
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, २ फागुन । नेपाल प्रहरीले एक करोड १६ लाख नगदसहित दुई हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँको नागार्जुन नगरपालिका–८ भीमढुङ्गाबाट हुण्डीको रकमसहित यहाँको नागार्जुन नगरपालिका–८ भीमढुङ्गाका २८ वर्षीय सागर गिरी र सोही स्थानका २८ वर्षीय प्रमोदप्रसाद धिताललाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले अभौतिक मुद्राको कारोबार गरिरहेको सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेकासँग तीन थान चेकबुक, विभिन्न व्यक्तिको नाममा काटेको रु २७ लाख ३० हजार चेक, विभिन्न बैंकका एटिएम चार थान, नागरिकता एक थान, चारपाङ्ग्रे सवारीसाधन दुई थान, दुई पाङ्ग्रे सवारीसाधन एक…
झापा, २ चैत । चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको विकास खर्च कमजोर देखिएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार दोस्रो चौमासिक अवधिसम्ममा पुँजीगत खर्च १९ प्रतिशत हाराहारी मात्र भएको छ। संघीय सरकारले चालु आर्थिक वर्षका लागि कुल १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएको थियो। फागुन मसान्तसम्ममा नौ खर्ब २६ अर्ब ५८ करोड ६५ लाख खर्च भएको छ, जुन वार्षिक विनियोजनको ४७ दशमलव १८ प्रतिशत हो। चालु शीर्षकमा ११ खर्ब ८० अर्ब ९८ करोड विनियोजन भएकामा ५४ दशमलव ३७ प्रतिशत खर्च भएको छ। पुँजीगत शीर्षकमा चार खर्ब सात अर्ब ८८ करोड ८० लाख विनियोजन भएकामा १९ दशमलव २४ प्रतिशत मात्र…
झापा, २ चैत । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा हेमराज शर्मालाई चयन गर्ने सहमति भएको छ । अध्यक्षमा उम्मेदवारी दिएका अन्य उम्मेदवारले नाम फिर्ता लिएपछि शर्माको नाममा सहमति भएको हो । अध्यक्षका लागि शर्माका अलावा रोबिन शेरचन र रबिन बज्राचार्यले उम्मेदवारी दिनुभएको थियो । निर्वाचन समितिले सबै पदको नजिता एकै पटक सार्वजनिक गर्ने जनाएको छ । एनआरएन निर्वाचन समितिका अनुसार आजै कार्यसमितिको सबै विवरण सार्वजनिक गरिनेछ । निर्वाचन भन्दा पनि सहमतिका आधारमा कार्यसमिति चयन गर्न लागिएको बताइएको छ । प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख आथित्यतामा आइतबार साँझ पाँच बजे समापन समारोह आयोजना गरिएको एनआरएनए सचिवालयले जनाएको छ । शनिबारदेखि शुरु भएको…
झापा, २ चैत । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य वद्धि गरेको छ । अन्तरराष्ट्रिय बजारमा भएको मूल्य वृद्धि तथा आपूर्ति व्यवस्थापनको दबाबलाई कारण देखाउँदै नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको खुद्रा बिक्री मूल्य वृद्धि भएको जनाएको छ । निगमका अनुसार नयाँ मूल्य आजैदेखि लागू हुने गरी समायोजन गरिएको छ । मूल्य समायोजनपछि पेट्रोलमा प्रतिलिटर ३१, डिजेलमा प्रतिलिटर ५४ तथा खाना पकाउने एलपी ग्यासमा २१६ वृद्धि गरिएको छ । सो मूल्य वृद्धि भएसँगै अब पेट्रोल प्रतिलिटर १८८, डिजेल १९६ र एलपि ग्यासप्रति सिलिन्डर दुई हजार १२६ रुपैयाँ कायम भएको छ । अन्तरराष्ट्रिय बजारमा बढेको मूल्यका आधारमा उक्त कम्पनीबाट…
झापा, २ चैत । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ । साथै हाल मुलकका पहाडी र हिमाली भागमा साधारणतया बादल लागेको छ भने अन्य बाँकी भागमा आंशिक बादल लाग्ने छ । जल तथामौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका केही स्थानहरूमा तथा कोशी बागमती र लुम्बिनी प्रदेशको हिमाली भूभागको थोरै स्थानहरूमा मेघगर्जन÷ चट्याङ सहित मध्यम वर्षा÷हिमपातको सम्भावना छ । कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी…
बिर्तामोड, १ चैत । झापाको बिर्तामोड नगरपालिकाले ४८ जना कृषकलाई कृषि सामग्री वितरण गरेको छ। नगर प्रमुख पवित्रा महतारा प्रसाईले आज आइतबार आयोजित एक कार्यक्रमबीच कृषकलाई विभिन्न प्रकारका कृषि सामग्री वितरण गर्नुभएको हो। कृषि शाखाको तथ्याङ्क अनुसार वडा नं. २ का ७ जना, वडा नं. ३ का ३ जना, वडा नं. ६ का १ जना, वडा नं. ७ का १४ जना, वडा नं. ८ का ३ जना, वडा नं. ९ का ७ जना र वडा नं. १० का १३ जना गरी कुल ४८ जना कृषकलाई सामग्री प्रदान गरिएको हो। प्लास्टिक मल्चिङ २१२ थान, प्लास्टिक टनेल ४० थान, ग्रीन नेट २७…
बिर्तामोड, १ चैत । झापाको बिर्तामोडस्थित एभरेष्ट फ्रेस एण्ड फेसन मार्टले बिर्तामोड उद्योग वाणिज्य संघद्वारा स्थापित व्यवसायी सदस्य राहत कोषमा २१ हजार रुपैयाँ सहयोग प्रदान गरेको छ । दोस्रो वार्षिकोत्सवको अवसरमा मार्टका सञ्चालक चान मोहमदले संघमा आयोजित कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेलाई रकम हस्तान्तरण गर्नुभयो । संघले स्थापना गरेको राहत कोषमा हालसम्म २५ लाख रुपैयाँभन्दा बढी रकम संकलन भइसकेको छ भने कोषलाई एक करोड रुपैयाँ पु¥याउने लक्ष्य राखिएको छ । सहयोग प्रदान गरेकोमा मार्टका सञ्चालक चान मोहमदलाई संघले कदरपत्र प्रदान गर्दै सम्मानसमेत गरेको छ । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमियाले बिर्तामोड उद्योग वाणिज्य…
झापा, १ चैत । गोरखा जिल्लाको सहिद लखन गाउँपालिका–३ कान्टारमा शनिबार साँझ माइक्रोबस दुर्घटना हुँदा सात भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ। मनकामना दर्शन गरेर फर्किरहेका यात्रु सवार बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रोबस करिब २०० मिटर तल खसेको थियो। मृतक सातै जना भारतीय नागरिक हुन्—मुतु कुमार (५८), अनामलिक (५८), मिनाक्षी (५९), सिवगामी (५३), बिजायल (५७), मिना (५८) र तमिलारशी (६०)। माइक्रोमा १६ जना सवार रहेका मध्ये ९ जना गम्भीर घाइते भएका छन्। घाइतेहरूलाई प्रारम्भिक उपचारपछि पुरानो मेडिकल कलेज चितवनमा भर्ना गरिएको छ। चालक पुष्प मल्ल ठकुरी (४६) र सहचालक सन्तोष गुरुङ (२९) समेत गम्भीर घाइते भएका छन्। मृतकको…
झापा, १ चैत । यही फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फको निर्वाचनमा झापा जिल्लामा पाँच दशमलव १३ प्रतिशत मत बदर भएको छ । यहाँका पाँच वटा निर्वाचन क्षेत्रमा पाँच दशमलव १३ अर्थात् २३ हजार तीन सय ५४ मत बदर भएको निर्वाचन कार्यालय झापाका सूचना अधिकारी प्रेमप्रसाद न्यौपानेले जानकारी दिनुभयो । जिल्लामा चार लाख ५७ हजार चार सय ३५ मत खसेकोमा चार लाख ३४ हजार ८१ मत सदर भएको उहाँले बताउनुभयो । झापा क्षेत्र नम्बर १ मा चार हजार दुई सय ६९ मत बदर भएको छ । यो क्षेत्रमा ८२ हजार पाँच ६० मत खसेकोमा ७८ हजार दुई ९१…
ताप्लेजुङ, १ चैत । पाथीभरा (मुक्कुमलुङ) मा फागुन महिनामा ३१ लाखभन्दा बढी भेटी सङकलन भएको छ । भक्तजनले चढाएको भेटीबाट उक्त रकम सङ्कलन भएको हो । पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको विवरणअनुसार फागुनमा भक्तजनले पाथीभरामा रु ३१ लाख १० हजार भेटी चढाएका छन् । समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार तीर्थयात्रीले मन्दिरमा चढाएको भेटी रकम समितिका कर्मचारीले नेपाल प्रहरीको रोहबरमा सङ्कलन गर्ने गरेका छन् । सङ्कलित भेटीलाई सुरक्षित रूपमा पोकामा लाहाछाप लगाई मन्दिर परिसरबाट फेदीसम्म ल्याइन्छ । फेदीमा करिब एक सातासम्म सङ्कलन भएको भेटीलाई त्यसपछि सदरमुकाम फुङ्लिङस्थित समितिको कार्यालयमा ल्याइन्छ । कार्यालयमा दैनिक रूपमा प्रहरी तथा सिसीटिभीको निगरानीमा भेटी…