
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, ३० फागुन । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४८ रुपैयाँ २४ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ २८ पैसा र बिक्रीदर १६९ रुपैयाँ ९७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपैयाँ ७५ पैसा र बिक्रीदर १९६ रुपैयाँ ५४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपैयाँ ४८ पैसा र बिक्रीदर १८८ रुपैयाँ २४ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ९८ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४० पैसा, क्यानेडियन डलर…
झापा, ३० फागुन । प्रहरीले विद्युतीय कारोबार ऐनअन्तर्गत कसुर मुद्दाका एक फरार अभियुक्तलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा झापा गौरादह नगरपालिका–५ घर भई हाल काठमाडौँ महानगरपालिका–४ सुकेधारा बस्ने ४३ वर्षीय रविरत्न चुडाल रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “साङ्केतिक नाम ०८२ धरान ३८ को जाहेरीले वादी नेपाल सरकार प्रतिवादी रविरत्न चुडाल भएको विद्युतीय कारोबार ऐनअन्तर्गत कसुर मुद्दामा फरार रहेका निजलाई काठमाडौँ–४ सुकेधाराबाट पक्राउ गरिएको हो ।” निजलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय धरान, सुनसरी पठाइएको प्रहरी उपरीक्षक भट्टले बताउनुभयो । त्यसैगरी, निज विरुद्ध…
झापा, ३० फागुन । हाल नेपालमा पश्चिमी वायु र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले बागमती र गण्डकी प्रदेश लगायत कोशी प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको छ बाँकी प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ। आज दिउँसो कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभागलगायत बाँकी प्रदेशको हिमाली भूभागका थोरै स्थानहरूमा तथा कोशी प्रदेशको तराई लगायत कर्णाली र सुदूरपश्चिम…
झापा, २९ फागुन । कम्बोडियामा अवैध रूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ केन्द्र तथा क्यासिनोमा अलपत्र परेका २१ जना नेपालीलाई उद्धार गरी आज नेपाल फर्काइएको छ। उनीहरूलाई थाइल्याण्डस्थित नेपाली दूतावासको पहल, कम्बोडिया सरकारको सहयोग तथा गैरआवासीय नेपाली सङ्घ कम्बोडियाको सहजीकरणमा स्वदेश ल्याइएको हो। दूतावासले अन्य अलपत्र नेपालीलाई पनि उद्धार गर्ने पहल भइरहेको जनाएको छ। साथै, प्रलोभनमा परी भ्रमण भिसामा वैदेशिक रोजगारीमा नजान र नेपाल सरकारले तोकेको श्रम स्वीकृतिबाट मात्र विदेश जान आग्रह गरेको छ।
झापा, २९ फागुन । हिजो राति आएको वर्षासहितको हावाहुरीका कारण झापामा तीनजनाको मृत्यु भएको छ भने करोडौँ रुपैयाँ बराबरको क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार वर्षासहित आएको हावाहुरीले रुख ढाल्दा रुखले किचेर झापाको हल्दिबारीमा एक युवतीको मृत्यु भएको छ । गएराति ९ बजे वर्षासहित आएको हावाहुरीले गर्दा रुख ढलेर हल्दिबारी २ पाराखोपी बस्ने प्रेमलाल राजवंशीकी छोरी १७ वर्षीया आरती राजवंशीको मृत्यु भएको हो । घरमा सुतिरहेको अवस्थामा घरनजिक रहेको आँपको रूख ढलेर किच्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै, हावाहुरीसँगै भएको वर्षाबाट खेतमा जमेको पानीमा डुबेर एकजनाको मृत्यु भएको छ । गएराति हल्दिबारी –२…
झापा, २९ फागुन । राष्ट्रिय अग्रगामी गठबन्धनले नेपाली जनताले स्थिर सरकारको लागि दिएको जनमतलाई सम्मान गर्दै सम्पूर्ण मतदाताहरुलाई धन्यवाद ज्ञापन गरेको छ। गठबन्धनले जारी गरेको विज्ञप्तिमा जनताले लामो संघर्ष र बलिदानीबाट प्राप्त गरेका राजनीतिक अधिकारहरूलाई कटौती गर्ने प्रतिगामी प्रयास भए सडकबाटै सशक्त प्रतिरोध गर्ने जनाएको छ । गठबन्धनले रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारलाई सडकबाटै खबरदारी गर्ने जनाएको छ । विज्ञप्तिमा भनिएको छ, “नेपालको भूराजनीतिसँग जोडिएर कुनै शक्ति राष्ट्रले आफ्नो स्वार्थ सिद्ध गर्न हाम्रो सार्वभौमिकता, स्वाधिनता र स्वाभिमानमा आँच आउने दलाली यो सरकारले गरे हामी घोर भण्डाफोर गर्नेछौं ।” पहिचानवादी दलहरूले विगतमा एकजुट नहुँदा जनताबाट चुनावमा सजाय पाएको…
झापा, २९ फागुन । नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ । निगमले बिहीबार विज्ञप्ति जारी गरी हालको परिस्थितिलाई दृष्टिगत गरी एलपी ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित बनाइ आम उपभोक्ताको माग बमोजिम ग्यास उपलब्ध हुने अवस्थाको सहजीकरणका लागि निगमले शुक्रबारदेखि लागू हुने गरी अर्को निर्णय नभएसम्म ग्यास सिलिण्डरमा ७।१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा मूल्य रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय भएको जनाएको छ । आम उपभोक्ता वर्गले सोहीअनुसार एलपी ग्यास खरिद गर्न निगमले अनुरोध गरेको छ । निगमले निगमले नियमित रुपमा…
झापा, २९ फागुन । झापाको हल्दिबारी गाउँपालिका–२ पाराखोपीमा हावाहुरीसहितको वर्षाले ढलेको आँपको रूखले किच्दा एक किशोरीको मृत्यु भएको छ । प्रेमलाल राजवंशीकी १७ वर्षीया छोरी आरती राजवंशी गएराति करिब ९ बजे आफ्नै घरमा सुतेको अवस्थामा रूखले किच्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। घटनाबारे जानकारी पाएलगत्तै प्रहरी चौकी हल्दिबारीबाट टोली खटिएको थियो ।
झापा, २९ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ । पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज भक्तपुरस्थित नेपाल–कोरियामैत्री अस्पतालमा निधन भएको हो । दिवङ्गत ओलीका दुई छोरा र तीन छोरी हुनुहुन्छ । उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने अध्यक्ष ओलीको निजी सचिवालयले जनाएको छ ।
झापा, २९ फागुन । हाल मुलुकमा पश्चिमी न्यूनचापीय प्रणाली, उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली तथा पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव परेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत पहाडी र हिमाली भागमा सामान्यतया बादल लाग्ने छ भने बाँकी भागमा आंशिक बदली हुनेछ । कोशी प्रदेशसहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भेगका साथै मधेश, बागमती र गण्डकी प्रदेशका तराईका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना छ । त्यसैगरी, आज राति…