jhapaonline add

झापा, २२ माघ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भागमा आंशिक बादल लागेको छ । तराईका केही स्थानमा तुवाँलो लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराईका केही स्थानमा कुहिरो लाग्ने छ । तराईका धेरै स्थानमा हुस्सु लाग्ने छ भने पहाडी तथा हिमाली भागमा मौसम सफा रहनेछ । त्यसैगरी, आज राति तराईका केही स्थानमा कुहिरो लाग्ने छ भने पहाडी तथा हिमाली भागमा मौसम सफा रहनेछ । महाशाखाले हिमपात, वर्षा र हुस्सुका कारण दैनिक जनजीवन, पर्यटन, पदयात्रा, स्वास्थ्यका साथै हवाई तथा सडक यातायातमा प्रभाव पर्ने भएकाले सतर्कता…

Read More

भद्रपुर, २१ माघ । झापा जिल्ला हुलाक कार्यालयका प्रमुख दामोदर घिमिरेको बिदाई गरिएको छ । अनिवार्य अवकाश पाउनुभएका कार्यालय प्रमुख घिमिरेलाई आज एक विशेष कार्यक्रमका बीच बिदाई गरिएको हो । कार्यालयका निमित्त कार्यालय प्रमुख टेकप्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा सेवानिवृत्त घिमिरेको प्रमुख आतिथ्य रहेको थियो । आठ वर्षभन्दा बढी समय जिल्ला हुला कार्यालय झापाको प्रमुखको जिम्मेवारी सम्हाल्नुभएका घिमिरेको बिदाईमा कर्मचारी मनोज तिम्सिना, प्रेस क्बल भद्रपुरका अध्यक्ष राजबाबु शंकर, नेपाल पत्रकार महासंघ झापाका सचिव राजु पाठक, महासंघका कार्यसमिति सदस्य सन्तोष शर्मा, भीमप्रसाद भट्टराई, पालिका हुलाकका कार्यालय प्रमुख तथा अन्य कर्मचारीको बाक्लो उपस्थिति रहेको थियो । बिदाई समारोहमा उहाँलाई सम्मान गर्नुका साथै…

Read More

झापा, २१ माघ । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी आजदेखि कोशी प्रदेशका १४ वटै जिल्लामा नेपाली सेना परिचालन गरिएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सरकारले जारी गरेको ‘एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२’ अनुसार आजदेखि कोशी प्रदेशका सबै जिल्लामा सेना परिचालन गरिएको हो । पूर्वी प्रितना हेडक्वाटर इटहरीकी जनसम्पर्क अधिकृत क्याप्टेन सुष्मा सुब्बाले गृह मन्त्रालयबाट प्रेषित योजनाअनुसार नेपाली सेनाले अन्य सुरक्षा निकायसँग सहकार्य गर्दै नागरिक प्रशासनलाई सहयोग पुर्‍याउने, संवेदनशील क्षेत्र तथा महत्वपूर्ण पूर्वाधारको सुरक्षा गर्ने, निर्वाचन अवधिभर उत्पन्न हुन सक्ने आपतकालीन अवस्थामा शीघ्र प्रतिक्रिया दिने, मतदाताको निर्वाध आवागमन…

Read More

झापा, २१ माघ । झापाको सदरमुकाम भद्रपुरमा पहिलोपटक अन्तर्राष्ट्रियस्तरको कोशी पाथीभरा इण्डो नेपाल टी–२० क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ । आज भएको उद्घाटन खेलमा भारतको राइनोल्याण्ड क्रिकेट एकाडेमी आसामले विजयी सुरुआत गरेको छ । आसामले जीएचसीए काठमाडौँलाई ४२ रनले पराजित गरेको हो । भद्रपुर क्रिकेट क्लवको आयोजनामा भद्रपुर–८ स्थित मेची बहुमुखी क्याम्पसको क्रिकेट मैदानमा पहिलो ब्याटिङ गर्दै आसामले १८.१ ओभरमा अलआउट हुँदै ९६ रन बनायो । जवाफमा काठमाडौँ १६.२ ओभारमा ५४ रनमा अलआउट भएपछि आसामले महत्वपूर्ण ३ अंक जोडेको छ । आसामका तर्फबाट मोहमद हबिबुल्लाले सर्वाधिक १९ रन बनाए भने काठमाडौँका तर्फबाट रुपेश श्रीवास्तवले ४ ओभरमा १६ रन खर्चिएर…

Read More

झापा, २१ माघ । झापाको शिवसताक्षी नगरपालिका–१० रतुवामाई वृक्षरोपण आयोजना कम्पाट नम्बर १ माईधार क्षेत्रमा अवैध रूपमा गोलिया काठ चोरी गरी लैजाने क्रममा एक व्यक्तिलाई नियन्त्रणमा लिइएको छ । गोप्य सूचनाको आधारमा रतुवामाई वृक्षरोपण वन आयोजनाका कर्मचारी तथा अस्थायी प्रहरी पोष्ट माईधारबाट खटिएको संयुक्त टोलीले टिक (रङ) जातको गोलिया काठ ६ वटा टुना, करिब १५ क्यूवि बराबर, दुईवटा साइकलबाट लोड गर्दै गरेको अवस्थामा शिवसताक्षी नगरपालिका–७ बैङडाडाका ३२ वर्षीय प्रकाश योङहाङलाई पक्राउ गरेको हो । उनको साथबाट बरामद गरिएको गोलिया काठ र दुईवटा साइकल आवश्यक कारबाहीका लागि रतुवामाई वृक्षरोपण आयोजना केर्खाका रेन्जर राजेन्द्र साहलाई बुझाइएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे…

Read More

बिर्तामोड, २१ माघ । झापाको बिर्तामोड नगरपालिका–२ चैतुबारीस्थित क्षेत्रबाट लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई लागुऔषधसहित पक्राउ गरेको हो । प्रहरीले बिर्तामोड नगरपालिका–४ का २६ वर्षीय सुशील विक र बिर्तामोड नगरपालिका–३ का ३३ वर्षीय प्रकाश विकलाई शंका लागेर चेकजाँच गर्दा उनीहरूको साथबाट खैरो हिरोइन जस्तो देखिने लिसिइलो पदार्थ बरामद गरेको थियो । मान्यता प्राप्त डिजिटल तराजुमा तौल गर्दा उक्त पदार्थ प्लास्टिकसहित ८ ग्राम ४३० मिलिग्राम र प्लास्टिक बाहेक ६ ग्राम ८३० मिलिग्राम रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनीहरूको साथबाट दुई थान कीप्याड…

Read More

दमक, २१ माघ । आज दिउँसो झापाको दमक नगरपालिका–१ बरगाछीस्थित भित्री सडक खण्डमा भएको सवारी दुर्घटनामा दुई युवाको मृत्यु भएको छ। दमकबाट रामचोकतर्फ जाँदै गरेको मे १ ख २८८४ नम्बरको टिपर र दुर्गा मन्दिरबाट पेल्टीमारीतर्फ जाँदै गरेको प्र।१–०१–०१८ प ८३०३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालक २२ वर्षीय प्रवेश राई र पछाडि सवार १९ वर्षीय जनम राई गम्भीर घाइते भएका थिए । दुवै जना इलाम चुलाचुली गाउँपालिका–४ बसोबास गर्ने हुन् । घाइते अवस्थामै दमक अस्पतालमा उपचारका लागि पठाइएका उनीहरूलाई उपचारको क्रममा सोही दिन दिउँसो ३ः५० बजे चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा संलग्न टिपर चालक उदयपुर त्रियुगा नगरपालिका–९…

Read More

झापा, २१ माघ । आज विश्व क्यान्सर दिवस हो । यो रोगप्रति चेतना अभिवृद्धि गर्ने, यसको रोकथाम, समयमै पहिचान र उपचारमा जोड दिने उद्देश्यका साथ हरेक वर्ष फेब्रुअरी ४ का दिन विश्वभर विश्व क्यान्सर दिवस विविध चेतनामूलक कार्यक्रमका साथ मनाइन्छ । सन् २००० मा फ्रान्सको पेरिसमा आयोजित ‘नयाँ सहस्राब्दीका लागि क्यान्सरविरुद्ध विश्व शिखर सम्मेलन’बाट पारित ‘चार्टर अफ पेरिस अगेन्स्ट क्यान्सर’ पछि यो दिवस चेतनामूलक कार्यक्रमका साथ मनाउन प्रारम्भ भएको हो । विश्व स्वास्थ्य सङ्ठन (डब्ल्यूएचओ) का अनुसार हरेक वर्ष करिब १० लाख मानिसको क्यान्सरका कारण मृत्यु हुने गरेएको छ । धूमपान, तमाखु सेवन, अस्वस्थ जीवनशैली यो रोगका प्रमुख कारण हुन्…

Read More

झापा, २१ माघ । झापाको भद्रपुरमा आजदेखि कोशी पाथीभरा इण्डो नेपाल टि–२० च्याम्पियनसीप हुँदैछ । भद्रपुर क्रिकेट क्लबको आयोजनामा आजदेदेखि शुरु हुने प्रतियोगिता २९ गतेसम्म सञ्चालन हुनेछ । भद्रपुर–८ स्थित मेची क्याम्पसको क्रिकेट मैदानमा सञ्चालन हुन गइरहेको प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले गर्ने कार्यक्रम रहेको छ । लिग ढाँचामा सञ्चालन हुने प्रतियोगितामा नेपाल तथा भारतका आठ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगितामा नेपालका तर्फबाट आयोजक भद्रपुर क्रिकेट क्लब, गण्डकी हिरोज पोखरा, ग्रेट हिमालयन क्रिकेट एकाडमी काठमाडांै र फ्रेण्ड्स युथ क्लब डडेल्धुराको सहभागिता रहनेछ भने भारतका तर्फबाट राइनो ल्याण्ड क्रिकेट एकाडमी आसाम (गोहाटी), ग्लोबल स्टार क्रिकट क्बल लखनउ,…

Read More

झापा, २१ माघ । नेपाल धितोपत्र बोर्डले एपोलो हाइड्रोपावर कम्पनी लिमिटेडलाई साधारण शेयर बिक्री (आइपीओ) का लागि अनुमति प्रदान गरेको छ । कम्पनीलाई अङ्कित मूल्य एक सयमा १४ करोड १० लाख बराबरको १४ लाख १० हजार कित्ता साधारण शेयर बिक्रीका लागि अनुमति दिएको हो । सो कम्पनीको शेयर बिक्री प्रबन्धमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ । एपोलो हाइड्रोपावरले ओखलढुंगामा एक जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । बोर्डले चालु आवको हालसम्म कूल १५ कम्पनीलाई साधारण शेयर बिक्रीको अनुमति दिएको छ । त्यसमा नौ वटा जलविद्युत् कम्पनी, चार वटा उत्पादन कम्पनी, होटल तथा पर्यटन, विकास बैंक भने एक/एक वटा रहेका छन् ।…

Read More