jhapaonline add

बिर्तामोड, १३ मंसिर । बिर्तामोड नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराई आउनुभएको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाई, उप प्रमुख नगेन्द्र प्रसाद संग्रौला लगायतले प्रप्रअ भट्टराईलाई आज स्वागत गर्नु भएको छ । सूर्योदय नगरपालिका इलामबाट सरुवा भएर आउनु भएका भट्टराईलाई जनप्रतिनिधि र कर्मचारीले स्वागत गर्नु भएको हो । उहाँले आजैदेखि कार्यभार सम्हाल्नु भएको छ । लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरको काम प्रभावित भएको थियो ।

Read More

बिर्तामोड, १३ मंसिर । बिर्तामोड नगरपालिका वडा नम्बर १ ले विपन्न लक्षित कार्यक्रम अनुसार सहयोग सुरु गरेको छ । वडाले गएका वर्षहरुमा जस्तै यस वर्ष पनि गरिब तथा बिपन्न परिवारलाई सहयोग सुरु गरेको हो । वडा नम्बर १ का बर पिपल टोलका रामबहादुर राजवंशीलाई ठेला प्रदान गरीएको छ । टोलमै चटपटे व्यवसाय गरेर जिबिकोपार्जनको लागि ४२ हजार रुपैयाँ मुल्यको ठेला प्रदान गरिएको वडाअध्यक्ष तथा नगरपालिकाका प्रवक्ता अग्निप्रसाद पाण्डेले जानकारी दिनुभयो। वडाले ठेला उपलव्ध गराउँदा आफुलाई खुशी लागेको राजवंशीले प्रतिक्रिया दिनुभएको छ । वडा कार्यालयका अनुसार बिगतका वर्षहरुमा पनि ठेला लगायत विभिन्न आत्मनिर्भर बनाउने सामाग्री प्रदान गरीएको र यस वर्षपनि सोहि…

Read More

कनकाई, १३ मंसिर । झापाको कनकाई नगरपालिका मंसिर १६ गते आइतबार स्थानीय बिदा दिने भएको छ । कनकाई नगरपालिका–६ मा वडा अध्यक्ष पदको लागि स्थानीय तह उपनिर्वाचन हुने भएकाले अत्यावश्यक सेवा बाहेकका कार्यालय स्थानीय बिदा हुने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भोजराज आचार्यले जानकारी दिनुभयो । उपनिर्वाचनका लागि नगरपालिकाबाट कर्मचारी निर्वाचन व्यवस्थापन तथा अन्य कार्यमा खटिने भएकाले स्थानीय बिदा दिइएको उहाँले भन्नुभयो ।

Read More

झापा, १३ मंसिर । झापाको ऐतिहासिक तथा धार्मिक पर्यटकीयस्थल सताक्षीधाममा नवनिर्मित ‘८७ धारा’को आज उद्घाटन गरिएको छ । आज एक कार्यक्रमका बीच कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले उक्त धाराको उद्घाटन गर्नुभएको हो । पैराणिक कथासँग जोडिएको ऐतिहासिक क्षेत्र सताक्षीधाममा जनस्तर संकलित रकमबाट ८७ धारा निर्माण गरिएको छ । समितिले सतासी खोलाको किनारमा ८७ वटा धारा बनाउने अवधारणा अनुसार धारा निर्माण गरिएको सताक्षीधाम धार्मिक तथा पर्यटन विकास समितिका अध्यक्ष तुला बोखिमले बताउनुभयो । ‘शताक्षी’ शब्दको अर्थ सय आँखा भएको देवी हो । शताक्षीको व्याख्या विभिन्न धार्मिक र सांस्कृतिक सन्दर्भमा जोडिएर आउने श्रीशताक्षी गोवर्धन गौशालाका अध्यक्ष तथा संरक्षक आचार्य नन्दकिशोर भारद्वजले बताउनुभयो…

Read More

झापा, १३ मंसिर । नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले मुलुकमा भएको विकास निर्माणदेखि नीति निर्माणसम्म कांग्रेसकै नेतृत्वमा भएको दाबी गर्नुभएको छ । कांग्रेस झापाको कार्यालयमा आज भएको पार्टी पदाधिकारी र नेपाल तरुण दल झापाको संयुक्त भेलालाई सम्बोधन गर्नुहुँदै नेता सिटौला २००७ सालदेखि संविधान निर्माणसम्मका हरेक राजनीतिक परिवर्तनको नेतृत्व कांग्रेसले गरेको बताउनुभयो । “शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत् विस्तार, विकास निर्माण लगायतका सबै विकास र नीति निर्माण कांग्रेसकै नेतृत्वमा भएका हुन्”, उहाँले भन्नुभयो, “जसका कारण गाउँ–गाउँमा विकास र शिक्षा पुगेको छ ।” वर्तमान सरकार पूरै अवधि टिक्ने बताउनुहुँदै नेता सिटौलाले कांग्रेसले सत्ता साझेदार दल र जनतालाई कहिल्यै नढाँट्ने उल्लेख गर्नुभयो । वैचारिक,…

Read More

विराटनगर, १३ मंसिर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङले कोशी प्रदेशका १४ वटै जिल्ला प्रहरी प्रमुखहरु, प्रशिक्षण प्रदायक कार्यालय तथा अन्य कार्यालय प्रमुखहरुसंग भर्चुअल माध्यमद्धारा चौमासिक कार्य सम्पादन समिक्षा गर्नुका साथै आवश्यक निर्देशन समेत दिनु भएको छ । मंसिर १३ गते भएको कार्यसम्पादन समिक्षामा कार्यसम्पादन सम्झौता बमोजिम श्रावण महिना देखि कार्तिक महिना सम्म प्रहरी कार्यालयहरुद्वारा गरिएका कार्य प्रगति बिवरण सम्बन्धि समिक्षा, छलफल तथा अन्तरक्रिया गर्नु भएको थियो । कार्य सम्पादन समिक्षा तथा प्रगति विवरण अन्तरगत दर्ता भएका मुद्दाको फछर्यौट, प्रमाणमुखि अनुसन्धान, फरार प्रतिवादी पक्राउ, लागुऔषध ओसार पसार तथा प्रयोगलाई नियन्त्रण, साईवर अपराध, आर्थिक अपराध नियन्त्रण,…

Read More

झापा, १३ मंसिर । झापाको मेचीनगर नगरपालिका–६ स्थित मेचीपुलबाट लागुऔषध खैरो हेरोइनसहित प्रहरीले एक जना युवालाई पक्राउ गरेको छ । हिजो साँझ लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलिले भारतबाट नेपालतर्फ पैदल हिँड्दै आउँदै गरेका शिवसताक्षी नगरपालिका–८ का २१ वर्षीय संजय राईलाई शंका लागि चेकजाँच गर्दा खैरो हेरोइन प्लाष्टिकसहित ३ ग्राम ९१० मिलिग्राम, प्लाष्टिक बाहेक ३ ग्राम २८० मिलिग्राम फेला परेकोले उक्त लागुऔषध सहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

झापा, १३ मंसिर । खुट्टामा घाउ भएको भन्दै चिनजानकै स्वास्थ्यकर्मीलाई कोठामै बोलाएर हनिट्रयापमा परेर असुली गर्न खोज्ने तीन जालाई प्रहरीले पक्राउ गरेको छ । इलामकी एक युवती र काभ्रेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुरको नयाँठिमी बस्ने २६ वर्षीया वर्षा दर्जीले मंसिर ६ गते दिउँसो म्यासेन्जरबाट सम्पर्क गरेकी घाउ ड्रेसिङ गरिदिनु पर्यो भनेपछि स्वास्थ्यकर्मी उनको घरको कोठामा पुगेका थिए । काभ्रेपलान्चोकको भुम्लु गाउँपालिका–४ घर भई भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–५ नयाँठिमी बस्दै आएकी वर्षाले बोलाएपछि कोठामा ती स्वास्थ्यकर्मी पुगे पनि उनको खुट्टामा कुनै घाउ देखिएन । वर्षाले स्वास्थ्यकर्मी पुगेपछि आफ्नो कोठाको ढोका लगाइन् । ती स्वास्थ्यकर्मी भित्रै फसे ।…

Read More

झापा, १३ मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । अदालतले रिट खारेजीसँगै उनी थुनामै रहने भएका छन् । प्रसाईंको हकमा छोरा निरज प्रसाईंले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए । उक्त निवेदनमा प्रसाईंलाई उपस्थित गराउने आदेश भएको थियो । प्रसाईंलाई यसपटक साइवर अपराध र सम्पत्ति शुद्धीकरणमा अनुसन्धानका लागि पक्राउ गरिएको छ । उनले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गलत भ्रम फैलाएको भन्दै प्रहरीले अनुसन्धानका लागि पक्राउ गर्दै जिल्ला अदालत काठमाडौँबाट अनुसन्धानका लागि म्याद थप गरिरहेको छ।

Read More

झापा, १३ मंसिर । लेबनानस्थित हिजबुल्लाह समूहसँग युद्ध विराम भएसँगै इजरायलले नेपालबाट केयरगिभर लैजाने भएको छ । अमेरिकाको मध्यस्ततामा इजरायल र हिजबुल्लाह समूहबिच युद्धविराम भएको छ । युद्धविरामसँगै गत वर्षदेखि जारी युद्ध स्थगित भएको छ । युद्ध रोकिएसँगै इजरायलले नेपालबाट केयरगिभर लैजाने जनाएको छ ।

Read More