jhapaonline add

कतार, ३ फागुन । वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका झापाको बाहुनडाँगी घर भई विभिन्न क्षेत्रमा कार्यरत नेपालीको साझा संस्था बाहुनडाँगी प्रवासी समाज कतारको अध्यक्षमा रविनराज काफ्ले सर्वसम्मत रूपमा चयन भएका छन् । दोहामा फागुन १ गते सम्पन्न समाजको छैटौँ साधारण सभाले नयाँ नेतृत्व चयन गर्दै आगामी कार्यकालका लागि सर्वसम्मत कार्यसमिति गठन गरेको हो । समितिको प्रथम उपाध्यक्षमा भूपेन्द्र भारती, द्वितीय उपाध्यक्षमा मौसम घिसिङ, महासचिवमा सन्देश नेपाल, सचिवमा डम्बर कार्की र प्रबिन भण्डारी, महिला सचिवमा सारु दास, कोषाध्यक्षमा ललित राउत, सह–कोषाध्यक्षमा रोमन रिजाल चयन भएका छन् । त्यस्तै, संस्थाको सदस्यहरूमा कविराज अधिकारी, दिवश भुजेल, दीपक हुमागाई, आप्सरा पौडेल, संगम नेपाल, साहिल…

Read More

झापा, ३ फागुन । झापाको बुद्धशान्ति गाउँपालिका–५ गढिगाँउस्थित भित्री सडक खण्डमा गोलिया बोकेको ना ६ ख ७९५४ नम्बरको ट्रक अनियन्त्रित भई सडकको बायाँ साइडमा पल्टिँदा चार जना घाइते भएका छन् । शनिबार दिउँसो ३ बजे ठुटेबरबाट मंगलबारेतर्फ जाँदै गरेको ट्रक पल्टिँदा चालकसहित लोड–अनलोडमा संलग्न कामदारहरू घाइते भएका हुन् । दुर्घटनापछि ट्रक घटनास्थलमै रहेको छ भने घाइतेहरूलाई उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोडमा लगिएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यी हुन् घाइते, यस्तो छ अवस्थाअनु कुमार चौधरी (४० वर्ष, अर्जुनधारा–१०) — छाती र टाउकोमा चोट, अवस्था मध्यम ।मुकेश मगर (२८ वर्ष, अर्जुनधारा–३) —…

Read More

भद्रपुर, ३ फागुन । भद्रपुरस्थित वडा प्रहरी कार्यालयको प्रहरी टोलीले लागुऔषध सेवन गरिरहेको अवस्थामा पाँच जनालाई नियन्त्रणमा लिएको छ। शनिबार दिउँसो ३ः४० बजे गोप्य सूचनाको आधारमा प्रहरी निरीक्षक मोतिलाल योन्जन तमाङको कमाण्डमा खटिएको टोलीले भद्रपुर नगरपालिका–८ सगरमाथा चोकमा जगतबहादुर मगरको घर भाडामा बस्दै आएका युवाहरूलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट ब्राउन सुगरजस्तो देखिने लिसाइलो पदार्थ प्लास्टिकसहित तौल गर्दा १० ग्राम ३८० मिलिग्राम (प्लास्टिकबाहेक ९ ग्राम ५८० मिलिग्राम) बरामद भएको प्रहरीले जनाएको छ। साथै, कृष्ण राजवंशीको नाममा दर्ता भएको मे १० प ३८ ७१ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिइएको छ । पक्राउ पर्नेहरुमा भद्रपुर–८ का २८ वर्षीय कृष्ण राजवंशी, १८…

Read More

इलाम, ३ फागुन । समाजमा सकारात्मक सन्देश प्रवाह र पत्रकारको दीगो हितमा उत्कृष्ट कार्य गरेको भन्दै नेपाल पत्रकार महासंघ झापा शाखालाई नगद ५१ हजारसहित यस वर्षको श्री भरत भुर्तेल स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । फागुन २ गते इलामको रोङ गाउँपालिका–५ इरौंटार, पाखागाउँमा आयोजित समारोहका वीच पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलाई उक्त सम्मानपत्र तथा नगद पुरस्कार प्रदान गरिएको हो । पवित्रा–भेषराज खतिवडा स्मृति प्रतिष्ठान बुद्धशान्ति–५द्वारा आयोजित कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ पत्रकार तीर्थ कोइराला, प्रतिष्ठानका अध्यक्ष छविलाल खतिवडा, भुर्तेल परिवारका सदस्यहरुले सामूहिक रुपमा पत्रकार महासंघलाई उक्त सम्मान समर्पण गरेका थिए । पत्रकार महासंघ झापा शाखाले २०८१ बैशाख ३ गते…

Read More

भद्रपुर‌, २ फागुन । वर्तमान साहित्य प्रतिष्ठान भद्रपुर‌को‌ २८ औ‌ं वार्षिक साधार‌ण सभा सम्पन्न भएको‌ छ । फागुन २ गते‌ प्रे‌स क्लबको‌ प्रे‌क्षालयमा सम्पन्न साधार‌ण सभामा कवि महे‌न्द्र को‌इर‌ालाको‌ एकल कविता वाचन कार्यक्रम पनि भएको‌ थियो‌ । जसमा कवि को‌इर‌ालाले‌ आफ्ना सात वटा कविता वाचन गर‌े‌का थिए । प्रतिष्ठानका अध्यक्ष डिल्लीर‌मण ने‌पालको‌ अध्यक्षताको‌ कार्यक्रममा प्रमुख अतिथि भद्रपुर‌ नगर‌ कला, साहित्य, संगीत प्रतिष्ठानका अध्यक्ष चिन्तामणि दाहाल र‌हे‌का थिए भने‌ प्रतिष्ठानका संस्थापक सल्लाहकार‌ र‌ाजे‌श ढुङ्गानाको‌ विशे‌ष आतिथ्य र‌हे‌को‌ थियो‌ । को‌इर‌ालाको‌ कवितामाथि प्राडा. गंगाप्रसाद अधिकार‌ीले‌ प्रकाश पार्नुअघि कविको‌ परि‌चय साहित्यकार‌ लता खर‌े‌लले‌ प्रस्तुत गर‌े‌की थिइन् । कार्यक्रममा प्रे‌स क्लब भद्रपुर‌का अध्यक्ष र‌ाजबाबु शंकर‌ र‌ बहुभाषिक सांस्कृतिक प्रतिष्ठानका…

Read More

बिर्तामोड, २ फागुन । विदेशी खेलाडी चम्किँदा मछिन्द्र फुटबल क्लबले चारपटकको झापा गोल्डकप विजेता त्रिभुवन आर्मी फुटबल क्लबलाई ४–० ले पराजित गर्दै फाइनल प्रवेश गरेको छ । मछिन्द्रका स्ट्राइकरसमेत रहेका विदेशी खेलाडी जोनाथन जोरिल्लाको ह्याट्रिक मद्दतमा मछिन्द्र फाइनल प्रवेश गरेको छ । मछिन्द्रले उपाधिका लागि सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । मछिन्द्रले खेलको चौथो मिनेटमै अग्रता लियो । मछिन्द्रका लागि जोनाथन जोरिल्लाले गोल गरे । अयोला हमजातको क्रस पासमा डिबक्समा अनमार्क रहेका जोरिल्लाले वान टचमा गोल गरेका थिए । खेलको २४ औँ मिनेटमा मछिन्द्रले पेनाल्टी पायो । जोरिल्लाको फ्रिकिक प्रहारमा आर्मीका खेलाडीको डिबक्समा ह्यान्डबल भएपछि मछिन्द्रले पेनाल्टी पाएको…

Read More

झापा, २ फागुन । आज ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस। नेपालसहित विश्वभर आज एकअर्काप्रति प्रेम र स्नेह साटासाट गरी यो दिवस मनाइँदै छ। हरेक वर्ष फेब्रुअरी १४ मा यो दिवस मनाउने गरिन्छ। पछिल्लो सयम नेपालमा पनि ‘भ्यालेन्टाइन डे’ सामाजिक तथा सांस्कृतिक रूपमा स्थापित हुँदै गएको छ। सामाजिक सञ्जालको तीव्र विकाससँगै यो संस्कृतिमा अझ बढोत्तरी भएको छ। त्यसमा पनि युवायुवतीबीच यो पर्व अझ लोकप्रिय बन्न थालेको छ। आजको दिन प्रेमीप्रेमिकाले एकअर्कालाई फूल, कार्ड, चकलेटलगायत उपहार आदानप्रदान गर्दै आफ्ना भावना अभिव्यक्त गर्ने चलन बढ्दै छ। विशेषगरी आजको दिन पार्क, सिनेमा हलसहितका मनोरञ्जलस्थलहरुमा प्रेमिल जोडीहरुको भीडभाड लाग्ने गर्दछ। ‘भ्यालेन्टाइन डे’ मनाउने परम्परा तेस्रो…

Read More

झापा, २ फागुन । झापाको बिर्तामोड नगरपालिका–२ स्थित कछुबारीबाट प्रहरीले लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ । बिर्तामोड–२ कछुबारीका गोबिन्द बस्नेतको घरमा लागुऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा शुक्रबार दिउँसो इलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाको संयुक्त टोलीले चेकजाँच गर्दा लागुऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ प्लास्टिकसहित ११ ग्राम ४६० मिलिग्राम (प्लास्टिक बाहेक ८ ग्राम ४४० मिलिग्राम), ३ वटा स्क्रिनटच मोबाइल, नगद ६ हजार र २५ हजारको चेकसहित उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा बिर्तामोड–९ का ४२ वर्षीय तिलक बुढाथोकी,बिर्तामोड–२ का ४२ वर्षीय गोबिन्द वस्नेत, बिर्तामोड–३ का ५२ वर्षीय टंक गिरी र बिर्तामोड–४ का २८ वर्षीय उदय…

Read More

बिर्तामोड, २ फागुन । टाइब्रेकरमा भाग्यमानी सावित हुँदै सशस्त्र प्रहरी बलको एपिएफ फुटबल क्लब झापाको डोमालाल राजवंशी रंगशालामा जारी एक्स्ट्रिम सातौँ झापा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एफिएफले आयोजकको टिम झापा–११ फुटबल क्लबलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । एक गोलले पछि परेको अवस्था उल्टाउँदै एपिएफले कमब्याक जित हासिल गरेको हो । जितसँगै एपिएफले कम्तिमा ७ लाख ५० हजार रुपैयाँ सुरक्षित गरेको छ । एपिएफका लागि सुमन श्रेष्ठ, दिपेश धिमाल, सन्तोष खत्री र समिराज थोकरले गोल गरेका थिए भने नविन लामाको प्रहार झापाका गोलकिपर सन्दिप लिम्बुले रोकेका थिए । झापाका तर्फबाट…

Read More

बिर्तामोड, २ फागुन । झापाका अग्रज खेल पत्रकार रमेश समदर्शी राईलाई सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करणको अवसरमा आयोजक समितिले शुक्रबार सम्मानसहित पुरस्कृत गरेको छ । झापाको डोमालाल राजवंशी रंगशालामा जारी झापा गोल्डकपको अवसरमा आज अग्रज पत्रकार समदर्शीलाई विशेषगरी खेल क्षेत्रलाई प्राथमिकतामा राखेर खेलाडी, प्रतियोगिता र खेल संरचनाको विकासका लागि पुर्याएको योगदानको कदर गर्दै नगदसहित सम्मान गरिएको हो । नेपाल खेलकुद पत्रकार मञ्च झापाका संस्थापक अध्यक्ष समदर्शीले खेल पत्रकारितालाई संस्थागत रुप दिन, खेलाडीलाई प्रोत्साहन गर्न तथा झापालाई खेल गतिविधिको केन्द्रका रुपमा स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै आयोजकले कदरस्वरुप आज सम्मान गरिएको उल्लेख छ । अर्जुनधारा प्रेस…

Read More