
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, १२ साउन । वीरगन्जस्थित नारायणी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोधमा नेपाल चिकित्सक संघले आज देशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा बन्द गरेको छ । संघले विज्ञप्ति जारी गर्दै चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको दमनको विरोधस्वरूप मंगलबार देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्द गरिएको जनाएको छ । संघले बुधबार सर्वपक्षीय भेला आयोजना गरी आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने पनि जनाएको छ ।
झापा, १२ साउन । नेपाल विद्युत् प्राधिकरणले गत असार मसान्तसम्म खपत भएको विद्युत्मा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने स्पष्ट पारेको छ। प्राधिकरणका अनुसार असारसम्मको बिलमा भ्याट तिरेका उपभोक्ताको उक्त रकम अग्रिम भुक्तानीका रूपमा कायम गरी आगामी भदौ महिनाको बिलमा समायोजन गरिनेछ। आन्तरिक राजस्व विभागले पनि असार मसान्तसम्मको विद्युत् खपतमा भ्याट नलाग्ने स्पष्ट पार्दै साउन १ गतेपछि हुने विद्युत् खपत तथा डिमाण्ड चार्जमा भने नियमानुसार भ्याट लाग्ने जनाएको छ। यसअघि असारसम्मको बिलमा भ्याट जोडिएपछि उपभोक्ताले गुनासो गरेका थिए। त्यसपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठको चासोपछि प्राधिकरणले आवश्यक स्पष्टोक्ति दिएको हो।
झापा, १२ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल हिमाली र पहाडी भू–भागमा साधारणतया बादल तथा तराई भू–भागमा आंशिक बादल लागेको छ । महाशाखाका अनुुसार आज दिउँसो हिमाली र पहाडी भू–भाग तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा साधारणतया बादल लाग्नेछ । मधेस प्रदेश तथा कोशी प्रदेशको तराई भू–भागमा आंशिक बादल लाग्नेछ । देशका हिमाली भू–भागका केही स्थानमा तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार लुम्बिनी र…
सुनसरी, ११ साउन । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा कर्फ्यु आदेश उल्लङ्घन गर्दै प्रदर्शनकारीले आगजनी र तोडफोड गरेपछि अवस्था नियन्त्रणमा लिन नेपाली सेना परिचालन गरिएको छ। सोमबार बिहानैदेखि कर्फ्यु अवज्ञा गर्दै ठूलो सङ्ख्यामा प्रदर्शनकारी सडकमा उत्रिएर टायर बाल्दै प्रदर्शन गरेपछि सुरक्षा अवस्था तनावग्रस्त बनेको सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनुभयो। नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो टोली परिचालन गरिए पनि भिड नियन्त्रण गर्न कठिन भएपछि नेपाली सेनालाई समेत परिचालन गरिएको हो। बख्तरबन्द गाडीसहित अत्याधुनिक हतियार बोकेको सेनाको टोली कप्तानगञ्ज क्षेत्रमा पुगेर सुरक्षा जिम्मेवारी सम्हालिरहेको छ। सेना परिचालनपछि प्रदर्शनकारी क्रमशः तितरबितर हुन थालेका छन् र अवस्था नियन्त्रणतर्फ उन्मुख रहेको प्रमुख…
झापा, ११ साउन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन काँकडभिट्टा–लौकही सडक विस्तार तथा स्तरोन्नति आयोजनाको पूर्वी खण्डमा हालसम्म करिब ४८ प्रतिशत भौतिक प्रगति भएको छ। निर्माण कार्यले पछिल्लो समय गति लिए पनि सम्झौता अवधि सकिन करिब छ महिना मात्र बाँकी रहेकाले म्याद थपको आवश्यकता देखिएको छ। सडक विभागअन्तर्गत आयोजना निर्देशनालयमार्फत सञ्चालन भइरहेको ९५ किलोमिटर लामो आयोजनालाई पूर्वी र पश्चिमी गरी दुई खण्डमा विभाजन गरिएको छ। पूर्वी खण्डअन्तर्गत काँकडभिट्टादेखि सीतापुरीसम्मको ४५ किलोमिटर सडक स्तरोन्नतिको काम भइरहेको छ। आयोजनाको पछिल्लो विवरणअनुसार पूर्वी खण्डका पहिलो, चौथो प्याकेजको समग्र भौतिक प्रगति 48 प्रतिशत पुगेको छ। आयोजना प्रमुख सुनिलबाबु पन्तका अनुसार हालसम्म १६.५ किलोमिटर सडकमा कालोपत्रे सम्पन्न…
झापा, ११ साउन । झापामा जापानीज इन्सेफ्लाइटिस रोगबाट एक महिलाको मृत्यु भएको छ । प्रादेशिक अस्पताल भद्रपुरका अनुसार हल्दिबारी–२ निवासी मोहन राजवंशीकी श्रीमती प्रमिला राजवंशीको जापानीज इन्सेफ्लाइटिस रोगबाट हिजो मृत्यु भएको हो । सोही अस्पतालमा उनको मृत्यु भएको जनाइएको छ । हल्दिबारी गाउँपालिका–२ कदम चोकमा व्यवसाय गर्दै आएकी राजवंशीलाई जापानीज इन्सेफलाइटिसको सङ्क्रमण पुष्टि भएपछि उपचारका लागि प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । प्रमीलालाई दुई दिनअघि एक्कासी स्वास्थ्यमा गम्भीर समस्या देखिएको थियो । त्यसलगत्तै हल्दिबारी गाउँपालिका स्वास्थ्य शाखाको समन्वयमा उनलाई थप उपचारका लागि प्रादेशिक अस्पताल पुर्याइएको थियो । सेतो लामखुट्टेको टोकाइका कारण यो रोग लाग्ने अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट सञ्जयकुमार गुप्ताले जानकारी…
झापा, ११ साउन । कमल गाउँपालिका–५ र ६ को सीमावर्ती मङ्गलबारे बजार पूर्वस्थित काँटा चोक नजिकको गेउरिया खोलामा पक्की पुल निर्माण सम्पन्न भएपछि वर्षायाममा स्थानीयवासीले वर्षौंदेखि भोग्दै आएको आवागमनको समस्या अन्त्य भएको छ। यसअघि उक्त स्थानमा रहेको होचो (कजवे) पुलबाट आवतजावत हुने गरे पनि बर्खायाममा खोलाको बहाव बढ्नेबित्तिकै पुल डुबानमा पर्ने गरेको थियो। त्यसका कारण सवारीसाधन सञ्चालन ठप्प हुने, स्थानीयवासीलाई दैनिक आवागमनमा सास्ती हुने, कृषि उपज ढुवानी गर्न कठिनाइ हुने, विद्यार्थीको विद्यालय आवतजावत प्रभावित हुने तथा बिरामीलाई अस्पताल पुर्याउनसमेत समस्या हुने गरेको थियो। नवनिर्मित पक्की पुल सञ्चालनमा आएपछि साबिक तोपगाछी र लखनपुर क्षेत्रलाई जोड्ने कृषि सडक हुँदै दमकसम्मको यात्रा सहज,…
झापा, ११ साउन । झापाको तीन वटा पालिकाका २८ परिवारलाई जग्गा धनीपुर्जा वितरण गरिएको छ । कनकाई नगरपालिकाका र बुद्धशान्ति गाउँपालिका ५/५, अर्जुनधाराका १८ गरी २८ परिवारलाई जग्गा धनीपुर्जा वितरण गरिएको हो । साउन ८ गते कनकाई नगरपालिका–३ का ५ जना अव्यवस्थित बसोबासी तथा भूमिहीन दलितलाई धनीपूर्जा वितरण गरिएको छ । झापा क्षेत्र नम्बर ४ का संघीय सांसद शम्भूप्रसाद ढकाल, झापाका प्रमुख जिल्ला अधिकारी एवम् भूमि समस्या समाधान समितिका अध्यक्ष शिवप्रसाद गेलाल, कनकाई नगरपालिकाकी उपप्रमुख आशाशर्मा शिवाकोटीले ४ जना अव्यवस्थित बसोबासी र १ जना भूमिहीन दलितलाई धनीपुर्जा प्रदान गर्नुभयो । सरकारले निर्धारण गरेको समयभित्रै झापाका सबै भूमिहीन दलित, भूमिहीन सुकुम्बासी…
झापा, ११ साउन । यस वर्षको साउनको दोस्रो सोमबार आज बिहानैदेखि झापासहित देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ । बिहानदेखि नै झापाको अर्जुनधारा जलेश्वरधाम, कोटीहवन, सताक्षीधाम लगायतका मन्दिरमा साउने झरीको पनि वास्ता नगरी भक्तजन बिहानैदेखि मन्दिरमा दर्शनका लागि आएका छन् । यता, सोही अवसरमा पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु भक्तजनको सहज, सुरक्षित तथा व्यवस्थित दर्शन तथा विशेष पूजा व्यवस्थापनको प्रबन्ध मिलाइएको छ । पहिलो सोमबार साउन ४ गतेभन्दा आज पशुपति क्षेत्रमा थप व्यवस्था गरिएको देखिन्छ । गत हप्ता नभ्याएका साउने सोमबारका काम यस हप्ता भने पूरा भएको कोषले जनाएको छ । दर्शन व्यवस्थापनलाई थप प्रभावकारी, सुरक्षित र व्यवस्थित बनाउन कोषका सबै…
झापा, ११ साउन । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समूहबीच भएको झडपका क्रममा प्रहरीको गोली लागेर एक युवाको मृत्यु भएपछि जिल्लाका चार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम सोमबार बिहान १ बजेदेखि अर्को सूचना जारी नभएसम्म हरिनगर बजार, भुटाहा बजार, कप्तानगञ्ज बजार र घुस्की बजार क्षेत्रमा कर्फ्यु लागू गरेको हो। प्रहरीका अनुसार आइतबार राति साउने सोमबारको बोलबम यात्राका लागि डिजे बजाउँदै सप्तकोशी नदीतर्फ जान तयारी गरिरहेको एक समूह र रातिको समयमा डिजे बजाएर होहल्ला गरेको भन्दै विरोध गर्ने अर्को समूहबीच विवाद सुरु भएको थियो। विवाद चर्किँदै जाँदा…