jhapaonline add

दैलेख, १७ मंसिर । दैलेखको दुल्लु नगरपालिका वडा नम्बर १३ मा नेकपा एमाले विजयी भएको छ। एमालेका लालबहादुर शाही ५ सय ७४ मत ल्याएर निर्वाचित भएका हुन्। कांग्रेसका रेशमबहादुर शाहीले ५७१ मत ल्याए। उनीहरूको मतान्तर जम्मा ३ मतको छ। निर्वाचन कार्यालयका अनुसार माओवादी केन्द्रका ढकेन्द्रबहादुर शाहीले २७८ मत ल्याए। यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका रामबहादुर शाहीले ५३, नेपाल मजदुर किसान पार्टीका पूर्णबहादुर उपाध्यायले ४, राष्ट्रिय प्रजातन्त्र पार्टीका रेशमबहादुर मल्ले १३ मत प्राप्त गरेका छन्। ३३ मत बदर भएका छन्। यस वडामा यसअघि पनि नेकपा एमालले चुनाव जितेको थियो।

Read More

झापा, १७ मंसिर । गोरखाको गोरखा नगरपालिका–५ मा नेकपा माओवादी केन्द्र विजयी भएको छ । माओवादीका विष्णुबहादुर मगर ४८६ मत ल्याएर विजयी भए । नेपाली कांग्रेसका भाइकाजी आलेले ४ सय २ मत ल्याए। एमालेका दुर्गामाया थापाले ३४५ ल्याइन। यसअघि यो वडा नेकपा एमालेले जितेको थियो। आइतबार सम्पन्न उपचुनावमा भने एमालेबाट माओवादीले यो वडा खोसेको हो। बाबुराम भट्टराइ नेतृत्वको नेपाल समाजवादी पार्टीका रूपेश मगरातीले १० मत मात्र पाएका छन्।

Read More

सन्तोष शर्माबनियानी, १७ मंसिर । झापाको कनकाई नगरपालिका–६ को वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेद्वार लक्ष्मीप्रसाद ओली निर्वाचित हुनुभएको छ । आज भएको उपनिर्वाचनमा चापालक चुनाव चिह्न लिएर उठ्नुभएका ५५ वर्षीय स्वतन्त्र उम्मेदवार ओली चार सय ९३ मतका साथ निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइँटेलले जानकारी दिनुभयो । उहाँका निकतम् प्रतिद्वन्द्वी नेकपा एमालेका ५७ वर्षीय तुलराम बस्नेतले तीन सय ५६ मत प्राप्त गर्नुभएको छ । हालै सार्वजनिक मत परिणाम अनुसार नेपाली कांग्रेसका ४५ वर्षीय राम गोपाल ओलीले तीन सय १७ मत, नेकपा (माओवादी केन्द्र)का ४९ वर्षीय गणेशबहादुर थापाले दुई सय ७७ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका ५९ वर्षीय नारायणप्रसाद निरौलाले २६…

Read More

बिर्तामोड, १६ मंसिर । बिर्तामोड नगरपालिका वडा नम्बर ८ स्थित कटहरबारी हुँदै हल्दीबारी जोड्ने सडकमा कालो पत्रे सुरु गरीएको छ ।एक हजार २३७ मिटर सडकमा आजदेखि कालोपत्रे गर्ने काम सुरु गरीएको हो । बिर्तामोडमा महिला मेयर भएकै कारण शहरी विकास मन्त्रालयले दिएको सघन सहरी विकास कार्यक्रम अन्तर्गत १३ करोड रुपैयाँबाट उक्त सडक कालोपत्रे गरीएको हो । यस रकमबाट ६ वटा सडकको स्तरोन्नती र एउटा भवन निर्माण हुँदै छ । ७ वटै योजनाको एकमुष्ठरुपमा शान्ति उद्धेश्य निर्माण सेवाले भ्याटबाहेक ६ करोड ३१ लाख रुपैयाँमा ठेक्का लिएर काम गरीरहेको छ । यो सडकमा भोलि काम सम्पन्न हुने र मंगलबार देखि वडा नम्बर…

Read More

झापा, १६ मंसिर । रोल्पामा खाडल खन्ने क्रममा पुरिएर पाँच जना मजदुरको मृत्यु भएको छ । झोलुङ्गे पुलको खाडल खन्नेक्रममा पुरिएर उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा रोल्पाको सुनछहरी गाउँपालिका–३ बाहिरी गामका ४५ वर्षीय दुजमन परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया की सुबित्रा परियार, २७ वर्षीया आइती परियार र ६६ वर्षीय देविराम परियार रहेका छन् । रोल्पाको सुनछहरी गाउँपालिका–३ को मौलावाङ र बाहिरी गाम जोड्ने झोलुङ्गे पुल निर्माणको लागी खाडल खनेर पर्खाल लगाउने क्रममा खसेको माटोको ढिस्कोले पुर्दा उनीहरुको घटना स्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पा प्रमुख प्रहरी नायव उपरीक्षक भरत लामाले जानकारी दिनुभयो । एलबिएण्ड…

Read More

झापा, १६ मंसिर । स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि आज भएको उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । बिहान ७ बजेदेखि सुरु भएको निर्वाचन अपराह्न ५ बजेसम्म सबै निर्वाचनस्थल र केन्द्रमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको निर्वाचन आयोगका प्रवक्ता निता पोख्रेल अर्यालले जानकारी दिनुभयो । उपनिर्वाचन भएका स्थानीय तह तथा वडाको अन्तिम मतदाता नामावलीमा २ लाख २६ हजार ७९९ मतदाता रहेकोमा हालसम्मको प्राप्त विवरण अनुसार करिब ६२ प्रतिशत मतदान भएको निर्वाचन प्रवक्ता अर्यालले बताउनुभयो । मतदान कार्य समाप्त भई मतपेटिका सुरक्षित रूपमा सङ्कलन भएपछि तत्काल मतगणना प्रारम्भ गर्न निर्देशन दिइएको आयोगले जनाएको छ । उपनिर्वाचन प्रयोजनका लागि २५ वटा…

Read More

सन्तोष शर्माझापा, १६ मंसिर । झापामा उत्पादित बेसारले मागको ३० प्रतिशत मात्र माग धान्ने गरेको छ । भान्सामा दिनहुँ प्रयोग हुने बेसार जिल्लामा उत्पादनका हिसाबले हेर्दा एक तिहाइ मात्र पूर्ति हुने कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिनुभयो । झापामा गत वर्ष दुई सय ३० हेक्टरमा करिब एक हजार आठ सय ५६ टन बेसार उत्पादन भएको थियो । “उत्पादित बेसारलाई प्रशोधन गरेपछि झण्डै चार लाख केजी धुलो बेसार हुन्छ”, उहाँले भन्नुभयो, “जिल्लामा बेसार खपतका हिसाबमा हेर्ने हो भने यो ३० प्रतिशतको हाराहारीमा पुग्छ ।” झापामा इलाम र सुनसरीबाट बेसार आउने गरेको विष्ट बताउनुहुन्छ । जिल्लामा स्थानीय जातका बेसार…

Read More

झापा, १६ मंसिर । झापाको कनकाई वडा नं. ६ मा वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा ७१.५१ प्रशित मत खसेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बेलुका ५ बजेसम्म १ हजार ५ सय १३ मत खसेको हो ।

Read More

शिवसताक्षी, १६ मंसिर । झापाको शिवसताक्षी नगरपालिका भरी भोलि मंसीर १७ गते स्थानीय विदा हुने भएको छ । शिवसताक्षी नगरपालिकाले नेपालको प्रशिद्ध धार्मिक स्थल सताक्षीधाममा नेपाल कै पहिलो ५१ फिट अग्लो रुद्राक्षबाट बनेको पार्थिव शिवलिङ्गको अनावरण तथा गोरक्षा महोत्सवको उद्घाटनका लागि नगरभरी विदा स्थानीय विदा दिएको हो । नगरका प्रबक्ता बहादुर आङ्गबाले सताक्षीधाम नेपालकै प्रशिद्ध तीर्थ स्थल र यसले यस शिवसताक्षी नगरपालिकाको गरिमा उच्च राखेको बताए छ । उनले नगरले उक्त स्थानमा भोलिबाट हुन गोरक्षा महोत्सव र नवनिर्मित पार्थिव शिवलिङ्गको अनावरणका लागि नगरपालिकाले स्थानीय विदा दिने निर्णय गरेको बताए । एनका अनुसार नगरपालिककाले बोर्ड बैठकबाट अत्यावश्यक सेवा बाहेक नगरका सबै…

Read More

भद्रपुर, १६ मंसिर । झापाको झापा गाउँपालिका–४ बाट छ वटा आइफोनसहित एक भारतीय नागरिकलाई सशस्त्र प्रहरीले निन्त्रणमा लिएको छ । हिजो दिउँसो झापा–४ सुकुम्बासी सीमा इलाकामा बिओपी पन्थपाडाबाट खटिएको पैदल गस्ती टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका भारत किशानगञ्ज–१ जानकी चोकका २८ वर्षीय ईस्त्राफिललाई छ वटा आइफोनसहित नियन्त्रणमा लिएको हो । BR37Z8101 नम्बरको होण्डा कम्पनीको भारतीय मोटरसाइकलमा सवार उनीमाथि शंका लागेर चेक जाँच गर्दा निम्न नौ लाख बराबरको आइफोन बरामद भएको थियो । मोटरसाइकल तथा बरामद सामानसहित उनलाई नियन्त्रण लिएर भन्सार कार्यालय बुझाउने तयारी भइरहेको छ भने ईस्त्राफिललाई वडा प्रहरी कार्यालय भद्रपुरमा राखिएको सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेडक्वाटर…

Read More