
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
पर्सा, ५ साउन । कर्मचारीमाथि कुटपिट तथा दुर्व्यवहार गरेको आरोपमा पर्साको कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष सञ्जय पटेल पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय पोखरियाले वडाध्यक्ष पटेललाई आज बिहान कालिकामाई गाउँपालिका–३ हरिहरपुर बिर्ताबाट नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार गाउँपालिकाका एक कर्मचारीमाथि कार्यालयभित्रै कुटपिट भएको घटनामा अभद्र व्यवहार मुद्दाअन्तर्गत उनलाई पक्राउ गरिएको हो। प्रहरीले घटनामा संलग्न अन्य आरोपितहरूको खोजी भइरहेको जनाएको छ। गत असार २३ गते गाउँपालिकाका कम्प्युटर अपरेटर चन्दनकुमार चौरसियामाथि गाउँ कार्यपालिकाको कार्यालयभित्रै वडाध्यक्ष पटेलसहितको समूहले कुटपिट तथा दुर्व्यवहार गरेको आरोप छ। घटनापछि कार्यालय समयमै आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका कर्मचारीमाथि योजनाबद्ध रूपमा आक्रमण भएको भन्दै कालिकामाई गाउँपालिकाका सम्पूर्ण कर्मचारीले दोषीमाथि कानुनी…
इलाम, ५ साउन । लगातारको वर्षापछि इलाम सदरमुकामसहित पाँचथर र ताप्लेजुङसँगको सडक सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ। मेची राजमार्गअन्तर्गत माइखोलाको राजदुवाली सडकखण्ड विगत १५ दिनदेखि अवरुद्ध रहँदा मेची पहाडी क्षेत्रका सर्वसाधारणले सास्ती खेपिरहेका छन्। राजमार्ग बन्द भएपछि इलामबाट झापा पुग्ने भरपर्दो कुनै पनि सडक सञ्चालनमा छैन। वैकल्पिक रूपमा प्रयोग हुँदै आएका केचना–कञ्चनजङ्घा सडक र तिल्केनी–सिमल गोलाई सडक अन्तर्गत पुवा खोला र जोगमाई खोलामा बनाइएका अस्थायी डाइभर्सन बाढीले बगाएपछि आवतजावत पूर्ण रूपमा प्रभावित भएको हो। सडक डिभिजन कार्यालय इलामका इन्जिनियर अर्जुन घिमिरेका अनुसार बाढी घटेपछि डाइभर्सन निर्माण गरिए पनि पुनः आएको बाढीले बगाइदिने गरेको छ। राजदुवाली सडकखण्डमा खोला किनारमा पर्खाल…
झापा, ५ साउन । झापा जिल्ला अदालतका प्रमुख न्यायाधीश एवं कर्मचारी मिलन केन्द्र झापाका सल्लाहकार संयोजक उमेशप्रसाद लुइटेलको काठमाडौं जिल्ला अदालतमा सरुवा भएपछि कर्मचारी मिलन केन्द्र झापाले विदाइ कार्यक्रम आयोजना गरेको छ। प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको प्रमुख आतिथ्यतामा जिल्ला प्रशासन कार्यालय झापामा आयोजित ‘विदाइ तथा फेरि भेटौँला’ कार्यक्रममा प्रमुख न्यायाधीश लुइटेललाई सम्मानसहित बिदाइ गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख न्यायाधीश लुइटेलले झापामा करिब २२ महिना कार्यरत रहँदा अदालतको न्याय सम्पादन प्रक्रियामा कार्यालय प्रमुखहरूबाट अपेक्षाअनुसार समन्वय र सहयोग प्राप्त भएको बताए। उनले न्यायाधीशलाई राज्यले सुम्पिएको निर्वाचनसम्बन्धी जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्न कर्मचारी वर्गबाट उल्लेखनीय सहयोग प्राप्त भएको उल्लेख गर्दै सबैप्रति धन्यवाद…
इलाम, ५ साउन । इलामको सूर्योदय नगरपालिका–१० निवासी मुकेश गुरुङले अन्तर्राष्ट्रिय स्तरमा आयोजित ६औँ हिमालयन इन्टरनेशनल अवार्ड २०२६ मा सर्वोत्कृष्ट म्युजिक भिडियो मोडल अवार्ड जितेका छन्। सिक्किमको राभाङ्लास्थित कम्युनिटी हलमा सम्पन्न अवार्ड समारोहमा गुरुङले चर्चित गीत ‘परान’को म्युजिक भिडियोमा गरेको उत्कृष्ट अभिनयका लागि यो प्रतिष्ठित सम्मान प्राप्त गरेका हुन्। सांगीतिक क्षेत्रमा निरन्तर सक्रिय गुरुङले आफ्नो मेहनत, समर्पण र कलाप्रतिको प्रतिबद्धताका कारण अन्तर्राष्ट्रिय मञ्चमा नेपाली कलाकारको पहिचान स्थापित गर्न सफल भएको बताइएको छ। ‘परान’ गीतको भिडियोमा उनको प्रभावशाली अभिनयले दर्शक र निर्णायक दुवैको मन जित्दै उनलाई यस वर्षको सर्वोत्कृष्ट म्युजिक भिडियो मोडलको उपाधि दिलाएको हो। उनको यो उपलब्धिले व्यक्तिगत सफलतासँगै इलाम…
झापा, ५ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ । विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । विभागद्वारा मौसम ‘बुलेटिन’का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको…
झापा, ४ साउन । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि बिमा व्यवस्थापनलाई थप सरल, प्रभावकारी र श्रमिकमैत्री बनाउन विभिन्न महत्त्वपूर्ण निर्णय गरेको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगार ऐन, २०६४ र नियमावली, २०६४ को मर्मअनुसार श्रमिकको सुरक्षा र सुविधालाई प्राथमिकतामा राख्दै नयाँ कार्ययोजना अघि सारेको जनाएको छ। मन्त्रालयका अनुसार श्रमिकको मृत्यु वा अङ्गभङ्ग भएको अवस्थामा बिमा दाबी प्रक्रिया सहज बनाउन पीडित परिवारकै घरमा पुगेर सहजीकरण गर्ने व्यवस्था गरिनेछ। यसका लागि नेपाल बिमा प्राधिकरणसँग समन्वय गरी कार्यान्वयन अघि बढाइनेछ। बिमा दाबी र भुक्तानी प्रक्रियालाई थप पारदर्शी बनाउन अब बिमा रकम सिधै हकवालाको बैंक खातामा जम्मा हुने व्यवस्था मिलाइनेछ। यसका…
बाजुरा, ४ साउन । बाजुराको हिमाली गाउँपालिका–५ अन्तर्गत कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार भएको जिप दुर्घटनामा उपचारका क्रममा थप दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका अन्य सात जनाको विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार कोल्टी आधारभूत अस्पतालमा उपचाररत हिमाली गाउँपालिका–२ निवासी ४० वर्षीय धर्मलाल बुढा र हुम्लाको ताजाकोट गाउँपालिका–५ निवासी करिब ४० वर्षीय अम्मर सिंह बुढाको उपचारकै क्रममा मृत्यु भएको हो। प्रहरीका अनुसार धुलाचौरबाट दुधिला खोलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ज १८७८ नम्बरको जिप सोमबार दिउँसो करिब १स्२५ बजे हिमाली गाउँपालिका–५ स्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डको माथिल्लो मोडमा अनियन्त्रित भएको…
झापा, ५ साउन । देशभरका ७५३ स्थानीय तहमध्ये १३ वटा स्थानीय तहले हालसम्म चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्न सकेका छैनन्। बाँकी ७४० स्थानीय तहले भने बजेट सार्वजनिक गरी कार्यान्वयन प्रक्रिया अघि बढाइसकेका छन्। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पोर्टलमा सम्बन्धित स्थानीय तहले प्रविष्ट गरेको विवरणअनुसार बजेट नल्याउनेमध्ये सबैभन्दा धेरै मधेश प्रदेशका १० स्थानीय तह रहेका छन्। बजेट सार्वजनिक गर्न नसकेका स्थानीय तहमा सिराहाको सुखीपुर नगरपालिका र औरही गाउँपालिका, धनुषाको कमला नगरपालिका, रौतहटका गरुडा नगरपालिका, कटहरिया नगरपालिका, फतुवा विजयपुर नगरपालिका, मौलापुर नगरपालिका र यमुनामाई गाउँपालिका तथा पर्साका छिपहरमाई गाउँपालिका र पकाहा मैनपुर गाउँपालिका रहेका छन्। यस्तै,…
झापा, ५ साउन । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (मंगलबार) बिहान ६:२५ बजेसम्म देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। हाल कोसी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा कर्णाली प्रदेशका थोरै स्थानमा पानी परिरहेको छ। महाशाखाले सार्वजनिक गरेको विवरणअनुसार गएको २४ घण्टामा सबैभन्दा बढी वर्षा झापाको अनारमनी–बिर्तामा ९१.२ मिलिमिटर मापन गरिएको छ। आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा वा हिमपात हुने सम्भावना रहेको छ। पहाडी भूभागका धेरै स्थानमा तथा कोसी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेस प्रदेशका थोरै स्थानमा पनि मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।…
अगरतला, ४ साउन । भारतीय राज्य त्रिपुराका प्रहरी महानिर्देशक (डीजीपी) अनुराग धनखड सोमबार अगरतलास्थित राज्य प्रहरी मुख्यालयमा रहेको आफ्नै कार्यालयभित्र मृत फेला परेका छन्। प्रहरीका अनुसार धनखड कार्यालयसँगै रहेको शौचालयमा अचेत अवस्थामा फेला परेका थिए। उनलाई तत्काल अगरतला सरकारी मेडिकल कलेज तथा गोविन्द बल्लभ पन्त अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका हुन्। अस्पतालका चिकित्सा विभाग प्रमुख डा. प्रदीप भौमिकका अनुसार धनखडलाई कुनै पनि जीवनचिन्ह नभएको अवस्थामा अस्पताल ल्याइएको थियो। शवको पोस्टमार्टम प्रक्रिया सुरु गरिएको छ र रिपोर्ट आएपछि मात्र मृत्युको वास्तविक कारण खुल्ने बताइएको छ। घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ। घटनाको जानकारी पाएलगत्तै त्रिपुराका मुख्यमन्त्री माणिक साहा,…