
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
इलाम, ६ फागुन । अवरुद्ध बनेको मेची राजमार्गको कोल्बुङ सडक खण्ड सञ्चालनमा आएको छ । पहिरो खसेर मङ्गलवार बेलुकादेखि अवरुद्ध बनेको सडकमा यातायात सुचारु भएको हो । मेची राजमार्ग चौडा बनाउने क्रममा खनिएको स्थानमा माथिबाट ढुङ्गासहितको सुख्खा पहिरो खसेर हिजो राति ९ बजेदेखि राजमार्ग अवरुद्ध भएको थियो । आज बिहान पहिरो पन्छाइएपछि एकतर्फी रूपमा राजमार्ग खुलाइएको सडक डिभिजन कार्यालय इलामले जनाएको छ । सडक अवरुद्ध हुँदा सयौँ यात्रु अलपत्र भएका थिए । यातायात सुचारु भएपछि हिजोदेखि राजमार्गमा रोकिएर सवारी सञ्चालनमा आएका हुन । पूर्ण रूपमा सवारी सञ्चालनमा आउन अझै केही समय लाग्ने जनाइएको छ । मेची राजमार्ग अन्तर्गत इलाम र…
झापा, ६ फागुन । कानूनी ज्ञान केन्द्र झापाले आज भद्रपुरमा नवोदित कानून व्यवसायीका लागि आयोजना गरेको एक दिवसीय तालिम सम्पन्न भएको छ । तालिममा झापा जिल्ला अदालतका मुख्य न्यायधीश उमेशप्रसाद लुईटेल र अर्का जिल्ला न्यायधीश पारसमणि पोखरेल सहजकर्ताको भूमिका निर्वाह गरेका थिए । न्यायधीश लुईटेलले ‘बाल ईजलास र बालमैत्री न्याय’ विषयमा र न्यायधीश पोखरेलले ‘फौजदारी न्याय र सजाय निर्धारण’ विषयमा तालिम दिएका थिए । झापा जिल्ला अदालतमा अभ्यास गरिरहेका नवोदित कानून व्यवसायीले तालिम उपलब्धिमूलक भएको प्रतिक्रिया दिए । तालिमका सहभागी अधिवक्ता हेमनारायण राजवंशी, अधिवक्ता निशा तामाङ र अधिवक्ता राधा रिमालले तालिम उपलब्धिमूलक भएकाले आयोजकलाई धन्यवाद दिए । कानूनी ज्ञान केन्द्रका…
दमक, ६ फागुन । झापाको दमक–३ कोपिला टोलस्थित भित्री सडक खण्डमा सिटी सफारी आफैँ अनियन्त्री भएर दुर्घना हुँदा सिटीमा सवार चार जना घाइते भएका छन् । कोपिला टोलबाट ताराबारीतर्फ जाँदै गरेको प्र. १–०१–००२ ह ७८२१ नम्बरको सिटी सफारी मंगलबार साँझ ७ः४५ बजे दुर्घना भएको थियो । दुर्घटनामा सिटीमा सिटी चालक दमक–३ का ५५ वर्षीय शान्तबहादुर पौडेल, सिटीमा सवार सोही स्थानकी ३२ वर्षीया अनिता भण्डारी, ३३ वर्षीया कविता भण्डारी उनकै छोरा १७ महिनाको अवियान भण्डारीलाई (केही नभएको) र १९ बर्षीया अस्मिता लुइँटेलले सामान्य घाइते भएका थिए । घाइतेहरुलाई दमक अस्पताल दमकमा उपचारका लागि लगेको र सामान्य उपचारपछि डिस्चार्ज भइसकेको प्रहरीले जनाएको…
झापा, ६ फागुन । झापाको मेचीनगर नगरपालिका–२ भृकुटी चौकस्थित दिपक बरालको खाली जग्गामा करिब ३ महिने नवजात शिशु मृत अवस्थामा फेला परेको छ । कानुनी प्रक्रिया र मुचुल्का कार्य गरी शिशुको शव भद्रपुरस्थित प्रादेशिक अस्पतालमा पोष्टमार्टमका लागि पठाइएको छ । प्रहरीका अनुसार घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको छ ।
झापा, ६ फागुन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३८ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ४८ पैसा र बिक्रीदर १७२ रुपैयाँ १९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १९७ रुपैयाँ ५४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ १८ पैसा र बिक्रीदर १८८ रुपैयाँ ९६ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ३४ पैसा र बिक्रीदर १०२ रुपैयाँ ७६ पैसा, क्यानेडियन…
झापा, ६ फागुन । सार्वजनिक बिदाका दिन समेत राहदानी विभागले आफ्नो सेवा जारी राख्ने भएको छ । विभागले सार्वजनिक सूचनामार्फत आज र भोलि सार्वजनिक बिदा भएपनि राहदानी वितरणलगायतका कामका लागि विभाग खुला रहने जनाएको छ । सरकारले आज ग्याल्पो ल्होछार र भोलि बिहीबार प्रजातन्त्र दिवसको उपलक्ष्यमा सार्वजनिक बिदा दिएको छ । दुवै दिन विहान १० बजेदेखि दिउँसो १ बजेसम्म विभाग खुला रहनेछ । विभागले आज राहदानी वितरण सेवा प्रदान गर्ने जनाएको छ । यस्तै बिहीबार भने राहदानीका लागि आवेदन फारम सङ्कलन हुने जनाएको छ । अत्यावश्यक सेवा भएकाले सार्वजनिक बिदाको दिन पनि कार्यालय खुला रहने विभागले स्पष्ट पारेको छ ।
इलाम, ६ फागुन । गएराति करिब ९ बजे सुख्खा पहिरो जाँदा मेची राजमार्ग अन्तर्गत रोङ गाउँपालिका–कोल्बुङ क्षेत्रमा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । पहिरोका कारण झापाबाट इलाम सदरमुकाम हुँदै पाँचथर र ताप्लेजुङतर्फ जाँदै गरेका यात्रुबाहक तथा मालवाहक सवारीसाधन अलपत्र परेका छन् । सडक अवरुद्ध भएपछि सवारीसाधनहरू झापा–इलामको सिमाना जोरकलसमा रोकिएका छन् । सडक डिभिजन कार्यालय इलामका अनुसार पहिरो हटाउने काम बिहानैदेखि सुरु गरिएको छ । कार्यालय प्रमुख पवन भट्टराईका अनुसार भिरालो भू–भाग र ढुंगा झर्ने जोखिमका कारण सडक पूर्ण रूपमा खुलाउन केही समय लाग्न सक्ने छ ।
झापा, ६ फागुन । शेर्पा समुदायले आज विभिन्न कार्यक्रम गरी ग्याल्पो ल्होसार पर्व मनाउँदै छन् । ल्हो अर्थात् वर्ष अनि छार अर्थात नयाँ भनिन्छन् । शेर्पा समुदायले यसलाई नयाँ वर्षका रुपमा मनाउँछन् । पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार गुथुक र खाप्से खाने तथा आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा रहेको छ । पारिवारिक एवं सामाजिक मेलमिलाप अभिवृद्धि गर्ने अवसरका रूपमा यस पर्वलाई लिइन्छ । नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायलगायत महायान बौद्ध परम्परामा चन्द्रमास गणना गरी फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन नयाँ…
झापा, ६ फागुन । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेका कारण मुलुकका विभिन्न भागमा आंशिकदेखि सामान्य बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका केही स्थानमा तुवाँलो लागेको छ भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदली भई बाँकी भागमा मुख्यतया मौसम सफा रहेको छ । महाशाखाका अनुसार आज दिउँसो तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भागमा सामान्यतया बदली हुनेछ भने लुम्बिनीसहित सुदूरपश्चिम प्रदेशका तराई तथा बाँकी पहाडी र हिमाली भागमा आंशिक बदली हुनेछ । देशका अन्य भागमा…
झापा, ५ फागुन । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक ९० हजार मतपेटिकाको व्यवस्था भइसकेको निर्वाचन आयोगले जनाएको छ । काठमाडौँ र ललितपुरका मतदान केन्द्रका लागि आवश्यक मतपेटिका आयोगको केन्द्रीय कार्यालयमै राखिएको छ । दुवै जिल्लाका निर्वाचन कार्यालयमा राख्ने ठाउँ नभएकाले केन्द्रीय कार्यालयमै राखिएको थियो । चितवनमा भने भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा मतपेटिका जलाइएकाले आयोगको केन्द्रीय कार्यालयबाट दुई हजार ५०० थान मतपेटिका पठाइएको प्रशासन शाखा प्रमुख एवं सहायक प्रवक्ता प्रकाश न्यौपानेले जानकारी दिनुभयो । भक्तपुरमा जिल्ला निर्वाचन कार्यालयले मतपेटिका राखेकाले त्यसैबाट मतदान केन्द्रसम्म पठाउने व्यवस्था गरिएको छ । अन्य ७४ जिल्लामा पनि २०७९ सालमै…