jhapaonline add

राजेश ढुंगानामअहिलेसम्मकोमानव सभ्यताको उचाइमाएउटानयाँ इँट्टा थप्नेनयाँ यात्रा प्रारम्भ गर्नस्वयम्मानव सभ्यतालाईलिलामीमा राखिरहेछु यतिबेलाममानव सभ्यताकोटाकुरामा उभिएरचिच्याइ–चिच्याइमान्छे बिक्रीकोग्राहक खाजिरहेछुबिक्रीमा छ मान्छेनगद नभए उधारोमै सहीमैलेमान्छेकोमानव सभ्यताकोभार थेग्न नसकेरमान्छे किन्नेग्राहकको खोजी गरिरहेछु !

Read More

चन्द्र बस्नेतकनकाई, २९ चैत । मुस्लिम समुदायले इद–उल–फित्र झापाको कनकाईस्थित सुरुङ्गामा हर्षोल्लासका साथ मनाएका छन् । उनीहरूले एक आपसमा शुभकामना आदान–प्रदान साथै खुसी साटासाट गरी पर्व मनाएका हुन् । इद मुस्लिम समुदायको पवित्र महिना तथा कुरान अवतरण भएको महिना रमजान रोजा सकिएपछि मनाइने पर्व हो । आत्मसंयम र शुद्धिका लागि एक महिनासम्म मनाइने रमजान पर्वको रोजा व्रत सकिएको भोलिपल्ट यो पर्व मनाउने गरिन्छ । खुसीपूर्वक दान गरेर दीनदुःखीलाई बाँडिने भएकाले यो पर्वलाई इद उल फित्र भनिएको हो । यसैबीच, पर्वको अवसरमा कनकाई नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले शुभकामना सन्देश जारी गर्दै सम्पुर्ण नेपालीहरुले मनाउने आ–आफ्नो पर्व उत्तिकै महत्त्वपूर्ण हुने बताउनुभयो । उहाँले…

Read More

झापा, २९ चैत । प्रज्ञापन पत्रमा कम मूल्यांकन गरी नेपाल भित्र्याइएको दु्ई भारतीय ट्रकलाई मालसामान सहित नियन्त्रणमा लिएर राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको छ । झापाको मेचीनगर नगरपालिका–१० निन्दा पुल स्थितमा इलाका प्रहरी कार्यालय धुलाबारी प्रहरी निरीक्षक रोहित कुमार शर्मा बढईको कमाण्डमा खटिएको प्रहरी टोलिले PB23T3485, HR69C4659 भारतीय नम्बर प्लेट उल्लेखित ट्रकहरुलाई शंका लागी चेकजाँच गर्दा उक्त ट्रकहरुमा प्रज्ञापन पत्रमा कम मूल्याङ्कन गरी सामान ल्याइएको पाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिनुभयो । उक्त ट्रकमा लोड भएका फ्रिज, टेलिभिजन, वासिङमेसिन, माइक्रोओभन लगायतका इलेक्ट्रोनिक्स सामानहरु फेला परेकोले उक्त भारतीय ट्रकहरुलाई चैत २७ गते चालकसहित नियन्त्रणमा लिई आवश्यक कारवाहीका…

Read More

झापा, २९ चैत । बैशाख १५ गते हुन लागेको इलाम–२ को उपनिर्वाचनका एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई विजयी गराउन एमाले र माओवादीले संयुक्त रूपमा ५ बुँदे निर्णय गरेका छन् । दुई पार्टीको कोशीस्तरमा गरिएको बैठकको निर्णय बुधबार सार्वजनिक गरिएको हो । नेकपा एमाले मोरङको विराटनगरस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी दुई पार्टीका अध्यक्षद्वय घनश्याम खतिवडा र हर्कबहादुर नेम्वाङ (मिक्सो)–ले सार्वजनिक गरेको निर्णयमा उपनिर्वाचन मार्फत वामपन्थी शक्तिबिचको सहकार्य र भविष्यमा सुदृढ कम्युनिस्ट पार्टी एकताको आयामको रूपमा जग तयार गर्ने उल्लेख छ । यस्तै, स्थानीय मनोविज्ञानमा आधारित रहँदै सामूहिक रूपमा अग्रसरता लिने, स्थानीय नेता कार्यकर्ताको मनोबल उठाउन र पार्टी पङ्क्तिमार्फत शक्ति सञ्चय गर्न…

Read More

झापा, २९ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इस्लाम धर्मावलम्बीको महान् पर्व इद (इद–उल–फित्र) को अवसरमा नेपालीबिच आपसी एकता, सहिष्णुता र सद्भाव कायम गरी न्यायपूर्ण तथा समृद्ध समाज निर्माण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् । आज शुभकामना सन्देश जारी गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले इस्लाम धर्मावलम्बीको महान् पर्व इदको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरे । उनले आपसी सद्भावको चाडको रुपमा मनाइने इदले सबै नेपालीबीच बन्धुत्वको भावना बढाउन, सामाजिक सद्भाव अभिवृद्धि गर्न योगदान पुग्ने तथा राष्ट्रिय एकता, समुन्नत एवं समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय अभियानका साथ प्रेरणा…

Read More

झापा, २९ चैत । इस्लाम धर्मावलम्वीहरुले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत हिजो पूरा गर्दै आज ‘इदउत्रफित्र’ मनाउदै छन् । केही मुस्लिमले ‘इदउलफित्र’को नमाज मस्जिदमा त केहीले ‘इदगाह’मा सामूहिक भेला भइ दुई रिकात नमाज पढेर सम्पत्र गर्छन । नमाज पूरा गरेपछि एकअर्कालाई अङ्कमाल गरेर बधाई साटासाट गर्छन भने घरमा विभित्र परिकार पकाएर खाने गर्दछन् । रमजान महिना उर्दू पात्रोको अनुसार नवौँ महिना हो । यो पर्वको ७०औँ दिनमा बकरिद अर्थात ‘इदउलअजहा’ पर्व मनाउने गर्दछन् । यस अवसरमा मुस्लिमहरु ‘हज’ का लागि साउदी अरबको मक्का मदिना जाने पनि गर्दछन् । यसैबीच सरकारले इस्लाम धर्मावलम्बीको पर्व ईद–उल फित्र९ईद०को अवसरमा आज सार्वजनिक बिदा…

Read More

बिर्तामोड, २८ चैत । नेपाली कांग्रेस बिर्तामोड ५ नम्बर वडा समितिले राजनीति पीडित एवं सञ्चार, शिक्षा, समाजसेवा क्षेत्रका अग्रज १० जना ब्यक्तित्वहरुलाई सम्मान गरेको छ । वडा समितिद्वारा नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय विर्तामोडमा आयोजित नयाँ बर्ष २०८१ को अवसरमा शुभकामना आदान–प्रदान, भित्ते पात्रो विमोचन एवं सम्मान कार्यक्रमका बीच सञ्चार, शिक्षा, राजनीति, समाजसेवा लगायत क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका १० जनालाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा नेपाल प्रेस युनियन केन्द्रीय समितिका सचिव रेजिना गौतम, देवीप्रसाद तिम्सिना, यसोदा ओली, गणेशप्रसाद सिटौला, चन्द्र कट्टेल, खड्गप्रसाद सिटौला, डिल्ली प्रसाई, विष्णुबहादुर राई (मुन्ना) पवित्रा तामाङ र चन्द्रबहादुर सापकोटा रहेका छन् । सञ्चार क्षेत्रबाट सामाजिक…

Read More

इटहरी, २८ चैत । सुनसरीको इटहरी उपमहानगरपालिका–२ हलगडा चोकमा मंगलबार साँझ कारले पैदल यात्रीलाई ठक्कर दिंदा पैदलयात्री भोजपुरका ५२ वर्षीय जयबहादुर राईको मृत्यु भएको छ । धरानबाट इटहरीतर्फ आउँदै गरेको प्रदेश १–०२९ च. ९४५९ नम्बरको कारले अचानक ठक्कर दिंदा घाइते भएका भोजपुरको हतुवागढी गाउँपालिका–६ घर भई इटहरी–२ हलगडामा बस्दै आएका राईको उपचारको क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको तथा घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

Read More

झापा, २८ चैत । झापाको दुई छुट्टाछुट्टै स्थानहरुबाट प्रतिबन्धित लागुऔषध ब्राउनसगुरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषधको ओसार–पसार तथा बेचबिखन समेत भइरहेको भन्ने विशेष सूचनाको आधारमा मंगलबार साँझ प्रहरी चौकी बिर्ता बजार झापाबाट खटिएको प्रहरी टोलीले कन्काई नगरपालिका–९ का २६ वर्षीय ललित कुमार राजवंशी र बिर्तामोड नगरपालिका–३ का २५ वर्षीय अनिलकुमार राजवंशीलाई ४८० मिलिग्राम लागुऔषध ब्राउनसगुर र १ थान मोबाइलसहित पक्राउ गरेको हो । यसैगरी, इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका–८ बाट दमक–९ का ३५ वर्षीय बिनोद राई र ३१ वर्षीय गोपाल लम्जेललाई मंगलबार राति ७ ग्राम १०० मिलिग्राम लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो ।…

Read More