jhapaonline add

झापा, २१ कात्तिक । झापाको मेचीनगर नगरपालिकाबाट प्रहरीले लागुऔषधसहित एक युवालाई पक्राउ गरेको छ । मंगलबार मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित पुरानो मेचीपुल अगाडिबाट शिवसताक्षी–१ का २७ वर्षीय पुकार तामाङलाई लागुऔषधसहित पक्राउ गरेको हो । भारतको पानीट्याङ्कीबाट काँकरभिट्टातर्फ सिटी सफारीमा आइरहेका उनीमाथि शंका लागेपछि लागुऔषध व्युरो काँकरभिट्टा झापाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा मलद्वारमा लुकाई राखेको अवस्थामा प्लाष्टिकसहित ७ ग्राम ६४० मिलिग्राम (प्लाष्टिक बाहेक ६ ग्राम) खैरो हेरोइन जस्तो देखिने लिसाइलो पदार्थ फेला पारेको थियो । तामाङलाई झापा जिल्ला अदालतबाट दिन चार म्याद थप गरी इलाका प्रहरी कार्यालय काँकरभिट्टाको हिरासत कक्षमा राखेर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको…

Read More

झापा, २० कात्तिक । झापाको दमक नगरपालिका वडा नम्बर ६ नमुना मार्ग सोही स्थानका अस्तव आलमले सञ्चालन गरेको नमुना सटिङ सुटिङ टेलरमा काम गर्ने कामदारबीच विवाद हुँदा छुरा प्रहार भएको छ । दमक–७ का २७ को सोनु अहमतलाई सुनसरीको धरान उप–महानगरपिलाका–३का २९ बर्षिय एजात अहमतले देनदेनको बिषयलाई लिएर भएको बादबिवाद धारीलो हतियार छुरा प्रहार गरी घाइते बनाएका हुन् । सोमवार १२ः५० बजेको समयमा सोनु अहमतको पेटको बाँया पट्टी प्रहार गरी घाईते बनाई लाईफलाईन अस्पताल दमकमा सामान्य उपचारपछि थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याएईको थियो भने थप उपचारका लागि सोनुलाई आफन्तले धरान घोपा अस्पताल लगेका प्रहरीले जनाएको छ । रेफर…

Read More

रोशन काफ्लेमाईजोगमाई, २० कात्तिक । माईजोगमाई–५ सिरिसे माविको खेल मैदानमा गत कार्तिक ९ गतेबाट जारी दोस्रो सामुदायिक परोपकार गोल्डकपको उपाधी ज्योती स्पोर्टिङ क्लबले जितेको छ । फाइनलमा सुनौलो फुटबल क्लब माईजोगमाई ४ लाई ६-२ गोल अन्तरले पराजित गर्दै ज्योती स्पोर्टिङ क्लबले उपाधी उचालेको हो । पहिलो हाफ ३ गोल गरेको ज्योतिले दोस्रो हाफ थप ३ गोल गर्यो भने सुनौलो फुटबल क्लबले पहिलो हाफ १ गोल गर्यो भने दोस्रो हाफमा थप १ गोल गर्यो । यता दोस्रो हाफ दबाबमा राखेको ज्योतिले थप ३ गोल गर्यो । ज्योतिको तर्फबाट टिम कप्तान जुयल राईले २ , सचिन राईले १ र लभकुश राईले ह्याट्रीक…

Read More

बिर्तामोड, २० कात्तिक । छठ समाज सेवा समिति बिर्तामोडले झापाको कनकाई नगरपालिका–८ स्थित बिरिङ खोलामा बर्सेनि गर्दै आएको छठ पूजाको तयारी अन्तिम चरणमा पुगेको छ । बिर्तामोडस्थित समितिको सचिवालयमा आज पत्रकार भेटघाट गरी बिरिङ खोलामा आयोजना गर्न लागिएको पूजाको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो । अध्यक्ष रामेश्वर द्विवेदीले छठ पूजा २०८१ सहित बृहत सांस्कृतिक कार्यक्रम गरिने बताए । २२ गते बिहीबार कनकाई–८ स्थित बिरिङ खोलामा हुने पूजाका लागि पूजा घाट निर्माण कार्य धमाधम भइरहेको जानकारी दिए । उनले ४०० बढी पूजा घाट निर्माण भइरहेको बताए । कार्यक्रम संयोजक राजकुमार गुप्ताका अनुसार पूजा स्थलमा करिब एक हजार बढी डाला राख्न…

Read More

बिर्तामोड, २० कात्तिक । रेड स्टार फुटबल क्लब बिर्तामोडका संस्थापक उपाध्यक्ष ज्ञानेन्द्र राउतको ५४ वर्षको उमेरमा असमायिक निधन भएको छ । बिर्तामोडको कृषिथोक रोड स्थित गणेश मार्केटका संचालक व्यवसायी समेत रहेका उहाँको हिजो दिल्ली स्थित विएको म्याक्स हस्पिटलमा उपचारका क्रममा निधन भएको हो । मेचीनगर–१० स्थित गोलाबारीमा स्थायी बसोबास गदै आउनुभएका उहाँ सुगर रोग, मुटुमा समस्या भएको उपचार्थ हस्पिटल लगिएको परिवार स्रोतले जनाएको छ । उहाँको शव भोलि बिहान नेपाल ल्याइने र भोलि नै दिउँसो कन्काई माई नदी स्थित आर्यघाटमा अन्त्येष्टि गरिने परिवार स्रोतलाई उद्धृत गर्दै रेडस्टार फुटबल क्लबका सचिव प्रेम कृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

Read More

झापा, २० कात्तिक । झापा अर्जुनधाराकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसुर मुद्दामा अदालतबाट फैसला भई फरार अर्जुनधारा–६, दासपुलकी ५८ वर्षीया मुना श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । उच्च अदालत पाटनले २०७३ जेठ २७ गते १ दिन कैद र २ लाख २० हजार जरिवना र सोही अदालतले २०७९ साउन २३ गते १८ दिन कैद र ५ लाख जरिवाना तोकेको थियो । अदालतको फैसला पछि फरार उनलाई उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

झापा, २० कात्तिक । सर्लाहीको ईश्वरपुर नगरपालिका–२ मियाँखोरस्थित विद्यालयको पोखरीमा आज बिहान एउटा कार डुबेको छ । कार डुब्दा दुई २ जना बेपत्ता भएका छन्। बयलवासबाट महोत्तरीको गौशाला जाँदै गरेको लु२च ६७५८ नम्बरको कार अनियन्त्रित भई पोखरीमा डुबेको हो । कारमा रहेका गौशाला नगरपालिका–१० का ३८ वर्षीय सुरेश महतो र सोनवा गाउँपालिका–८ का ३७ वर्षीय रामाकान्त ठाकुर बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपक श्रेष्ठका अनुसार महोत्तरीको गौशाला–२ का ३१ वर्षीय जनक यादव भने पौडिएर बाहिर निस्किएका छन् । अन्यको खोजी भइरहेको छ। कार अनियन्त्रित भएर सडक छेउमा रहेको सरस्वती उच्च माध्यामिक विद्यालयको पोखरीमा गएर डुबेको स्थानीयको…

Read More

झापा, २० कात्तिक । सत्तारुढ दल एमाले र कांग्रेसका नेताहरूको दबाब थेग्न नसकेपछि जिल्ला प्रहरी कार्यालय मोरङले तीन दिनअगाडि पक्राउ गरेका १० जना जुवाडेलाई प्रहरीले ‘हाजिर जमानत’ मा छोडेको छ । विराटनगर महानगरपालिका–११ स्थितमा सङ्गम पार्टी प्यालेसबाट गत शुक्रवार राती पक्राउ परेका १० जना जुवाडेलाई प्रहरीले बोलाएको बेला उपस्थिति हुने सर्त ‘हाजिर जमानत’मा आइतबार छोडेको हो । हाजिर जमानतमा छोडिनेहरूमा विराटनगर ११ का पशुपति भगत, सोही ठाउँका ६१ वर्षीय राजन कँडेल, सोही ठाउँका वर्ष ४१ का टुनटुन शर्मा, ४७ वर्षीय सुरेन्द्र ठाकुर, ५० वर्षीय वीरेन्द्र साह, विराटनगर–३ का ५५ वर्षीय पेट्रोलियम व्यवसायी ध्रुव सिग्देल, विराटनगर–५ का ५५ वर्षीय मनिराज प्रसाई,…

Read More

झापा, २० कात्तिक । देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ । जसको प्रभावले देशभर आंशिक देखि साधरणतया बदली रही पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश लगायत बाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेश देशका पहाडी भूभागका थोरै र बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति देशका पहाडी भूभागमा आंशिक बदली…

Read More

झापा, २० कात्तिक । अन्तर्राष्ट्रिय बजारमा नेपाली चिया तथा कफीको माग बढ्दै गएको छ । चिया तथा कफी विकास बोर्डको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७९–०८० मा ७७ मेट कफी विदेशमा निर्यात गरिएको थियो भने आव २०७८–०७९मा ७२ मेट उत्पादन गरी रु नौ करोड ६० लाखको निर्यात गरिएको थियो । बोर्डले आव २०८०–०८१ को विस्तृत तथ्याङ्क सङ्कलन कार्य भइरहेको जनाएको छ । आव २०७८–०७९मा देशभर ४५० मेट कफीको आयात गरी रु ३२ करोड खर्च गरिएकामा आव २०७९–०८० मा रु १० करोडको मात्र आयात गरिएको थियो । यो करिब रु २२ करोडले आयात न्यूनीकरण भएको बोर्डका निर्देशक दिपक खनालले जानकारी दिनुभयो । उहाँले…

Read More