रूपमा नष्ट हुँदा करिब ४ लाख रुपैयाँ बराबरको क्षति भएको छ। साथै, नजिकै रहेका अन्य व्यवसाय पनि प्रभावित भएका छन्। झरेन्द्र पोडेलद्वारा सञ्चालित निहारी होटलमा १ लाख रुपैयाँ बराबरको क्षति भएको छ भने जय सिंह राजवंशीको घरमा भाडामा लिइ सञ्चालित सिर्मिक सहकारी संस्थाको मिटर र ऋऋत्ख्…

Read More

बिर्तामोड, १४ मंसिर । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाको आज २४ औं साधारण सभा सम्पन्न भएको छ । बिर्तामोड आज अन्तिम माइन्युट प्रमाणीकरण भेलासँगै संस्थाको २४ औं वार्षिक साधारणसभा सम्पन्न भएको हो । संस्थाको अध्यक्ष टसबहादुर प्रधानको अध्यक्षतामा भएको साधारणसभामा कोशी प्रदेशका भौतिक पूर्वाधार विकास राज्य मन्त्री भूमिप्रसाद राजवंशीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा संस्था दिवंगत शेयर सदस्य नारायणप्रसाद यादवको परिवारलाई सदस्य बिमा बचत वापतको दुई लाख रुपैयाँ प्रदान गरियो । नियमित बचतकर्ता यादवको गत कात्तिक २२ गते मृत्यु भएपछि संस्थाले उहाँको नाममा रहेको दुई लाख ५३ हजार ९७२ रुपैयाँ ऋण मिनाह, ४०…

Read More

झापा, १४ मंसिर । दाङमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । शुक्रवार दाङको घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ख १३८२ नम्बरको बस अनियन्त्रित भई तुलसीपुर–१८ डाडागाउमा दुर्घटना हुँदा २१ जना घाइते भएका हुन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार घाइते हुनेमा तुलसीपुर–१८ का १८ वर्षका चल मान बुढामगर, सोही ठाउँका ३२ वर्षका ईन्द्रा थापा, घोराही– ११ बस्ने २५ वर्षका माधव डाँगी सोही ठाउँका ६० वर्षीय रुद्रबहादुर कामी, तुलसीपुर– १८ बस्ने वर्ष ६३ वर्षका नर बहादुर नेपाली, सल्यान शारदा नगरपालिका १० बस्ने ३६ को ढाकाराम कुँवर , तुलसीपुर–१७ बस्ने वर्ष १७ वर्षका आँचल शर्मा, तुलसीपुर–१८ बस्ने वर्ष…

Read More

सरोज भट्टराईशिवसताक्षी, १४ मंसिर । झापाको शिवसताक्षीको दुधेमा चासोक तङनाम पर्व भव्यताका साथ मनाइने भएको छ। शिवसताक्षी किराँत याक्थुङ चुम्लुङ र नालिफुङ चुम्भो शिवसताक्षीको आयोजनामा २०८१ मंसिर २४ गतेदेखि ३० गतेसम्म नगरस्तरीय दुधे रङ्गशालामा मिनी मेलासहितको बृहत रुपमा चासोक तङ्नाम पर्व मनाइने भएको हो । दूधे रंगशालामा २४ गतेदेखि २९ गतेसम्म मिनी मेला लाग्ने र ३० गते बृहत चासोक तङ्नाम पर्वको आयोजना गरिएको आयोजक किराँत याक्थुङ चुम्लुङका अध्यक्ष विरबल जवेगुले जानकारी दिए । पछिल्लो समय चासोक तङ्नामलाई जातिय पर्वको रुपमा मात्र नभई सबै भाषा, धर्म र समुदायका मानिसहरु भेला भएर मनाउने गरिएको र यसलाई साझा पर्वको रुपमा मनाइने अध्यक्ष जवेगुले…

Read More

भद्रपुर, १४ मंसिर । झापाको गौरीगञ्ज गाउँपालिकामा वडा नं. १ मा बिहीबार साँझा आगलागी हुँदा रू १५ लाख बराबरको क्षति भएको छ । गौरीगञ्ज–१ का ६५ वर्षीय नौलसिंह थापाको गाई गोठमा विद्युत् चुहावट भई आगलागी हुँदा उक्त क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आगलागीबाट गाई गोठ र गाई गोठभित्र रहेको अन्न पात, भाँडा वर्तन, फर्निचर, चौपाया (तीन वटा खसी र तीन वटा बाख्रा) जलेको नष्ट भएको छ । अगलागी प्रहरी चौकी कुञ्जिबारीबाट खटिएको प्रहरी टोली, शिवसताक्षी नगरपालिकाको बारुण यन्त्र र स्थानीयबासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ…

Read More

सन्तोष शर्माझापा, १४ मंसिर । झापाको हल्दिबारी गाउँपालिकाले गर्भवतीलाई नगदसहित निःशुल्क एम्बुलेन्स र ल्याब सेवा प्रदान गर्न थालेको छ । स्वास्थ्य संस्थामा प्रसुती गराउन प्रोत्साहित गराउने उद्देश्यले हल्दिबारीले सुरक्षित प्रसुती प्रोत्साहन कार्यक्रम सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनले बताउनुभयो । “स्वास्थ्य संस्थामा प्रसुती गराउन प्रेरित गराउन पनि कार्यक्रम शुरु गरेका हौं”, उहाँले भन्नुभयो, “विपन्न नागरिकलाई यसले धेरै राहत मिलेको छ ।” गाउँपालिकाले सुरक्षित प्रसुती प्रोत्साहन कार्यक्रम अन्तरगत आठ पटक नियमित गर्भ जाँच गराउने महिलालाई रू दुई हजार प्रोत्साहन रकम दिने गरेको छ । त्यस्तै, पालिकाभरि निःशुल्क एम्बुलेन्स सेवा दिनुका साथै पालिका बाहिर ५० प्रतिशत छुट दिने गरेको छ भने निःशुल्क…

Read More

झापा, १४ मंसिर । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमयदरअनुसार अमेरिकी डलर, युरोपियन युरो, अष्ट्रेलियन डलरलगायतको मूल्य बढेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८८ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ४८ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ३७ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ०१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय एक सय ७० रुपैयाँ ९० र बिक्रीदर एक सय ७१ रुपैयाँ ६६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक…

Read More

झापा, १४ मंसिर । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा दिवङ्गत पितृको सद्गतिको कामना गर्दै मनाइने पशुपतिनाथ मेला आज मनाइँदै छ । पितृका नाममा बत्ती बाल्न बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको भीड सुरू हुन्छ । त्रयोदशीको दिउँसोदेखि भेला भएका भक्तजनले बेलुकी विधिपूर्वक पितृका नाममा बत्ती बाल्छन् । मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान भने दिवङ्गत पितृको सद्गतिको कामना गर्दै शतबीज छरिन्छ । त्रयोदशीको बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले चतुर्दशीको बिहान पितृको सद्गतिको कामना गर्दै सद्बीज छर्छन् । यस अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा भक्तजनको भीड लाग्छ । बालाचतुर्दशीको अघिल्लो रात शुक्रबार दिवङ्गत पितृका नाममा दीपदान गर्न लाखौँ…

Read More

झापा, १४ मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई अस्पतालमा भर्ना गरिएको छ । उनलाई ललितपुरको हरिसिद्धीस्थित नेपाल क्यान्सर हस्पिटलमा भर्ना गरिएको हो । बिहीबार सर्वोच्च अदालतले उचित उपचारको प्रबन्ध गर्न दिर्नेशन दिएसँगै उनलाई सोही दिन अस्पताल भर्ना गरिएको जनाइएको छ ।

Read More