jhapaonline add

नकुल काजी  नेपालकाे राष्ट्रिय स्वाभिमान र सार्वभाैमिक स्वतन्त्रताका  अनन्य पक्षधर , नेपालका प्रति इण्डियाकाे अतिक्रमणकारी साेच-अवधारणाका नित्य विराेधी एवम्  समय-समयका घटनामा नेपाली मनाेभावकाे इण्डियन नीति-निर्माता निकायमै आवाज बुलन्द पार्ने साहसी राजनीतिक नेता सीताराम यचुरी  पार्थिव जीवनबाट अस्ताएका छन् । याे घटना इण्डियन कम्युनिस्टहरूका लागि जति ठूलाे क्षतिप्रद हाे,  इमान्दार कृतज्ञता अन्तर्गत   लिने हाे भने नेपाललाई  पनि आफ्नाे  उत्तिकै अविस्मरणीय बलदायी मित्र गुमेकाे  अनुभूत हुनपर्ने हाे । तर, इण्डियाकाे वर्तमान शासकीय शिविरवासीका लागि यचुरी , सम्भवतः, ‘ घाँडाे‘ थिए र त्यस्ताे इण्डियन राजनीतिक वंशानुगत अवधारणा ( hereditary political perception) ‘गाेडमेल गरिखान’ पल्केका खासगरी  नेपाली सत्तारुढ र प्रतिपक्षका कम्युनिस्टहरूले उनकाे मृत्युलाई कुनै महत्व दिएकाे…

Read More

प्रकाश अधिकारी भ्रष्टाचार आज नेपाली समाजमा एक मूलभूत तत्वको रुपमा सम्मिलित भइसकेको छ । समाजको अपरिहार्य अंग भएको कारणले सार्वजनिक सेवा पनि यसको अपवाद छैन । भ्रष्टाचार उन्मूलन नैतिक अनिवार्यता सँगसँगै आर्थिक आवश्यकता पनि हो । आम नागरिकमा राजनेताका साथसाथै कर्मचारीगण पनि भ्रष्ट छन् भन्ने सर्वसामान्य धारणा छ । सरकारी अड्डाबाट छिटोछरितो र समयमा सेवा लिन सीधै वा ‘बीचको मानिस’मार्फत खर्च नगरी हुँदैन भन्ने आम बुझाइ छ । आमरुपमा यो सत्य भएपनि सबै राजनेता र कर्मचारी लालची र बिकाउ छैनन्, इमानदार र नैतिकवान् पनि छन् । सरकार वा सार्वजनिक सेवा मात्र भ्रष्टाचारबाट गाँजिएको नभएर निजी क्षेत्र समेत यसबाट अछुतो छैन ।…

Read More

झापा, ७ असोज । झापामा दुई वटा भारतीय मालबाहक ट्रकमा आगजनी गरिएको छ । गएराति ११ बजे बिरिङ पुल नजिकै युपी–५७ एटी–४४९३ नम्बरको मालबाहक ट्रकमा ४–५ जनाको समूहमा आएका अज्ञात समूहले आगजनी गरी फरार भएका हुन् । बिर्तामोड नगरपालिकाको दमकलले आगो निभाएको प्रहरीले जनाएको छ । त्यसैगरी, आज बिहान ३ बजेतिर बिर्तामोड नगरपालिका–६ गिरिबन्धु टि–स्टेट नजिक डब्लूबी–७३ ई–३०५७ नम्बरको मालबहाक ट्रकमा आगजानी गरेको प्रहरीले जनाएको छ । ६ वटा मोटरसाइकलमा आएका १२ जनाको समुहले ट्रकमा आगजनी गरेको चालकलाई उदृत गर्दै प्रहरीले जनाएको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ परेपछि उनका समर्थकले आगजनी गरेको हुन सक्ने आशंका गरिएको छ ।

Read More

झापा, ७ असोज । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय सिरिजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगातार तेस्रो हार व्यहोरेको छ। ब्याटिङ लाइनमा लगातार समस्या देखिँदा क्याडनसँग भने नेपालले लगातार दोस्रो हार भोगेको छ। आइतबार राति भएको खेलमा नेपाल क्यानडासँग ५ विकेटले पराजित भएको छ ।

Read More

झापा, ७ असोज । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । देशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज राति कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशका एक(दुई स्थानमा धेरै वर्षाको पनि सम्भावना रहेको छ । वर्षाको सम्भावना रहेका क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू(क्षय जस्ता प्रकोपको जोखिम वा…

Read More

झापा, ७ असोज । सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) गर्दै आजदेखि धार्मिक विधिअनुसार सुरु भएको छ । श्री जानकी भित्तेपात्रोमा रहेको मिथिला पञ्चाङ्गअनुसार मिथिलाञ्चलभरिमा आज ओंगठन, असोज ८ गते मङ्गलबार जितिया व्रत र असोज ९ गते बुधबार साँझ ५ः१५ बजे जितिया व्रत पारण उल्लेख रहेको कारण मिथिलाञ्चलमा आजदेखि जितिया व्रत सुरु भएको हो । तिथिको हेरफेरअनुसार यस वर्ष मिथिलाञ्चलमा आज नहा खा (नुहाएर खाने) विधिबाट सुरु हुने जितिया पर्वमा व्रतालु महिलाहरु मङ्गलबार बिहान ४ बजेदेखि मङ्गलबारको दिनभरि र रातभरि तथा बुधबार दिनभरि…

Read More

धरान, ६ असोज । विद्यार्थी कल्याण समाज बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अध्यक्षमा नवराज कुमार देव निर्वाचित भएका छन् । महासचिवमा भने सुविन कुमार साह निर्विरोध निर्वाचित भए । प्रतिष्ठानमा एमबिबिएस दोस्रो वर्षमा अध्ययनरत देव निकटतम प्रतिद्वन्द्व लाई २ सय ५२ मतले पछि पार्दै २ वर्षे कार्यकालको लागी समाजको अध्यक्षमा निर्वाचित भएका हुन् । शनिवार प्रतिष्ठानमा भएको समाजको निर्वाचनमा अध्यक्षका लागी ७ जनाले प्रतिस्पर्धा गरेका थिए । देवको निकटतम प्रतिद्वन्द्वी जमुना वनले २सय ९३ मत पाएकी थिइन भने अध्यक्षका अर्का उम्मेदवार दिवस पन्थले २सय५५ मत पाएका थिए । अध्यक्षका अन्य प्रतिष्पर्धीहरुले क्रमशः कृष्ण कुमार यादवले १सय४६ ,दिपेश कुमार सिंहले…

Read More

झापा, ६ असोज । दैलेखमा रहेको पेट्रोलियम पर्दाथको अन्वेषण अन्तर्गत ड्रिलिङको काम ५५ प्रतिशत सम्पन्न भएको छ । चार महिना भित्र ड्रिलिङको काम सक्ने गरी २०८१ जेठदेखि काम सुरु गरिएको भएपनि कडा चट्टानका कारण ५५ प्रतिशत मात्र ड्रिलिङको काम सकिएको परियोजनाले जानकारी दिएको छ । खानी तथा भूगर्भ विभागका भूगर्भविद् प्रकाश लुइँटेलले चार हजार मिटर गहिराइसम्म ड्रिलिङ गर्नु पर्नेमा हाल सम्म २ हजार दुई सय मिटर ड्रिलिङ भइसकेको बताउनुभयो । चार महिना भित्र काम सक्ने लक्ष्यका साथ ड्रिलिङ थालिएको भएपनि जमिनमुनी कडा चट्टानले गर्दा ड्रिलिङको काम मङ्सिर मसान्तसम्म सकिने भूगर्भविद् लुइँटेलले बताउनुभयो । अहिले विज्ञहरूले २र२ मिटर गहिराइबाट निस्किएका ढुङ्गा…

Read More

झापा, ६ असोज । बैतडी जिल्लाको शिवलिङ्ग आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज दिउँसो २ बजेर ९ मिनेट जाँदा बैतडीको शिवलिङ्ग आसपास केन्द्रबिन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत असोज २ गते बझाङको माझीगाउँ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी छ । नेपाल हिमालय क्षेत्र भएको कारणले भूकम्पको जोखिम क्षेत्रका रुपमा लिने गरिएको हो ।

Read More

झापा, ६ असोज । नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक छविलाल जोशीलाई प्रहरीले पक्राउ गरेको छ । जोशीलाई आज काठमाडौँबाट पक्राउ गरेको प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । सूर्यदर्शन सहकारी लगायतका विषयमा सोधपुछ गर्न जोशीलाई पक्राउ गरिएको उहाँले बताउनुभयो ।

Read More