jhapaonline add

बिर्तामोड, १० चैत । नेपाल व्यापार कर्मचरी संघ (युनिकम) नेपालले होली विशेष सुरक्षा सम्बन्धी जनचेतनामुलक कार्यक्रम गरेको छ । युनिकम बिर्तामोड नगरको सह–आयोजना तथा युनिकम झापा जिल्लाको आयोजनामा आज बिर्तामोडस्थित दुर्गा मन्दिर परिसरमा जनचेतनामुलक कार्यक्रम गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बिर्तामोडको सहकार्यमा भएको कार्यक्रममा प्रमुख अतिथि युनिकम नेपालका अध्यक्ष गजेन्द्र बहादुर पौडेलले होली पर्वलाई सभ्य र भब्य रुपमा मनाउन सबैलाई आग्रह गरे । आत्मीयरूपमा नजिक भएका व्यक्ति वा आफन्तसँग मात्र होली खेल्न, होली पर्वको नाममा उच्छृङ्खल क्रियाकलाप नगर्न युनिकम का अध्यक्ष पौडेलले आग्रह गरेका छन् । कार्यक्रममा बोल्दै जिल्ला ट्राफिक प्रहरी प्रमुख नबराज…

Read More

शिवसताक्षी, १० चैत । झापाको शिवसताक्षीमा कोशी प्रदेशस्तरीय नविन राई स्मृति भेट्रान कप फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता चैत १५ देखि २२ गतेसम्म हुने आयोजक समितिले पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । झिलझिले भेट्रान फुटबल क्लबले शनिबार झिलझिलेस्थित गणेशमान सिंह अध्ययन प्रतिष्ठानको खेलमैदानमा आयोजना हुने उक्त प्रतियोगितामा कोशी प्रदेशका १० वटा टिमले सहभागिता जनाउने आयोजक समितिका संयोजक जसु राईले जानकारी दिए । उनका अनुसार आयोजक आयोजकले दुईवटा टिम प्रतियोगितामा सहभागिताका लागि तयार गरेको छ । प्रतियोगितामा सुनसरीको रामधुनी, झापाको बिर्तामोड, चन्द्रगढीको सिविसी, धुलाबारी, हाम्रो भेट्रान धरान, दमक लखनपुर भेट्रान क्लब, आयोजक निलो, पूर्वेली भेट्रान बिर्तामोड र एभरेष्ट…

Read More

सन्तोष शर्माझापा, १० चैत । झापामा १४ वर्षमुनिका २५ जना बालबालिकामा क्षयरोगको संक्रमण देखिएको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा फेला परेका पाँच सय ७० जना नयाँ क्षयरोगीमध्ये २५ जना बालबालिका रहेको स्वास्थ्य कार्यालय झापाका क्षयरोग फोकल पर्सन वीरेन्द्र दासले जानकारी दिनुभयो । जिल्लामा भेटिएका नयाँ क्षयरोगीमा एक सय ८२ जना महिला र तीन सय ८८ जना पुरुष रहेका छन् । ती मध्ये चार सय ३१ जनामा फोक्सो सम्बन्धी क्षयरोग देखा परेको छ भने एक सय ३९ जनामा अन्य क्षयरोग देखिएको उहाँले बताउनुभयो । त्यस्तै, एचआइभी संक्रमित नौ जनामा क्षयरोग देखिएको छ । औषधि प्रतिरोधी क्षयरोगका बिरामी सात जना…

Read More

झापा, १० चैत । नेपाली बजारमा सुनको मूल्य तोलामा यो साता ११ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको शुक्रबारको तुलनामा सुनको मूल्य बढेको जानकारी दिएको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख २५ हजार ४०० रुपैयाँ थियो । तोलामा ११ सय रुपैयाँले बढेसँगै यो साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख २६ हजार ५०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख २५ हजार ९०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । गत साताको शुक्रबार तेजाबी सुनको मूल्य तोलामा १ लाख २४ हजार ८०० रुपैयाँ थियो…

Read More

धरान, १० चैत । सुनसरीको धरान उप–महानगरपालिका–१६ की २१ बर्षीया सुमना श्रेष्ठको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । गत चैत ७ गते धरानको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र डिपोट स्कूल बीच रहेको खोल्सामा पहिचान नखुलेको महिला मृत अवस्थामा रहेको जानकारी पाएसँगै जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय धरान, नेपाल प्रदेश प्रहरी कार्यालय धरानबाट कुकरसहितको प्रहरी टोली र विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट फरेन्सिक डक्टरसहितको टोली घटनास्थलमा खटिगई घटना सम्बन्धमा प्रारम्भिक अनुन्धान थालेको थियो । अनुसन्धानको क्रममा उक्त शव धरान–१६ की २१ वर्षीया सुमना श्रेष्ठको रहेको खुल्न आएको थियो । घटनाको प्रकृति हेर्दा मृतक सुमना श्रेष्ठको हत्या…

Read More

सुनसरी, १० चैत । सुनसरीको भोक्राहानर्सिंङ गाउँपालिका–६ उराव टोलबाट अवैध गाँजासहित भारतीय कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । हिजो बिहान ९ बजे बिशेष सुचनाको आधारमा प्रहरी चौकी चिरौली चोकबाट खटिएको प्रहरी टोलीले B06E3179 नम्बरको भारतीय कार लक गरी राखेको बेबारिसे अवस्थामा फेला पारी उक्त कारको लक खोली चेकजाँच गर्दा कारको डिकी भित्रबाट १ सय ६५ किलोग्राम अवैध गाँजा बरामद गरेसँगै कार नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा अनुसन्धान भइरहेको छ ।

Read More

झापा, १० चैत । झापाको दमक नगरपालिका–२ स्थितमा पैनीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६५ बर्षीय कमल धिमाल रहेका छन् । हिजो दिउँसो ११ बजे धिमालले सोही स्थानमा रहेको पैनीमा भैंसीलाई पानी खुवाउने क्रममा अचानक डुबी घाइते भएका थिए । घाइते उनलाई उपचारको लागि आम्दा अस्पताल दमक लगिएकोमा धिमालको उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भइरहेको छ ।

Read More

झापा, १० चैत । कोशी प्रदेशमा क्षयरोगबाट मृत्यु हुनेको दर गत वर्षको तुलनामा बढेको छ । प्रदेशमा ६ महिनामा क्षयरोगबाट ७९ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय धनकुटा कार्यालयका क्षयरोग फोकल पर्सन तुलसीप्रसाद गुरागाईंले चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्ममा कोशीका १४ जिल्लामा ७९ जनाको क्षयरोगबाट मृत्यु भएको जानकारी दिए । कोशीमा एक हजार एक सय १४ उपचार केन्द्र, एक सय ३२ स्थानमा खकार परीक्षण गर्ने ल्याब, १९ जिन एक्सपर्ट मेसिन, चार क्षयरोग प्रतिरोधी उपचार केन्द्र र एउटा आवासीय गृह रहेको उनले बताए । सरकारले प्रदेशभरिका क्षयरोगका बिरामीलाई प्रादेशिक अस्पताल भद्रपुर, ओखलढुङ्गा सामुदायिक अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान…

Read More

देवेन्द्र किशोर ढुङगानातिमी नारी हौ, तिमी नारी हौ,तिमी नारी हौ, तिमी नारी हौ।सृष्टिको तिमी अनुपम भेट हौस्वयं तिमी ईश्वरको न्यारी हौ । कहिले राधा, कहिले मीराकहिले दिल की रानी हौकहिले कालीको रूप हौकहिले धारिलो हतियार हौ । शक्ति नै नारीको पहिचान होकहिलै कमजोर न मान्नु हैदन्दनी बलेको तिमी अग्नि हौप्रेम की साक्षात तिमी मूर्ति हौ । कहिले आमा , कहिले पत्नीकहिले छोरी कहिले बहिनीप्रेमलाई हरेक रूपमा बाडनुप्रेम की तिमी हौ पुजारिनी । सृष्टि की तिमी सृजन कर्तासमयसंग बहने तिमी सरिताचंद्रमणि दुष्टतामा तिमीहुने नै छ हरपल भारी ।भद्रपुर, झापा

Read More

सन्तोष शर्माभद्रपुुर, ९ चैत । दादुरा–रुबेला खोप अभियान अन्तरगत झापामा लक्ष्यभन्दा बढी बालबालिकाले खोप लगाएका छन् । गत फागुन १७ गतेदेखि चैत ७ गतेसम्म सञ्चालन भएको अभियान अन्तरगत जिल्लामा दुई लाख ५६ हजार तीन सय ९५ जना बालबालिकाले खोप लगाएको स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक प्रकाश पाठकले जानकारी दिनुभयो । जिल्लामा नौ महिनादेखि १५ वर्ष उमेर समूहका दुई लाख ३६ हजार १७ जना बालबालिकालाई खोप लगाउने लक्ष्य रहे पनि सोभन्दा २० हजार तीन सय ७८ जना बालबालिकालाई खोप लगाइएको उहाँले बताउनुभयो । कार्यालयले ९५ प्रतिशत खोप लगाउने लक्ष्य राखे पनि एक सय नौ प्रतिशतलाई खोप लगाएको छ । अभियानका क्रममा…

Read More