jhapaonline add

एजेन्सी,२० वैशाख । गर्मीयाम सुरु भएसँगै तीर्खा मेट्नका लागि विभिन्न चिसो पेय पदार्थ (कोल्डडिङ्क्स)को खपत बढ्ने गर्दछ । अहिले धेरै मानिसहरु स्वस्थकर तथा पोषिला स्थानीय पेय पदार्थको सट्टा बजारिया पेय पदार्थको स्वादमा लट्ठ पारिरहेका छन् । मानिसहरुले दूध, दहीजस्ता पोषिला पेय पदार्थ बेचेर विभिन्न ब्राण्डका पेयपदार्थ सेवन गरिरहेको देखिन्छ । चिसो पेय पदार्थहरु अहिले गाउँघरमा छ्यापछ्याप्ती छन् । यस्ता वस्तुहरु अहिले शान, मान र सगुन सामग्री नै बनिसकेको देखिन्छ । यी पेय पदार्थहरुले मोही, सर्वतजस्ता नेपाली शैलीका कैयौँ पेय पदार्थलाई विस्थापन गर्दै लगिरहेका पनि छन् । अति गुलिया र रसायन मिसिएका यी पदार्थका कारण भविष्यमा उपभोक्ताहरुको दाँत, पेट, हाडजोर्नीलगायत शरीरका…

Read More

काठमाडौँ, २० वैशाख । नेपालले चौथो टी–२० क्रिकेटमा बिहीबार भ्रमणकारी टोली वेस्ट इन्डिज ‘ए’ को तेस्रो विकेट लिएको छ । वेस्ट इन्डिजको तेस्रो विकेट पनि कुशल भुर्तेलले लिएका हुन् । जारी खेलमा उनले लिएको यो दोस्रो विकेट हो । यसअघि उनले ओपनर जोन्सन चाल्र्सको विकेट लिएका थिए । कुशल भुर्तेलले वेस्ट इन्डिजका चौथो नम्बरका ब्याट्सम्यान केसी कार्टीलाई चार रनको ब्यक्तिगत स्कोरमा कप्तान रोहित पौडेलद्वारा क्याच गराए । १३‍।२ ओभरमा केसी कार्टी आउट हुँदा वेस्ट इन्डिजले एक सय २६ रन बनाएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भ्रमणकारी टोली वेस्ट इन्डिजले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो । पाँच…

Read More

काठमाडौँ, २० वैशाख । डाक्टर आयुष्नोभा ढुंगानाले सौन्दर्य प्रतियोगिता ‘मिस इन्टरकन्टिनेन्टल नेपाल २०२४’ को उपाधि जितेकी छन् । यसअघि मिस नेपाल २०२२ को प्रतिस्पर्धामा उनी चम्किएकी थिइन् । बुधबार प्रज्ञा प्रतिष्ठानमा आयोजित फिनालेमा उनले उपाधिसहित सहविधा मिस एलिगेन्स समेत जितिन् । कलाकारिता र चिकित्सा पेशालाई सँगै अघि बढाइरहेकी उनी बंगलादेशबाट एमबीबीएस उत्तीर्ण हुन् । फिनालेमा ‘मिस इन्टरकन्टिनेन्टल नेपाल’सहित अन्य तीन विजेता समेत छानिएको थियो । सजिना खनालले ‘मिस सुप्रान्यासनल’ र धीरजकाजी बस्नेतले ‘मिस्टर सुप्रान्यासनल’को उपाधि हात पारे । ‘मिस ग्लोबल नेपाल’ मोनिका अधिकारी र ‘मिस्टर इन्टरनेसनल नेपाल’ क्षितिज श्रेष्ठ क्षेत्री घोषित भए । सनुर्वी इन्टरनेसन आयोजक रहेको प्रतियोगिताको फिनालेमा महिला…

Read More

अर्जुनधारा, १८ बैशाख । अर्जुनधारा नगरपालिकामा विद्युत् ट्रान्सफर्मर जडान कार्य तीव्र बनाइएको छ । नगर क्षेत्रमा भोल्टेज समस्या समाधान गर्न विद्युत् ट्रान्सफर्मर जडान तीव्र पारिएको हो । अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेव गोम्देनको विशेष पहलमा नगर क्षेत्रमा विद्युत् ट्रान्सफर्मर जडान कार्य भइरहेको हो । कम भोल्टेज समस्या भोगिरहेका अर्जुनधाराबासी अब उक्त समस्याबाट मुक्त हुने भएका छन् । पहिलो चरणमा अर्जुनधारा नगरपालिका–१, २, ३, ४ र ८ नम्बर वडामा विभिन्न क्षेत्रमा ट्रान्सफर्मर जडान कार्य भइरहेको छ । विद्युत् प्राधिकरणका प्राविधिक कमल रायले अर्जुनधाराका विभिन्न वडामा सिञ्चाइ मोटर जडान गरिएकाले ग्राहक संख्या पनि धेरै भएकाले भोल्टेज समस्या देखिएको बताउनुभयो । “हामीसँग बजेट कम…

Read More

कनकाई, १० बैशाख । हनुमान जयन्तीको अवसरमा झापाको कनकाई–३ स्थित सुरुङ्गामा विशेष पुजा हुने भएको छ । जयन्तीको अवसरमा भोलि पूजासहित विविध कार्यक्रम गरिने आयोजक संस्थाद्वय पाथीभरा मारबाडी समाज तथा अग्रवाल समाज नगर समितिले जनाएको छ । प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमान जन्मजयन्ती यस वर्ष पनि विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । यस अवसरमा हनुमानको पूजा आराधना गरेमा बल, बुद्धि र विद्या मिल्ने तथा दुःख र सङ्कटबाट मुक्ति पाइने विश्वास छ । आयोजक संस्था पाथीभरा मारबाडी समाजका अध्यक्ष ईश्वर चन्द्र गोयलका अनुसार सुरुङ्गामा मंगलबार बिहान निशान यात्रा गरेर मन्दिर परिसरमा अखण्ड रामायण पाठ, अष्टयाम…

Read More

झापा, १० बैशाख । लायन्स क्लवको डिस्ट्रिक ३२५ सीको सेकेन्ड भाइस डिस्ट्रिक गभर्नरमा लीला चिमरिया निर्वाचित भएका छन् । कनकाई नगरपालिका निवासी युवा व्यवसायी चिमरिया विराटनगरमा सम्पन्न निर्वाचनबाट चिमरिया लायन्सको सेकेण्ड गभर्नर सन् २०२४÷०२५ का लागि निर्वाचित भएका हुन् । १४७ मत प्राप्त गर्दै उनी अध्यक्षमा निर्वाचित भएका थिए । उनका प्रतिष्पर्धी मोरङ उर्लावारीका कोमल शाक्यले ३९ मत प्राप्त गरेका थिए । मतदान कार्यक्रममा १८७ जनाले मतदान गरेका थिए भने १ मत बदर भएको थियो । सन् २००८ मा सुरुङ्गा जेसीजको स्थापना गरेका चिमरिया सहारा सर्पदंश उपचार केन्द्रका अध्यक्षसमेत हुन् ।

Read More

बिर्तामोड, १० बैशाख । बिर्तामोड उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिले आइतबारदेखि पदभार ग्रहण गरेको छ । अध्यक्षमा विजयी भएका राजु न्यौपाने नेतृत्वको कार्य समितिले पदभार ग्रहण गरेको हो । २०८० फागुन १४ मा भएको निर्वाचनबाट न्यौपाने नेतृत्वको समिति निर्वाचित भएको थियो । सङ्घका अध्यक्ष प्रकाश शिवाकोटीले नवनिर्वाचित अध्यक्ष न्यौपानेलाई पदभार सुम्पिएका हुन् । अध्यक्ष न्यौपानेले निर्वाचित पदाधिकारी तथा सदस्यलाई पद तथा गोपनियताको सपथ गराएका थिए । यसअधि निर्वाचन समितिका संयोजक नारायणप्रसाद पौडेलले अध्यक्ष न्यौपानेलाई सपथ गराएका थिए । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष हेमराज ढकालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कलाकार विल्सनविक्रम राई, सञ्चारकर्मी विष्णुकुल श्रेष्ठ, व्यवसायी कुमार निरौलालाई सम्मान…

Read More

झापा, १० बैशाख । म्यानचेस्टर युनाइटेडले पेनाल्टी सुटआउटमा च्याम्पियनसीप टोली कोभेन्ट्रीलाई हराएर एफए कपको फाइनलमा प्रवेश गरेको छ । टोली पेनाल्टी सुटआउटमा ४–२ गोलले विजयी बन्यो । दुवै टिमले समान ३–३ गोल गरेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । युनाइटेडका कासेमिरो पहिलो पेनाल्टीमा गोल गर्न चुकेका थिए । तर, अन्द्रे ओनानाले कोभेन्ट्रीका कालम ओहेर र कप्तान बेन सिफको गोल रोक्दै युनाइटेडलाई लज्जास्पद हारबाट जोगाए । उपाधिका लागि युनाइटेडले म्यानचेस्टर सिटीको सामना गर्नुपर्नेछ ।

Read More

तेह्रथुम, १० बैशाख । तेह्रथुमको लालीगुराँस नगरपालिकामा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जना बालकको मृत्यु भएको छ । लालीगुराँस–५ दागपाका कालुबहादुर लिम्बूका ८ बर्षीय छोरा सुदिप लिम्बूको करेन्ट लागेर मृत्यु भएको हो । आफ्नै घरको कोठामा मोबाइल चार्ज गर्ने क्रममा मल्टीप्लग सर्ट भएर शनिबार बेलुका सुदिपलाइ करेन्ट लागेको थियो । गम्भीर घाइते भएका उनलाई उपचारका लागि बसन्तपुर अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Read More

बिर्तामोड, ९ बैशाख । गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत बिर्तामोड नगरपालिकाले वडा नम्बर १ मा आयोजना गरेको गुडिया बनाउने तालिम सम्पन्न भएको छ । गत चैत्र १९ गतेदेखि सुरु भएको उक्त तालिममा वडाका १३ जना महिलाहरुले सहभागिता जनाएका थिए । तालिममा सहभागीहरुलाई आइतबार आयोजित एक संक्षिप्त कार्यक्रमका विच प्रमुख अतिथि वडा नम्बर १ का वडाअध्यक्ष अग्निप्रसाद पाण्डेले प्रमाण पत्र वितरण गर्नु भयो । कार्यक्रममा बोल्दै वडाअध्यक्ष पाण्डेले तालिममा सिकेको सिपलाई व्यवसायिक बनाउन आग्रह गर्नु भयो । नगरपालिकाले महिलाहरुलाई आत्मनिर्भर बनाउन लघु उद्यम विकास कार्यक्रम अन्तर्गत गुडिया बनाउने, सिलाई बुनाई, ब्याग बनाउने, ढाका बुन्ने, बाख्रा पालन लगायतका तालिम…

Read More