jhapaonline add

झापा, ४ बैशाख । झापाको बिर्तामोडबाट नक्कली सुनसहित प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको जाल्पागुडी–४० सिलगुढीका ५४ को शेरबहादुर गिरी रहेका छन् । गिरीले ‘मसँग काचो सुन छ, तपाईलाई म ६० हजारमा काचो सुन दिन्छु’ भनेर बिर्तामोड नगरपालिका–५ शनिश्चरे रोडमा बुद्धशान्ति गाउँपालिका–२ की ४५ वर्षीया सविता सिटौलालाई दिएका थिए । सिटौलाले बिस्कुटजस्तो आकारको नक्कली सुन (टिल) दिई ठगेको भनेर इलाका प्रहरी कार्यालय अनारमनीमा जानकारी उजुरी दिएकी थिइन् । उनको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले गिरीलाई बिर्तामोड–५ शनिश्चरे रोडबाट नियन्त्रणमा लिएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय…

Read More

बिर्तामोड, ३ बैशाख । नेपाल पत्रकार महासंघ झापा शाखाले एक करोड रुपैयाँको पत्रकार उपचार कोष घोषणा गरेको छ । पत्रकारको उपचारमा सहयोग गर्ने उद्देश्यले मुलुकमै पहिलो पटक झापामा करोड रुपैयाँ राशीको कोष स्थापना गरेर आज एक समारोहका बीच घोषणा गरिएको हो । नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले पत्रकार सहारा उपचार कोषको घोषणा गर्नुभएको हो । सोही अवसरमा कोषमा सहयोग गर्ने दातालाई सम्मान गरिएको छ । आठ वर्षअघि पत्रकारहरुको सुरक्षाका लागि कोष निर्माणको अभियान थालिएको थियो । नेपाल पत्रकार महासंघ झापाको अगुवाईमा ‘पत्रकार–सहारा उपचार कोष’ नामाकरण गरेर कोष स्थापनाको अभियान शुरु गरिएको थियो । सोही कार्यक्रमकाबिच पत्रकार महासंघ झापा शाखाले…

Read More

झापा, ३ बैशाख । झापाका विभिन्न स्थानमा गाई फार्म सञ्चालक तथा सहकारीले व्यावसायिकरुपमा साइलेस (पौष्टिक तत्व पर्याप्त हुने घाँस) का लागि ग्रामीण क्षेत्रका किसानले उत्पादन गरेका मकै बोटसँगै खरिद गरेका छन् । यसरी उत्पादित मकै बोटसँगै बिक्री भएपछि किसान उत्साहित भएका हुन् । अर्जुनधारा नगरपालिका–७ का सञ्जय खनाल खेतमा लगाएको मकैले बोटसँगै प्रशस्त आम्दानी दिएपछि उत्साहित हुनुभएको छ । एक बिघा जमिनमा लगाएको मकैमा दाना लागेपछि नेपाल बहुउद्देश्यीय सहकारी संस्था ९एनएमसी०ले साइलेस बनाउन बोटै खरिद गरेपछि उहाँ उत्साहित हुनुभएको हो । ग्रामीण क्षेत्रका किसान साइलेसका लागि बोेटबाटै मकै बिक्री भएपछि भाँच्नु, नङ्ग्याउनु, छोडाउनु र सुकाउनुपर्ने झन्झटबाट मुक्त भएका खनालले बताउनुभयो…

Read More

झापा, ३ बैशाख । सुनसरीको इटहरी उपमहानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघाटका कामदारको मृत्यु भएको छ । आज दिउँसो “मुक्तिघाट वृहत मुक्तिघाट क्षेत्र विकास समिति” मा दाउराको हार मिलाउने र शव जलाउने काम गर्दै आएका स्थानीय २७ वर्षीय बिनोद तामाङको चिर्पट प्रहार तथा कुटपिटबाट मृत्यु भएको हो । इटहरी उप महानगरपालिका ४ गैरीगाँउबाट मलामी आएका ३७ वर्षीय उमेश तामाङ र धरानका ३० वर्षीय अनिल तामाङले कुटपिट गरी चिर्पटले टाउकोमा प्रहार गर्दा घाइते भएका बिनोद तामाङको उपचारको क्रममा बेदान्त हस्पिटल इटहरीमा मृत्यु भएको हो । घटनामा संलग्न उमेश तामाङलाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरी थप…

Read More

खोटाङ, ३ बैशाख । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ११ खार्मीका ३० वर्षीय धनजित राईलाई छुरा प्रहार गरी हत्या गरेको आरोपमा संलग्न रहेका ३ जनालाई जिल्ला प्रहरी कार्यालय खोटाङले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दिक्तेल रुपाकोट मझुवागढी ११ का २२ वर्षीय विकास राई, २० वर्षीय आसन राई र २८ वर्षीय गणेश राई रहेका छन । यही बैशाख १ गते राती ८ बजे आपसी वादविवादको क्रममा धनजित राईलाई उनिहरुले शरिरको बिभिन्न भागमा छुरा प्रहार गरी फरार भएका थिए । छुरा प्रहारबाट घाईते राईको घटना स्थलमा नै मृत्यु भएको थियो । घटनाको जानकारी प्राप्त हुनासाथ तत्काल जिल्ला प्रहरी कार्यालय खोटाङ र…

Read More

भोजपुर, ३ बैशाख । भोजपुरको षडानन्द नगरपालिका ९ स्थितबाट पेस्तोल सहित लुटपाटमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गत आइतबार सोही स्थानमा रहेको जंगलमा षडानन्द नगरपालिका २ की ८५ वर्षीया पासाङ ल्हामु शेर्पालाई पेस्तोल देखाई सुनको गरगहना तथा नगद लुटपाट गरी एक जना मानिस फरार भएको भन्ने खबर प्राप्त भएसँगै इलाका प्रहरी कार्यालय दिङ्ला र इलाका प्रहरी कार्यालय सापाङबाट खटिएको प्रहरी टोलीले आइतबार बेलुका ८ बजे सोही जंगलमा टेम्के मैयुङ गाउँपालिका १ का ३७ वर्षीय सुमित भन्ने सुमन परियारलाई शंकास्पद अवस्थामा फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका परियारको साथबाट प्रहरीले लुटपाटमा प्रयोग भएका पेस्तोल एक थान,…

Read More

झापा, ३ बैशाख । सुनसरी र झापाको दुई स्थानबाट लागुऔषध ब्राउनसुगर ओसारपसारमा संलग्न पाँच जनालाई प्रहरीको नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा हिजो दिउँसो सुनसरीको इटहरी उप महानगरपालिका १२ क स्थित कोशी लोकमार्गमा विराटनगरबाट इटहरीतर्फ जाँदै गरेको प्रदेश १ ०२ ००३ ह ९६०७ नम्बरको सिटी सफारीलाई रोकी चेक जाँच गर्दा सिटी चालक भारत बिहार अररिया घर भई हाल विराटनगर १७ मा बस्दै आएका मोहमद इब्रानले फ्लोरेसेन्ट ज्याकेटमा प्लाष्‍टिकमा पोको पारेर लुकाई छिपाई राखेको अवस्थामा २ ग्राम ८ सय ६० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो । त्यसैगरी, इलाका प्रहरी कार्यालय दमकबाटको प्रहरीको टोलीले कमल गाउँपालिका ५ का ३२ वर्षीय…

Read More

झापा, ३ बैशाख । इलाका प्रहरी कार्यालय राजगढले चोरीको मोटरसाइकलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको उर्लाबारी नगरपालिका ५ का ३० वर्षीय दीपक मर्डी रहेका छन् । गत चैत २८ गते झापाको कचनकवल गाँउपालिका १ घेरावारीबाट स्थानीय ६० वर्षीय नरेन्द्र चोङवाङको प्रदेश ०१-०१-०१३ प ६२८१ नम्बरको सुपर स्पेण्डर मोटरसाइकल चोरी गरेर फरार रहेका मर्डीलाई हिजो दिउँसो झापाको कन्काई नगरपालिका २ सेल्फी डाँडाबाट प्रहीले पक्राउ गरेको छ । चोरीको मोटरसाइकलसहित पक्राउ परेका मर्डीको जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भइरहेको छ ।

Read More

झापा, ३ बैशाख । झापाको शिवसताक्षी नगरपालिका ७ स्थितमा रहेको कन्काई सिंचाई आयोजनाको नहरमा डुबेर एक बालकको मृत्यु भएको छ । हिजो बिहान साढे १० बजे शिवसताक्षी नगरपालिका १० का ओमबहादुर बस्नेतको १२ वर्षीय छोरा बिवेक बस्नेत नहरको साइफन जालीमा अड्किएर मृत अवस्थामा फेला परेका थिए । मृतक बालकको शवलाई कानूनी प्रकृया पुरा गरी पोष्टमार्टमको लागि मोरङको मंगलबारे अस्पताल पठएको छ भने घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट थप अनुसन्धान भइरहेको छ ।

Read More

झापा, ३ चैत । नेपाल पत्रकार महासङ्घ झापाले स्थापना गरेको उपचार कोषमा एक करोड रुपैयाँ जम्मा भएको छ । आठ वर्षअघि संघले स्थापना गरेको ‘पत्रकार सहारा उपचार कोष’मा उक्त रकम जम्मा भएको हो । विभिन्न दाताहरुको सहयोगबाट कोषमा एक करोड पुगेको छ । कोषमा दान गर्ने दाताहरुलाई आज एक विशेष समारोहका बीच महासंघ झापा शाखाले सम्मान गर्दैछ । दानकताहरुलाई पूर्व राष्ट्रपति डा. रामवरण यादवले सम्मान–पत्र प्रदान गर्नेछन् । सोही अवसरमा स्तरोन्नति गरेको महासंघको भवनको उद्घाटन समेत गरिने भएको छ । पत्रकारको उपचारमा सहयोग पु¥याउने उद्देश्यले वि.सं. २०७३ पुस १६ गते कोष घोषणा गरिएको थियो ।

Read More