
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, १ असोज । राप्रपाले मिस नेपाल वर्ल्ड–२०२४ विजेता आश्माकुमारी केसीलाई केन्द्रीय सदस्य बनाएको छ । राप्रपाको नवीन राप्रपा कार्ययोजना अन्तर्गत ४० वर्षमुनिका २० युवालाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने क्रममा आवश्यक प्रक्रिया पूरा पछि केसी पनि केन्द्रीय सदस्य बनेकी हुन् । पार्टीका उपाध्यक्ष ध्रुवबहादुर प्रधान संयोजक रहेको छनौट समितिले विभिन्न मापदण्डका आधारमा अन्तर्वार्ता लिएर उत्तीर्ण भएपछि उनी केन्द्रीय सदस्य बनेको प्रवक्ता मोहन श्रेष्ठले बताए । गत साउनमा सम्पन्न ग्राण्ड फिनालेबाट उनी मिस नेपाल वर्ल्ड–२०२४ विजयी भएकी थिइन् ।
झापा, १ असोज । देशका सातै प्रदेशमा अब क्यान्सर उपचार सेवा विस्तार भएको छ । स्वास्थ्य तथा जनसंंख्या मन्त्री प्रदीप पौडेलले मन्त्री भएलगत्तै गत असार ३१ गते गरेको पहिलो निर्णय उनी मन्त्री भएको दुई महिनाभित्र पूर्ण कार्यान्वयनमा आएको हो । पहिलो निर्णयका रुपमा उनले क्यान्सर नियन्त्रण रणनीति २०३० स्वीकृत गर्नु भएको थियो । सोमबार गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मन्त्री पौडेलको उपस्थितिमा भरतपुर क्यान्सर अस्पतालमार्फत क्यान्सर उपचार सेवा विस्तार गरिए पछि देशका सातै प्रदेशमा क्यान्सर उपचार सेवा उपलब्ध भएको हो । यसअघि बागमती प्रदेशअन्तर्गत भक्तपुर र भरतपुर तथा लुम्बिनीको नेपालगञ्जमा रहेको क्यान्सर उपचार सेवा दुई महिनाको अवधिमा थप पाँच…
कनकाई, १ असोज । झापाको कनकाई नगरपालिकामा विश्वकर्मा पुजा विविध कार्यक्रमका साथ मनाइएको छ । सवारी चालक ईकाई कनकाईको आयोजना तथा कनकाई नगरको व्यवस्थापनमा कार्यक्रम गरिएको हो । नगर सवारी चालक ईकाईका ईन्चार्ज रोहितकुमार कोइरालाको अध्यक्षतामा आयोजित कार्यक्रममा नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा नगर उप प्रमुख आशा शर्मा शिवाकोटी विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा नगरका सबै सवारी साधन तथा सवारी साधनमा प्रयोग हुने उपकरण, तथा औजारलगायतको पूजा गरी विश्वकर्मा बाबाको पुजा गरिएको थियो । कार्यक्रममा पाठ पारायण तथा पुजा आरती समेत गरिएको थियो । सोही कार्यक्रमकाबीच सवारी चालक तथा सह–चालक यामप्रसाद अधिकारी, सोभित राई,…
कचनकवल, १ असोज । झापाको कचनकवल गाउँपालिकास्थित महेन्द्र रत्न माध्यमिक विद्यालयमा विद्यालयका संस्थापक स्वर्गीय बहादुरचन्द्रसिंह राजवंशीको योगदानलाई सम्झिँदै अर्धकदको शालिक निर्माण गरिएको छ । विद्यालयको २ लाख ८५ हजार ५२५ र गाउँपालिकाको २ लाख ९ हजार ४७५ गरी ४ लाख ९५ हजारको लागत शालिक निर्माण गरिएको हो । आज एक कार्यक्रमका बीच प्रमुख अतिथि पूर्वगृहमन्त्री तथा राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले मूर्ति अनावरण गर्दै स्वर्गीय राजवंशीको विद्यालय निर्माणमा गरेको योगदानलाई ऐतिहासिक र प्रेरणादायी रहेको बताए । सिटौलाले विद्यालयको प्रगति र शैक्षिक विकासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै, प्रमुख अतिथिद्वारा स्वर्गीय राजवंशीका परिवारलाई सम्मानपत्र पनि हस्तान्तरण गरिएको छ…
बुट्टाबारी, १ असोज । पूर्वेली ढुवानी सेवाले विश्वकर्मा पूजा गरेको छ । झापाको बिर्तामोड–५ मा मुख्य कार्यालय रहेको ढुवानी सेवाले आज बिर्तामोड–६ स्थित बुट्टाबारीमा ३० वढी ट्रकसहित अन्य सवारी साधनको पूजा गरेको छ । पूर्वेली ढुवानी सेवाका सञ्चालक निर्मल खत्रीले प्रत्येक ट्रकलाई रिवन, फुलपाती, अक्षताले पूजा आराधना गरेर चालक र सह–चालकलाई टिका लगाएर विश्वकर्माको पूजा गरेका हुन् । सुनसरीको इटहरीमा शाखा कार्यालय रहेको ढुवानी सेवाले देशैभर ४० वढी ट्रकबाट सेवा प्रदान गर्दै आएको छ । सञ्चालक निर्मल सामाजिक कार्यमा समेत सक्रिय छन् । उनले बिभिन्न सामाजिक कार्य पनि गर्दै आएका छन् । ढुवानी सेवाले आयोजना गरेको पूजामा बिर्तामोड उद्योग बाणिज्य…
कनकाई, १ असोज । झापाको कनकाईस्थित कोटिहोमधाममा निर्मित विश्वकर्मा बाबाको मन्दिर उद्घाटन भएको छ । विश्वकर्मा पूजाको अवसरमा पारेर असोज १ गते एक कार्यक्रमका बीच मन्दिर उद्घाटन गरिएको हो । २०७४ सालमा मन्दिरको भवन निर्माण कार्य पूरा भए पनि विविध कारण मन्दिर सञ्चालनमा आउन सकेको थिएन । विश्वकर्मा पूजाको अवसरमा मन्दिरमा मूर्ति प्राणप्रतिष्ठा भएसँगै मन्दिर सधैंका लागि खुला गरिएको छ । संघीय सांसद हर्कमाया विश्वकर्माले रिबन काटेर मन्दिर उद्घाटन गरिन् । कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी सांसद विश्वकर्माले झापाको पवित्र धार्मिकस्थलमा विश्वकर्मा बाबाको मन्दिर सञ्चालन हुनु सुखद् रहेको बताइन् । उनले मन्दिरको संरक्षण र सञ्चालनमा स्थानीयको भूमिका महत्वपूर्ण हुने बताइन् । कार्यक्रममा प्रदेश सभा सदस्य गोपाल गजमेर,…
झापा, १ असोज । झापाको गौरीगञ्ज गाउँपालिकामा आज भएको आगलागीबाट करिब ३१ लाख बराबरको क्षति भएको छ । आज बिहान ९ बजेतिर गौरीगञ्ज–६ देवकोटा टोलका कृष्ण राजवंशीको घरमा आगलागी भएको थियो । टिनको छाना भएको, इँटा र सिमेन्टको गारो भएको राजवंशीको ५ कोठे पक्की घरमा अचानक विद्युत् सर्ट भई आगलागी भएको थियो । आगलागीबाट राजवंशीको घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । घरभित्र रहेको नगद ५ लाख ५० हजार, साँढे ३ तोला सुन, चाँदी ५० तोला, अन्नपात, काठ, लत्ताकपडा, भाडावर्तन र कागजपत्र गरी अन्दाजी २५ लाख बराबरको क्षति भएको छ । त्यस्तै सोही घरमा डेरा गरी बस्ने मेघनाथ राजवंशी…
झापा, १ असोज । मेची बहुमुखी क्याम्पसका उपप्राध्यापक पुण्य खरेलको निधन भएको छ । विगत लामो समयदेखि मेची बहुमुखी क्याम्पसमा सेवारत खरेल यही आउँदो फागुन महिनामा निवृत्त हुँदै हुनुहुन्थ्यो । खरेलको आज विहान हृदयघातका कारण निधन भएको हो । एक हप्ता अगाडि मुटुको सामान्य समस्या देखिएपछि उपचारका लागि काठमाडौँ पुगेका खरेलको आज विहान अचानक हृदयघात भएको थियो ।
बिर्तामोड, १ असोज । झापाको बिर्तामोड बसपार्कस्थित पाथिभरा सेन्टर फर एड्भान्स स्टडिज (पाथिभरा इन्जिनियरिङ कलेज) ले तीन वर्षे डिप्लोमा तहको अध्यापन हुने भएको छ । यसै शैक्षिक सत्र २०८१ देखि कलेजले तीन वटा विषयमा ३ वर्षे डिप्लोमा तहको पठनपाठन शुरु गर्ने भएको हो । कलेज परिसरमा आज पत्रकार सम्मेलनको आयेजना गरी कलेजका डिप्लोमा तहको पठनपाठनबारे जानकारी दिएको हो । कलेजका कार्यकारी प्रमुख अनुज पराजुलीले यस वर्ष २०८१ देखि भर्ना लिने गरी ३ वर्षे डिप्लोमा तहको सिभिल, इलेक्टिकल र कम्प्युटर विषयमा अध्यापन गर्न लागिएको जानकारी दिनुभयो । प्रत्येक विषयमा ४८/४८ जना विद्यार्थी भर्ना गरिने उहाँले बताउनुभयो ।एसईई वा सो सरह उत्तीर्ण…
कचनकवल, १ असोज । झापाको कचनकवल गाउँपालिका–६ बनियानीबाट प्रहरीले लागुऔषध गाँजा कारोबारमा संलग्न तीन जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा गए राति १ बजे इलाका प्रहरी कार्यालय बनियानीबाट खटिएको वरिष्ठ प्रहरी नायव निरीक्षकको नेतृत्वमा रहेको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका व्यक्तिहरूमा नारायण सिंह राजवंशी, प्रकाश भारती, र पुजन सुवेदी रहेका छन्। पक्राउपश्चात उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय भद्रपुरमा राखिएको छ। प्रहरीका अनुसार गाँजा ओसार–पसारमा संलग्न अन्य व्यक्तिहरुको खोजी तथा अनुसन्धान जारी रहेको छ ।