
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, ४ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले देश बनाउने व्यक्तिलाई मतदान गर्न आग्रह गरेका छन् । आजदेखि सुरु भएको घरदैलो अभियानअन्तर्गत झापा क्षेत्र नं ३ स्थित हल्दिबारीमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश बनाउने र बचाउने व्यक्तिलाई मतदान गर्न आग्रह गरेका हुन् । “देश अहिले सङ्कटमा छ, देश रहन्छ कि रहँदैन”, अध्यक्ष लिङ्देनले भने, “देश बचाउने हो भने सामाजिक सञ्जालबाट प्रभावित भएर भोट दिने होइन विवेक प्रयोग गरेर देश बनाउनेलाई दिनुहोस् ।” उनले यस क्षेत्रमा उल्लेखनीय विकास भए पनि अझै धेरै काम गर्न बाँकी रहेको र भविष्यमा त्यो पूरा गर्ने मतदातालाई आश्वासन दिए । सो…
बिर्तामोड, ४ फागुन । मच्छिन्द्र फुटबल क्लब काठमाडौँले सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै एक्स्ट्रिम सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करणको उपाधि हात पारेको छ । अधिकांश झापाली खेलाडी सहभागी मछिन्द्रले पहिलोपटक झापा गोल्डकपको उपाधि उचालेको हो । उपाधिसँगै मछिन्द्रले नगद १५ लाख रुपैयाँ र ट्रफी प्राप्त गरेको छ । एपिएफले भने ७ लाख ५० हजार रुपैयाँमा चित्त बुझायो । यो वर्षको नेपालकै सबैभन्दा बढी पुरस्कार राशि भएको प्रतियोगिता झापा गोल्डकप हो । खेलको प्लेयर अफ द म्याच विजेता टिम मछिन्द्रका प्रदिप बुढाथोकी घोषित भए । उनले नगद २५ हजार रुपैयाँ पुरस्कार पाए ।प्रतियोगिताको सर्वोत्कृष्ट…
झापा, ४ फागुन । झापा ५ मा उम्मेदवार बनेका एमाले अध्यक्ष केपी ओलीलाई जिताउन चक्रे मिलन (मिलन गुरुङ) झापा आइपुगेका छन् । गोर्खा २ मा उम्मेदवार बनेका गुरुङ आज दिउँसो ३ः६ बजे बुद्ध एयरद्वारा चन्द्रगढी विमानस्थल अवतरण गरी दमकतर्फ जान लागेका छन् । उनलाई लिन अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेवसिंह गोम्देन विमानस्थल गएका थिए । नगर प्रमुख गोम्देन र गुरुङ साथी भएको बताइएको छ । अर्जुनधारा नगरपालिकामा उम्मेदवार गुरुङलाई उपप्रमुख खड्गमाया पराजुलीलगायतका जनप्रतिनिधि र कर्मचारीहरूले स्वागत गरेका छन् । गुरुङले अर्जुनधारा नगरपालिकामा रहेको २ नं निर्वाचन क्षेत्रको निर्वाचन कार्यालय अवलोकन गरेका छन् । नगरपालिकामा खाना खाएपछि गुरुङसहितको टोली दमकतर्फ जाने…
झापा, ४ फागुन । पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको छ । नेपाल आयल निगमले आजदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको मूल्य समायोजन गरेको हो । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर रु एक, डिजल र मट्टीतेलमा प्रतिलिटर रु तीनले मूल्य बढेको छ । नयाँ मूल्यअनुसार, काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर रु १५६ कायम भएको छ । त्यसैगरी सुर्खेत र दाङमा भने प्रतिलिटर रु १५५ तय गरिएको छ । चारआली, विराटनगर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ ५० पैसा कायम भएको छ । यसैगरी, मट्टीतेलको मूल्य प्रतिलिटर रु १४२ कायम भएको निगमले जनाएको छ…
झापा, ४ फागुन । आज स्थानीय बजारमा सुनचाँदीको मूल्यमा केही कमी आएको छ । सुन तीन हजारले र चाँदी १२५ ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख दुई हजार ८०० तथा एक तोला चाँदीको मोल चार हजार ८६० निर्धारण भएको छ । साताको पहिलो दिन हिजो आइतबार बजार खुल्दा प्रतितोला छापावाल सुन तीन लाख पाँच हजार ८०० र त्यति नै चाँदी चार हजार ८६० मा खरिद–बिक्री भएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २५ अमेरिकी डलर तथा त्यति नै परिमाणको चाँदी ७७ अमेरिकी…
झापा, ४ फागुन । झापाको गौरादह नगरपालिका–४ मजुवास्थित भित्री सडक खण्डमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार ५० वर्षीय भीमबहादुर दर्जी मकैबारीको पानीमा घोप्टो परेको अवस्थामा आज बिहान फेला परेका हुन् । घटनास्थल नजिकै प्रदेश नं. १–०१–०१६ प. ८९२४ नम्बरको मोटरसाइकल समेत क्षतिग्रस्त अवस्थामा भेटिएको छ । स्थानीयले बिहान करिब ७ बजे प्रहरीलाई खबर गरेपछि अनुसन्धान सुरु गरिएको थियो । प्रारम्भिक अनुसन्धानमा मृतक दर्जी आइतबार राति साथीको घर मजुवाबाट दुर्गाचोकतर्फ मोटरसाइकलमा आउँदै गरेको बुझिएको छ । घटनास्थलको प्रकृति र मोटरसाइकलको अवस्था हेर्दा सवारी दुर्घटनाका कारण मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । मोटरसाइकल नियन्त्रणमा लिएर घटनास्थल…
झापा, ४ फागुन । झापाको बिर्तामोडस्थित इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएको पेस्तोल, गोली र म्याग्जिन प्रहरीले बरामद गरेको छ । कनकाई नगरपालिका–८ मिश्रा टोलका तुलबहादुर थापा मगरको घर नजिकै रहेको कुखराको खोरबाट आइतबार दिउँसो प्रहरीले सीएफ ९८९ एमएम पेस्तोल एक थान, त्यसमा लाग्ने गोली ४० राउण्ड, उक्त पेस्तोलको म्याग्जिन एक थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिनुभयो । ‘तुलबहादुरको घरमा लागुऔषध र अवैध हातहतियार लुकाई छिपाई राखेको छ’ भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीको संयुक्त टोलीले खानतलासी गर्दा उनका छोरा २२ वर्षीय सौगात…
राजेश ढुंगानानेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन–२०८२ नेपाली कांग्रेसको आन्तरिक जीवनमा मात्र होइन, मुलुकको सिङ्गै प्रजातान्त्रिक आन्दोलनमा एउटा महŒवपूर्ण घटना बनेको छ । जनछवि पूर्णतः गुमाइसकेको कांग्रेस यथास्थितिमा रहनु भनेको कांग्रेस समाप्तिको अनिवार्य स्थिति त थियो नै, मुलुकको प्रजातान्त्रिक आन्दोलनमै एउटा अपुरणीय क्षति पनि भएको थियो । नेतृत्वको, विशेषतः गिरिजाप्रसाद कोइरालाद्वारा थालिएको बेथितिलाई शेरबहादुर देउवाले जसरी चरमचुलीमा पु¥याए, त्यसले कांग्रेसको आन्तरिक जीवन भ्रष्ट मात्र भएन; शासन शैली पनि भ्रष्टाचारमय भएर कुशासनको ठूलो दबदबामा प¥यो । मुलुकमा प्रजातन्त्र स्थापनार्थ ७० वर्ष लडाइँ गरेको दल र उसको शासनकाल जनउत्तरदायी हुनुको सट्टा अनियमितताको चरम पर्याय नै भयो । यसले गर्दा कांग्रेसको जीवनमा ठूलो नकारात्मक…
विर्तामोड, ३ फागुन । नेपाली कांग्रेसका नेताहरुले वीपी कोइरालाले युवाहरुलाई राजनीतिमा अत्यन्तै महत्व दिएको उल्लेख गर्दै अवको राजनीतिमा शिक्षित एवं प्रविधिमा दक्ष युवाहरुको आवश्यकता औंल्याएका छन् । नेपाली कांग्रेस झापा क्षेत्र नं–२ निर्वाचन परिचालन समितिको आयोजनामा बिर्तामोडमा आइतबार सम्पन्न नेविसंघ, तरुणदल एवं युवाहरुको भेलालाई सम्बोधन गर्दै यस्तो आवश्यकता औंल्याएका हुन् । कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुधिरकुमार शिवाकोटीले पार्टीमा नेतृत्व परिवर्तन गर्नुपर्ने युवाहरुको मागलाई नेपाली कांग्रेसले सम्बोधन गरेको बताउँदै अब युवाहरुलाई देशको नेतृत्वमा पु¥याउने काममा प्रभावकारी भूमिका खेल्न आग्रह गर्नुभयो । कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य उमा शिवाकोटीले अहिले फिजिकल भन्दा डिजिटल प्रचार–प्रसार बढी प्रभावकारी देखिन थालेको बताउँदै रुख…
झापा, ४ फागुन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर, कुवेती र बहराइन दिनारको विनिमयदर स्थिर छ । तर, अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका विदेशी मुद्राको विनिमयदर भने बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । आज अमेरिकी डलर १ को खरिददर १४४ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३२ पैसा छ । हिजो र अस्ती पनि अमेरिकी डलरको विनिमयदर यही थियो । यही माघ १९ गते अमेरिकी डलर १ को खरिददर १४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४८ पैसा पुगेको थियो । अमेरिकी डलरको यो विनिमयदरदर हालसम्मकै महँगो हो…