
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
सुनसरी, १० चैत । सुनसरीको भोक्राहानर्सिंङ गाउँपालिका–६ उराव टोलबाट अवैध गाँजासहित भारतीय कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । हिजो बिहान ९ बजे बिशेष सुचनाको आधारमा प्रहरी चौकी चिरौली चोकबाट खटिएको प्रहरी टोलीले B06E3179 नम्बरको भारतीय कार लक गरी राखेको बेबारिसे अवस्थामा फेला पारी उक्त कारको लक खोली चेकजाँच गर्दा कारको डिकी भित्रबाट १ सय ६५ किलोग्राम अवैध गाँजा बरामद गरेसँगै कार नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा अनुसन्धान भइरहेको छ ।
झापा, १० चैत । झापाको दमक नगरपालिका–२ स्थितमा पैनीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६५ बर्षीय कमल धिमाल रहेका छन् । हिजो दिउँसो ११ बजे धिमालले सोही स्थानमा रहेको पैनीमा भैंसीलाई पानी खुवाउने क्रममा अचानक डुबी घाइते भएका थिए । घाइते उनलाई उपचारको लागि आम्दा अस्पताल दमक लगिएकोमा धिमालको उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भइरहेको छ ।
झापा, १० चैत । कोशी प्रदेशमा क्षयरोगबाट मृत्यु हुनेको दर गत वर्षको तुलनामा बढेको छ । प्रदेशमा ६ महिनामा क्षयरोगबाट ७९ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय धनकुटा कार्यालयका क्षयरोग फोकल पर्सन तुलसीप्रसाद गुरागाईंले चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्ममा कोशीका १४ जिल्लामा ७९ जनाको क्षयरोगबाट मृत्यु भएको जानकारी दिए । कोशीमा एक हजार एक सय १४ उपचार केन्द्र, एक सय ३२ स्थानमा खकार परीक्षण गर्ने ल्याब, १९ जिन एक्सपर्ट मेसिन, चार क्षयरोग प्रतिरोधी उपचार केन्द्र र एउटा आवासीय गृह रहेको उनले बताए । सरकारले प्रदेशभरिका क्षयरोगका बिरामीलाई प्रादेशिक अस्पताल भद्रपुर, ओखलढुङ्गा सामुदायिक अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान…
देवेन्द्र किशोर ढुङगानातिमी नारी हौ, तिमी नारी हौ,तिमी नारी हौ, तिमी नारी हौ।सृष्टिको तिमी अनुपम भेट हौस्वयं तिमी ईश्वरको न्यारी हौ । कहिले राधा, कहिले मीराकहिले दिल की रानी हौकहिले कालीको रूप हौकहिले धारिलो हतियार हौ । शक्ति नै नारीको पहिचान होकहिलै कमजोर न मान्नु हैदन्दनी बलेको तिमी अग्नि हौप्रेम की साक्षात तिमी मूर्ति हौ । कहिले आमा , कहिले पत्नीकहिले छोरी कहिले बहिनीप्रेमलाई हरेक रूपमा बाडनुप्रेम की तिमी हौ पुजारिनी । सृष्टि की तिमी सृजन कर्तासमयसंग बहने तिमी सरिताचंद्रमणि दुष्टतामा तिमीहुने नै छ हरपल भारी ।भद्रपुर, झापा
सन्तोष शर्माभद्रपुुर, ९ चैत । दादुरा–रुबेला खोप अभियान अन्तरगत झापामा लक्ष्यभन्दा बढी बालबालिकाले खोप लगाएका छन् । गत फागुन १७ गतेदेखि चैत ७ गतेसम्म सञ्चालन भएको अभियान अन्तरगत जिल्लामा दुई लाख ५६ हजार तीन सय ९५ जना बालबालिकाले खोप लगाएको स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक प्रकाश पाठकले जानकारी दिनुभयो । जिल्लामा नौ महिनादेखि १५ वर्ष उमेर समूहका दुई लाख ३६ हजार १७ जना बालबालिकालाई खोप लगाउने लक्ष्य रहे पनि सोभन्दा २० हजार तीन सय ७८ जना बालबालिकालाई खोप लगाइएको उहाँले बताउनुभयो । कार्यालयले ९५ प्रतिशत खोप लगाउने लक्ष्य राखे पनि एक सय नौ प्रतिशतलाई खोप लगाएको छ । अभियानका क्रममा…
झापा, ९ चैत । सशस्त्र प्रहरीले अवैध रुपमा नेपाल प्रवेश गरेको एक नाइजेरियन नागरिकसहित दुईजनालाई पक्राउ गरेको छ । झापास्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट तिरिङले बिहीबार बिहान पौने ९ बजे पैदल गस्ती क्रममा नाइजेरियन नागरिक ३२ वर्षीय अनेकोर सिमोन ओगेचुकु र भारतीय नागरिक ३० वर्षीय सनम राईलाई पक्राउ गरेको हो । सशस्त्र प्रहरी नायव निरीक्षक केदारराज खड्काको नेतृत्वमा खटिएका टोलीले उनीहरूलाई मेचीनगर नगरपालिका– १ डिल्लीगौडा भन्ने ठाउँबाट पक्राउ गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाले जनाएको छ । भारत पश्चिम बङ्गाल दार्जिलिङ जिल्ला मणिग्राम पञ्चायत मारा पुल बस्ने राईले नाइजेरियन नागरिक ओगेचुकुलाई डब्लुबी ७४०७५८ नम्बरको…
बिर्तामोड, ९ चैत । झापाको मेचीनगर र कनकाईबाट प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । बिहीबार मेचीनगर–६ स्थित मेचीपुलबाट लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इप्रका काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतको पानीट्याङकीबाट नेपालतर्फ सिटीमा आउँदै गरेका उदयपुर कटारी–५ का २५ वर्षीय खगेन्द्र तामाङलाई शंका लागी चेकजाँच गर्दा निजले हातमा बोकेको बैजनी रङको प्लाष्टिक भित्र जुत्तामा लुकाई छिपाई ल्याउँदै गरेको खैरो हेरोइन जस्तो देखिने लिसाईलो पदार्थ १२ ग्राम ८०० मिली ग्राम फेला परेको हो । त्यस्तै, बिहीबार राति झापाको कनकाई–४ पूर्व–पश्चिम राजमार्ग माइपुल छेउमा बिर्तामोडबाट दमकतर्फ जाँदै गरेको मे १० प ३२७६ नम्बरको मोटरसाइकललाई जिल्ला ट्राफिक प्रहरी कार्यालय र इप्रका…
झापा, ९ चैत । झापाको अर्जुनधारा–५ फुलबारी टोलस्थित एक सुपारी बगानबाट काँचो सुपारी चोरी गर्ने दुई जनालाई पक्राउ गरिएको छ । हिजो दिउँसो अर्जुनधारा–५ फुलबारी टोल स्थित टिका देवि गिरीको सुपाडी बगानबाट काचो सुपाडी झारी बोरामा हाली चोरी गरी लाँदै गर्न लागेको अवस्थामा अर्जुनधारा–७ का सुनिल राई र अर्जुनधारा–८ का आलो भन्ने सुरज मण्डललाई सुपाडि बगानबाटै पाँच बोरा सुपारीसहित पक्राउ गरिएको हो । उक्त सुपारी तौल गर्दा १ सय ८३ किलो ग्राम रहेको प्रहरीले जनाएको छ ।
झापा, ९ चैत । विश्व खुशी प्रतिवेदनले नेपाल संसारको सबैभन्दा खुशी हुने देशको ९३औँ स्थानमा रहेको देखाएको छ । विश्व खुशी प्रतिवेदन, २०२४ अनुसार एक सय ४३ देशहरुमध्ये खुुशीको सुचांकमा नेपालले ९३ औं स्थान प्राप्त गरेको हो । उक्त प्रतिवेदनअनुसार उक्त सूचीको पहिलो स्थानमा फिनल्याण्ड छ । फिनल्याण्ड लगातार सात वर्षदेखि शीर्ष स्थानमा रहँदै आएको छ । फिनल्याण्डपछि प्रमुख दशमा डेनमार्क, आइसल्याण्ड, स्वीडेन, इजरायल, नेदरल्याण्ड, नर्वे, लक्जमवर्ग, स्वीजरल्याण्ड र अस्टे«लिया छन् । प्रतिवेदनले ३० वर्षमुनि उमेर समूहमा खुशी हुने स्थानमा भने नेपाल ९२औँ स्थानमा छ । उक्त प्रतिवेदन गलुप, अक्सफोर्ड विश्वविद्यालय, वेलबिइङ रिसर्च सेन्टर, संयुक्त राष्ट्रसङ्घ दिगो विकास सोलुसन नेटवर्क…
झापा, ९ चैत । झापाको दमक नगरपालिकाबाट लागुऔषध ब्राउनसुगरसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दमक–५ का ४४ वर्षीय यादव राई र दमक–८ बस्ने २६ वर्षीय मनोज वोहोरा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दमक–५ स्थित यादव राईको घर कोठामा लागुऔषध बिक्री वितरण हुँदैछ भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले घर कोठामा चेकजाँच गरेको थियो । त्यस क्रममा उनीहरूको साथबाट ३ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । दुवै जनालाई लागू औषध र नगदसहित नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाहीको लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।