
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
बिर्तामोड, २५ पुस । सातौँ राष्ट्रिय भाक्का दिवस यसपटक झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने भएको छ । पुस २९ गते भव्यताका साथ दिवस मनाइने आज रंगशाला परिसरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । राजवंशी समाज विकास समितिको आयोजनामा हुने भक्का दिवसको उक्त कार्यक्रममा झापा, मोरङ लगायतका स्थानबाट करिब ३० जना अतिथिको आगमन हुने समितिका अध्यक्ष अभय राजवंशीले जानकारी दिनुभयो । कोच राजवंशी समुदायको लोकपरिकार तथा सांस्कृतिक उत्सवका रुपमा रहेको राष्ट्रिय भाक्का दिवस कार्यक्रममा प्रमुख अतिथिका रुपमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती सहभागी हुने जनाइएको छ । तराईको जाडोयाममा भाक्का पर्यटनलाई समेत टेवा पुर्याउने र बाह्रै महिना जाडो…
झापा, २५ पुस । झापा जिल्ला सहकारी संघको २७ औं वार्षिक साधारणसभाका सम्पन्न भएको छ । आज बिर्तामोडमा संघको २७ औं साधारण सभा सम्पन्न भएको हो । कार्यक्रममा अग्रज पत्रकार गोविन्दचन्द क्षेत्रीसहित विभिन्न विधामा ११ जनालाई सम्मान तथा पुरस्कृत गरिएको छ । कार्यक्रममा झापाली सहकारी सम्मान पुरस्कारबाट राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेललाई नगद २५ हजार ५५५ रुपैयाँसहित सम्मानपत्रले सम्मान गरिएको छ । पूर्व सञ्चालक सम्मानबाट देबीप्रसाद दाहाल, उत्कृष्ट सञ्चारकर्मीका रुपमा पत्रकार गोबिन्दचन्द क्षेत्री, उत्कृष्ट कृषि सहकारीका रुपमा बुद्धशान्तिको होक्से कृषि सहकारी, उत्कृष्ट बहुउद्देश्यीय सहकारीका रुपमा मेचीनगरको मेची कृषक बहुमुखी सहकारी, उत्कृष्ट बचत तथा ऋण सहकारीका रुपमा मेचीनगरकै पूर्वीद्धार साकोस,…
चन्द्र बस्नेतकनकाई, २५ पुस । लैंगिक हिंसा पीडित महिलालाई झापाको कनकाई नगरपालिकाले अनुदान स्वरुप व्यवसायमा थप अविबृद्धि गर्न अनुदान रकम हस्तान्तरण गरेको छ । लामो समयदेखि परिवारबाटनै हिंसामा परेका नगरभरिमा रहेका महिलाहरूको पहिचान गरि विभिन्न व्यवसाय सञ्चालन गर्दै जिविको पार्जन गर्दै आएका हिंसा पीडित महिलालाई आज नगरपालिकामा एक कार्यक्रमको आयोजना गरी सो रकम हस्तान्तरण गरिएको महिला तथा बालबालिका शाखा कनकाईकी प्रमुख टीका खतिवडाले जानकारी दिनुभयो । कनकाई–९ कि रचना प्रसाईं विगत ९ वर्षदेखि श्रीमानको हिंसा सहन नसकेर सम्बन्धविछेच्द गरी झोला बनाउने काम गर्दै आएको र दुई छोरीलाई शिक्षा सहित पालनपोषण गर्दै व्यवसाय अगाडि बढाउँदै गर्दा नगरबाट प्राप्त यो ३० हजार…
झापा, २५ पुस । काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकिएको छ । न्यायाधीश शिशिरराज ढकालले आज उनीविरुद्ध सजाय निर्धारण गरेका हुन् । त्यसैगरी बलात्कार कसुरमा लामिछानेलाई ३ लाख जरिवानाका साथै पीडितलाई २ लाख क्षतिपूर्ति भराउन पनि अदालतले फैसला गरेको छ । गत पुस १३ गते न्यायाधीश ढकालको इजालासले लामिछानेलाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेको थियो । यता, लामिछाने जिल्ला अदालतको फैसला चित्तबुझ्दो नभएको भन्दै थप कानुनी उपचारका लागि उच्च अदालत जाने भएका छन् । सन्दीपका वकिल सरोज कृष्ण घिमिरेले जिल्लाको फैसला चित्त नबुझेको भन्दै थप कानुनी उपचारका लागि उच्च अदालत जाने बताएका हुन् ।…
विराटनगर, २५ पुस । धनकुटा, मोरङ र उदयपुर जिल्लाको छुट्टा छुट्टै स्थानबाट लागुऔषध गाँजा र ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका ५ बजे धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटार चौक स्थित ईलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले धनकुटाबाट धरानतर्फ जादै गरेको को ३० प ४५१५ नम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्ने क्रममा चालक धनकुटा( १ हिलेका २२ बर्षीय तिलक राना मगरको साथबाट लागुऔषध गाँजा १ के।जि। फेला पारेसगै निजलाई पक्राउ गरेको हो । त्यसैगरी उदयपुरको त्रियुगा नगरपालिका( ३ मा लागुऔषध बिक्री बितरण भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुर र अस्थाई प्रहरी पोष्ट…
झापा, २५ पुस । फरार प्रतिवादीहरु पक्राउ अभियान अन्तर्गत झापा, मोरङ, खोटाङ र सोलुखुम्बु जिल्लाबाट विभिन्न मुद्धाका १० जना फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालतहरुबाट कैद तथा जरिवाना सजाय तोकी फरार रहेका सम्बन्ध बिच्छेद मुद्धामा ३ जना, गालि बेज्जति मुद्धाका १ जना, वन मुद्धामा २ जना, बहु बिवाह मुद्दामा १ जना, चोरी मुद्दामा १ जना र चलन हटक मुद्धाका २ जना फरार प्रतिबादिहरुलाई गाँउघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई तोकिएको जरिवाना भुक्तानको लागि सम्बन्धित जिल्ला अदालतमा उपस्थित गराईएको छ ।
कनकाई, ७ पुस । झापाको कनकाई नगरपालिकामा सामुदायिक कुकुर बन्ध्याकरण शिविर आजदेखि शुरु भएको छ । विगतझैं नगरपालिकाले आजदेखि तीन दिने शिविर शुरु गरेको हो । शिविरमा नगरभित्रका सामुदायिक कुकुर समातेर ल्याउने र बन्ध्याकरणसँगै रेबिजविरुद्धको खोप र आवश्यकता अनुसार अन्य औषधोउपचार गरेर छोडिने पशुपंछि तथा मत्स्य विकास शाखा प्रमुख तेजबहादुर पौडेलले जानकारी दिनुभयो । नेपाल एग्री लाइभस्टक ट्रेनिङ एन्ड रिसर्च सेन्टर इटहरी, सुनसरीको प्राविधिक सहयोगमा आयोजना गरिएको शिविरमा यो पटक दुई सय वटा भन्दा बढी कुकुरको बन्ध्याकरण गरिने कनकाईका भेट्नरी अधिकृत कुलबहादुर गुरुङले बताउनुभयो । शिविर उद्घाटन गर्दै कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले कनकाईमा हरेक वर्ष शिविर सञ्चालन गर्दै आए…
झापा, ७ पुस । कोशीका मुख्यमन्त्री केदार कार्कीले राष्ट्रपति रामचन्द्र पौडेललाई प्रदेश सरकारलाई काम गर्न दिन संविधानको कार्यान्वयनका लागि चासो राखी दिन आग्रह गरेका छन् । नेपाल उद्योग परीसंघ कोशीले शनिबार आयोजना गरेको स्वतन्त्रता सेनानी, उद्योगी व्यवसायीलाई सम्मान तथा राष्ट्रपति पौडेललाई अभिनन्दन कार्यक्रममा मुख्यमन्त्री कार्कीले केन्द्र सरकारले प्रदेश सरकारलाई अधिकार नदिए संसद र सरकारबाट अधिकार प्राप्तिका लागि समन्वय र संघर्ष गर्ने बताएका हुन् । उनले उद्योगी व्यवसायीलाई छुट्टै रूपमा हेर्ने प्रवृतिमा परिवर्तन ल्याए मात्रै उद्योगी व्यवसायीको संरक्षण, अर्थतन्त्रमा योगदान र देश समृद्ध हुने बताएका छन् । उनले उद्योगी व्वसायी छुट्टै नभई राज्यको नै अंग भएको स्विकारेर त्यही अनुसार राज्यले व्यवहार…
शिवसताक्षी, ७ पुस । झापाको पर्यटकीय क्षेत्र दोमुखामा पर्ने नुनमाटी खोलामा ट्रष्ट ब्रिज निर्माण भएको छ । दोमुखामा आउने पर्यटकहरुको सहजताका लागि निर्माण गरिएको ट्रष्ट ब्रिज शुक्रबारदेखि सञ्चालनमा आएको हो । शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा र उपप्रमुख नरमाया कार्कीले संयुक्त रुपमा उक्त ब्रिजको उद्घाटन गरेका थिए । वर्षातका समयमा नुनमाटी खोलाबाट आवत–जावत गर्न कठिनाई भएकाले ट्रष्ट ब्रिज निर्माण गरिएको नगरप्रमुख थोप्राले बताए । यसले पर्यटकीय क्षेत्र दोमुखमा आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्यामा बृद्धि हुने अपेक्षा गरिएको छ । उनले भने, ‘अब यस क्षेत्रमा घुम्न आउनका लागि सडक लगायत आवश्यक पूर्वाधारहरु तयार भएका छन् ।’ ट्रष्ट ब्रिज संघीय सरकार, शिवसताक्षी…
भद्रपुर, ७ पुस । झापाको भद्रपुरमा आज आगलागी हुँदा १४ लाखको क्षति भएको छ । भद्रपुर नगरपालिका–८ स्थित मेची क्याम्पस छेउ निवासी चुडाममणि उप्रेतीको घरको माथिल्लो तलामा पानीको ट्याङ्की राख्नलाई फलामको रड वेल्डीङ गर्ने क्रममा आगोको झिल्को एसवाई प्यानलको फर्ममा सल्केर आगलागी हुँदा उक्त क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आगलागीबाट निर्माणाधीन एसवाई प्यानलबाट बनेको २ वटा कोठा र टिनको छानो जल्दा १४ लाख बराबरको क्षति भएको हो । आगो भद्रपुर नगरपालिकाको दमकल, वडा प्रहरी कार्यालय भद्रपुर बाट खटिएको प्रहरी टोली र स्थानीयबासीको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा लिइएको जनाइएको छ ।