
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, २ फागुन । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशभर आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो तराई भू–भागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सुरकुहिरो रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भू–भागमा साधरणतया बादल लाग्नेछ र बाँकी पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ । तराई भू–भागमा मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति तराई भू–भागका थोरै स्थानहरूमा तुँवालो रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशको…
झापा, १ फागुन । मोरङ र सुनसरीको विभिन्न स्थानहरुबाट प्रतिबन्धित औषधि र लागुऔषध ब्राउनसुगरसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ २९ गते विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेली मोरङबाट खटिएको प्रहरी टोलीले रंगेली नगरपालिका–४ चोप्राहाका २६ वर्षीय विपिनकुमार मण्डललाई ६ ग्राम ४ सय ३० मिलिग्राम लागुऔषध ब्राउनसुगरसहित रंगेली–७ स्थितबाट पक्राउ गरेको छ । त्यसैगरी, इलाका प्रहरी कार्यालय तरहरा सुनसरीले इटहरी–२० स्थितबाट सोही स्थानका इमन याख्खा, सुजन राई र निमा घलेलाई प्रतिबन्धित औषधि ८० चक्कीसहित, अस्थायी प्रहरी पोष्ट बस पार्क इनरुवाले इटहरी–१८ का २४ वर्षीय परमेश्वर चौधरीलाई १ ग्राम ३० मिलिग्राम ब्राउनसुगरसहित र सुनसरीको अस्थायी प्रहरी चौकी जनताबस्तीले…
बिर्तामोड, १ फागुन । वीरत जेसीजले बिर्तामोड–४ स्थित परोपकार वृद्ध आश्रममा जेष्ठ नागरिकहरूलाई भोजन ग्रहण गराएको छ । वीरता जेसीज वर्ष–२६ का अध्यक्षता जेसी लोकचन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष सिनेटर घनश्याम चौधरी रहनुभएको थियो । प्रमुख अतिथि चौधरीले जेष्ठ नागरिकहरू समाजका अमूल्य सम्पत्ति भएको उल्लेख गर्दै उनीहरूको सम्मान, सेवा र संरक्षण सबैको साझा दायित्व भएको धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा अध्यक्ष जेसी लोक चन्द्र श्रेष्ठले जेसीजले सधैं सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राख्दै यस्ता मानवीय कार्यक्रमहरूलाई निरन्तरता दिँदै आएको र आगामी दिनहरूमा पनि जेष्ठ नागरिक लक्षित कार्यक्रमहरू थप प्रभावकारी रूपमा अघि बढाइने बताउनुभयो। कार्यक्रमको संयोजन…
बिर्तामोड, १ फागुन । एक्स्ट्रिम सातौँ झापा गोल्डकपमा आज आयोजकको टिम झापा ११ फुटबल क्लबले पहिलो सेमिफाइनल खेल विभागीय टोली एपिएफ फुटबल क्लबविरुद्ध खेल्दैछ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज दिउँसो ३ बजे बिर्तामोडकै क्लब झापा ११ ले जारी राष्ट्रिय लिगमा तेस्रो स्थानमा रहेको ए डिभिजन क्लब एपिएफसँग फाइनल प्रवेशका लागि खेल्दैछ । आजको खेल जित्नेले कम्तिमा सात लाख ५० हजार रुपैयाँ सुरक्षित गर्नेछ । एपिएफ अनुभवी प्रशिक्षक राजेन्द्र तामाङको प्रशिक्षण तथा हरि कार्कीको कप्तानीमा प्रदिप लामा, युवराज खड्का, बुद्धिमान राई, मणिकुमार लामासहित आज झापा ११ विरुद्ध उत्रिदैछ । कप्तान कार्की जारी प्रतियोगितामा ह्याट्रिक गर्ने एक्ला खेलाडी हुन् । झापा…
भद्रपुर, १ फागुन । भद्रपुर झापा गोल्डकपको दोस्रो वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकालको अध्यक्षता एवम् भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको हो । साधारण सभालाई सम्बोधन गर्नुहुँदै नगरप्रमुख पोखरेलले भद्रपुरमा ऐतिहासिक रुपमा गोल्डकपलाई स्थापित गर्न सफल भएको बताउनुभयो । सबैको साथ र सहयोगले रङ्गशालाले पुनर्जीवन पाएको बताउनु हुँदै उहाँले नगरबाट निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । रङ्गशालाको स्तरोन्नतिका लागि बजेट सुनिश्चित गर्न मन्त्रालयमा निरन्तर पहल भइरहेको उहाँले बताउनुभयो । कार्यक्रममा झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेसराज भण्डारी ९प्रशान्त० ले गौचरणमा परिणत भएको रङ्गशाला…
भद्रपुर, १ फागुन । झापाको भद्रपुरमा पहिलोपटक आयोजित कोशी–पाथीभरा इण्डो–नेपाल टी–२० च्याम्पियनसीपको उपाधि आयोजक भद्रपुर क्रिकेट क्लवले जितेको छ । बिहीबार सम्पन्न फाइनल खेलमा भारतको राइनोल्याण्ड क्रिकेट क्लव आसामलाई ४ विकेटले पराजित गर्दै भद्रपुरले उपाधि जितेको हो । उपाधिसँगै भद्रपुरले नगद ५ लाख पुरस्कार प्राप्त गरेको छ भने उपविजेता आसामले नगद ३ लाख प्राप्त गरेको छ । भद्रपुर–८ स्थित मेची बहुमुखी क्याम्पसको क्रिकेट मैदानमा उल्लेख्य दर्शकका माझ दुबै टिमले उत्कृष्ट खेल प्रदर्शन गरे पनि अन्ततः भद्रपुरले बाजी मार्यो । टस जितेर भद्रपुरले पहिलो फिल्डिङ रोजेपछि ब्याटिङका लागि मैदानमा उत्रिएको आसामको सुरुआत राम्रो हुन सकेन । दोस्रो ओभरमा टिमको स्कोर ५…
झापा, १ फागुन । झापाको कचनकवल गाउँपालिका–७ मा बिहीबार जङ्गली हात्ती मृत फेला परेको प्रहरीले जनाएको छ । स्थानीय दीपज्योति सामुदायिक वनभित्र भाले हात्ती मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए । डिभिजन वन कार्यालय चन्द्रगढीबाट गएको टोलीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी हात्तीको सदगत गरेको प्रवक्ता खड्काले जानकारी दिए ।
झापा, १ फागुन । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ भने कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहेको छ । आज दिउँसो तराई भू–भागका केही स्थानमा मध्याह्नसम्म हुस्सु रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बादल र बाँकी भागमा आंशिक बादल लाग्नेछ । त्यसैगरी, आज राति तराईका केही स्थानमा तुँवालो रहनेछ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भागमा बादल लाग्नेछ र बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी र…
सन्तोष शर्माझापा, २९ माघ । झापामा पछिल्लो अढाइ वर्षको अवधिमा पाँच हजार भन्दा बढी प्राणघातक रोग क्यान्सरका नयाँ रोगी थपिएका छन् । आर्थिक वर्ष २०८०/८१ देखि चालु आर्थिक वर्ष २०८२/८३ को पुष मसान्तसम्म (३० महिना) को अवधिमा १८ भन्दा बढी प्रकारका पाँच हजार दुई सय २८ जना नयाँ क्यान्सर रोगी फेला परेको स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले जानकारी दिनुभयो । सो अवधिमा स्तन क्यान्सर आठ सय ७१, पाठेघरको क्यान्सर एक सय ९२, फोक्सो÷श्वासनलीको क्यान्सर चार सय ४४, अन्ननलीको क्यान्सर एक सय ५२, पेटको क्यान्सर एक सय चार जनामा देखिएको स्वास्थ्य कार्यालय झापाको तथ्यांक छ । त्यस्तै, थाइरोइड क्यान्सर…
बिर्तामोड, २९ माघ । एक्स्ट्रिम सातौँ झापा गोल्डकपमा आज मछिन्द्र फुटबल क्लबले अन्तिम क्वार्टर फाइनल खेलमा मलेसियाको एन पेनाङ फुटबल क्लबविरुद्ध प्रतिस्पर्धा गर्दैछ । डोमालाल राजवंशी रंगशालामा आज दिउँसो ३ बजे नेपाली नागरिकहरुले मलेसियामा सञ्चालन गरेको क्लबले उत्कृष्ट लयमा रहेको ए डिभिजन क्लब मछिन्द्रसँग सेमिफाइनल प्रवेशका लागि खेल्दैछ । जारी राष्ट्रिय लिगमा ६ खेलमा १६ अंकका साथ शीर्ष स्थानमा रहेको मछिन्द्र झापाली प्रशिक्षक प्रवेश कटवालको प्रशिक्षण तथा सुजल श्रेष्ठको कप्तानीमा झापाली खेलाडीहरु देवेन्द्र तामाङ, पेमा तामाङ, प्रदिप बुढाथोकीसहित आज एन पेनाङविरुद्ध उत्रिदैछन् । एन पेनाङबाट नेपाली यु २३ का सदस्य लहान सुब्बा पतङवासहित, मदन स्याङतेन, योगेश लिम्बू टिममा छन् ।…