jhapaonline add

भद्रपुर, ४ चैत । भद्रपुर नगरपालिकाले दुई जना पत्रकारसहित विभिन्न खेल विधामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरूलाई सम्मान गरेको छ । नगरपालिकाले बुधवार १७ औं नगर परिषद्को अवसरमा पत्रकार र खेलाडीहरूको योगदानको कदर स्वरूप सम्मान गरेको हो । नगरपालिकाले यस वर्षको नगर विकास पत्रकारिता पुरस्कारबाट पत्रकार हुतराज नेपाल ९उत्तम० र प्रोत्साहन पत्रकारिता पुरस्कारबाट डिल्लीरमण नेपाललाई सम्मान गरेको छ । नेपाल समाचारपत्र र ब्लाष्ट दैनिकमा आबद्ध पत्रकार उत्तमलाई नगद ३१ हजार तथा वर्तमान साहित्यिक पत्रिकामा आबद्ध पत्रकार डिल्लीलाई नगद १५ हजारसहित दोसल्ला ओढाएर सम्मान पत्रले पुरस्कृत गरिएको थियो । उनीहरूलाई नगर प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, प्रमुख प्रशासकीय अधिकृत गोरखनाथ मिश्र…

Read More

झापा, ४ चैत । झापाको झापा गाउँपालिका–५ सिमलडाँगीमा आज साँझ आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । विद्युत् तार सर्ट भई आगलागी हुँदा स्थानीय मुस्ताफा अलिको टाटी बेरा र टिनको छानो भएको एकतले घरमा रहेका दुईवटा सुत्ने कोठा, गाईगोठ, भान्सा कोठा लगायत घरमा रहेको अन्नपात, लत्ता–कपडा, भाँडावर्तन, डेढ तोला सुन, ३० तोला चाँदी, नगद ८० हजार, फ्रिज, रंगीन टिभी र मोटरसाइकल समेत पूर्ण रूपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरी चौकी शरणामति, भद्रपुर नगरपालिकाको दमकल तथा स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । घटनामा कुनै मानवीय र चौपाया क्षति नभएको जनाइएको छ ।

Read More

झापा, ४ चैत । झापाको भद्रपुर नगरपालिका–६ बंगाली टोल निवासी ४५ वर्षीया इना मण्डल ४ वर्षदेखि क्यान्सर रोगबाट थलिएकी छिन् । परिवारको नाजुक आर्थिक अवस्थाका कारण उनको उपचारमा मात्र नभएर दैनिक घरव्यवहारको गर्जो टार्न पनि मुश्किल हालत छ । ठूलो आर्थिक समस्याबाट गुज्रिरहेकी क्यान्सरपीडित इनाका पति महादेव मण्डल र एक छोरा दैनिक ज्यालामजदूरी गरेर जेनतेन परिवार धानिरहेका छन् । एक छोरी कक्षा–११ मा अध्ययनरत छिन् । यस्तो दयनीय अवस्थाबाट गुज्रिरहेकी असाध्य रोगबाट पीडित इनाले उदारमना सहयोगदाताहरूसँग सहयोगका निम्ति हात फैलाएकी छिन् । उनको उपचारका लागि सहयोग गर्न चाहनु हुने महानुभावहरूले इना को यो क्यूआर कोड मार्फत यथासम्भव आर्थिक सहयोग प्रदान…

Read More

झापा, ४ चैत । झापाको भद्रपुर नगरपालिका ५ र ६ बाट लागू औषध ब्राउन सुगर सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत ३ गते जिल्ला प्रहरी कार्यालय झापा, वडा प्रहरी कार्यालय भद्रपुर र लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट संयुक्त रुपमा चेकजाँचमा खटिएको प्रहरी टोलीले भद्रपुर-६ बाट ५० ग्राम ४३० मिलिग्राम ब्राउन सुगर सहित सोही स्थानका ३१ बर्षीय श्रवण यादव, २० बर्षीय गणेश राजवंशी र २६ बर्षीय प्रकाश राजवंशीलाई पक्राउ गरेको हो भने भद्रपुर-५ बसपार्क स्थितबाट १० ग्राम २०० मिलिग्राम ब्राउन सुगर सहित सोहि स्थानका ३० वर्षीय सुभम साह, भद्रपुर-४ का ३० वर्षीय जयकरण कहार, भद्रपुर-६ का ३५ वर्षीय…

Read More

झापा, ४ चैत । झापाको भद्रपुर नगरपालिका–६ मा लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्युरो इकाई काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले भद्रपुर–६ का श्रवण यादवको घर खानतलासी गर्दा भान्सामा राखिएको प्लास्टिकको बाल्टिनभित्र ५० ग्राम ४३० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला पारेको हो । सो लागुऔषधसहित ३१ वर्षीय श्रवण यादव, २० वर्षीय गणेश राजवंशी र २६ वर्षीय प्रकाश राजवंशीलाई नियन्त्रणमा लिइएको छ। उनीहरूलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको प्रहरीले जनाएको छ ।

Read More

भोजपुर, ४ चैत । भोजपुर नगरपालिका–१२, कोटडाँडास्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ गुल्म हेडक्वाटरको ब्यारेकको छाना सोमबार रातिको हावाहुरीले उडाएपछि सुरक्षाकर्मीलाई बसोबासमा समस्या भएको छ। गुल्म प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक दिब्यराज कोइरालाका अनुसार हावाहुरीसँगै वर्षा भएकाले सुरक्षाकर्मीलाई थप कठिनाइ भएको छ। हावाहुरीले जिल्लाभर घर, विद्यालय, स्वास्थ्य संस्था, रेडियो टावर तथा नेपाल टेलिकमको टावरमा क्षति पुर्‍याएको जिल्ला प्रहरी प्रमुख राजु लामाले बताए। क्षतिको विवरण संकलन भइरहेको छ। जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी राजन पौडेलले विवरण संकलनपछि राहतबारे छलफल हुने जानकारी दिएका छन्। स्थानीय तहहरूले राहत तथा क्षतिको विवरण संकलन गरिरहेका छन्।

Read More

झापा, ४ चैत । चालू आर्थिक वर्ष २०८२/८३ को सुरुमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब रहेकोमा फागुन मसान्तसम्ममा बढेर २८ खर्ब ७८ अर्ब पुगेको छ। पछिल्लो आठ महिनामा मात्र दुई खर्बभन्दा बढी ऋण थपिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ। यस अवधिसम्ममा आन्तरिक ऋण १३ खर्ब ४८ अर्ब र बाह्य ऋण १५ खर्ब ३० अर्ब बाँकी छ। कुल ऋणमा वैदेशिक ऋणको हिस्सा ५३.१६ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४६.८४ प्रतिशत छ। हालसम्मको कुल सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादनको ४७.१३ प्रतिशत बराबर पुगेको छ। सरकारले चालू वर्षमा पाँच खर्ब ५९ अर्ब ऋण परिचालन गर्ने लक्ष्य राखेकामा फागुन मसान्तसम्ममा दुई खर्ब…

Read More

झापा, ४ चैत । सरकारले सार्वजनिक सवारीसाधनको भाडा बढाउने तयारी थालेको छ। लामो समयदेखि वैज्ञानिक भाडादर समायोजन कार्यविधिअनुसार भाडा समायोजन नभएको भन्दै यातायात व्यवसायीले दबाब दिएपछि विभाग गृहकार्यमा जुटेको हो। पश्चिम एसियामा युद्धका कारण पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएसँगै नेपाल आयल निगमले डिजेलमा प्रतिलिटर १० रुपैयाँ बढाएर १५२ रुपैयाँ पुर्‍याएको छ। यसपछि यातायात व्यवसायीले भाडा समायोजनको माग गर्दै विज्ञप्ति जारी गरेका छन्। वैज्ञानिक भाडादर कार्यविधिअनुसार इन्धनमा ५ प्रतिशत मूल्य उतार–चढाव हुँदा स्वचालित रूपमा भाडा समायोजन हुने व्यवस्था भए पनि पछिल्लो १५ महिनादेखि लागू भएको छैन। अन्तिम पटक २०८१ पुस २२ गते भाडा समायोजन गरिएको थियो। सरकारले केही दिनभित्रै नयाँ भाडा दर…

Read More

झापा, ४ चैत । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ५० पैसा र बिक्रीदर १४८ रुपैयाँ १० पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७० रुपैयाँ ५२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १९७ रुपैयाँ ४७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपैयाँ ५५ पैसा र बिक्रीदर १८८ रुपैयाँ ३१ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १०४ रुपैयाँ ९४ पैसा, क्यानेडियन…

Read More

झापा, ४ चैत । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा पहाडी र तराईमा आंशिक बादल लाग्नेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति लुम्बिनी, कर्णाली र सुदुरपश्चिम, गण्डकी प्रदेशका पहाडी र हिमाली भागमा साधारणतया बादल लाग्ने छ । गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्ने छ भने बाँकी भूभागमा मुख्यतया मौसम सफा रहनेछ । सुदूरपश्चिम प्रदेशको पहाडी…

Read More