
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, २९ फागुन । नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ । निगमले बिहीबार विज्ञप्ति जारी गरी हालको परिस्थितिलाई दृष्टिगत गरी एलपी ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित बनाइ आम उपभोक्ताको माग बमोजिम ग्यास उपलब्ध हुने अवस्थाको सहजीकरणका लागि निगमले शुक्रबारदेखि लागू हुने गरी अर्को निर्णय नभएसम्म ग्यास सिलिण्डरमा ७।१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा मूल्य रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय भएको जनाएको छ । आम उपभोक्ता वर्गले सोहीअनुसार एलपी ग्यास खरिद गर्न निगमले अनुरोध गरेको छ । निगमले निगमले नियमित रुपमा…
झापा, २९ फागुन । झापाको हल्दिबारी गाउँपालिका–२ पाराखोपीमा हावाहुरीसहितको वर्षाले ढलेको आँपको रूखले किच्दा एक किशोरीको मृत्यु भएको छ । प्रेमलाल राजवंशीकी १७ वर्षीया छोरी आरती राजवंशी गएराति करिब ९ बजे आफ्नै घरमा सुतेको अवस्थामा रूखले किच्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। घटनाबारे जानकारी पाएलगत्तै प्रहरी चौकी हल्दिबारीबाट टोली खटिएको थियो ।
झापा, २९ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ । पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज भक्तपुरस्थित नेपाल–कोरियामैत्री अस्पतालमा निधन भएको हो । दिवङ्गत ओलीका दुई छोरा र तीन छोरी हुनुहुन्छ । उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने अध्यक्ष ओलीको निजी सचिवालयले जनाएको छ ।
झापा, २९ फागुन । हाल मुलुकमा पश्चिमी न्यूनचापीय प्रणाली, उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली तथा पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव परेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत पहाडी र हिमाली भागमा सामान्यतया बादल लाग्ने छ भने बाँकी भागमा आंशिक बदली हुनेछ । कोशी प्रदेशसहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भेगका साथै मधेश, बागमती र गण्डकी प्रदेशका तराईका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना छ । त्यसैगरी, आज राति…
झापा, २८ फागुन । साहित्यकार दान खालिङलाई पूर्ण–टुङ्ग आदर्श नागरिक सम्मान–२०८२ समर्पण गरिने भएको छ । खालिङलाई जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठानले मरोपरान्त उक्त सम्मान गर्ने भएको हो । पूर्ण–टुङ्ग स्मृति प्रतिष्ठानको सहयोगमा जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठानले शनिबार एक समारोहका बीच खालिङलाई पूर्ण टुङ्ग नागरिक सम्मान–२०८२ प्रदान गर्न लागिएको छ । भारततको दार्जिलिङमा जन्मिनुभएका खालिङले नेपालमा शिक्षा, साहित्य तथा राजनीतिक चेतना विस्तारका लागि गरेको योगदानको मूल्याङकन गर्दै मरणोपरान्त सम्मान गर्ने निर्णय गरिएको प्रतिष्ठानका अध्यक्ष गोपालकुमार बस्नेतले जानकारी दिनुभयो । आदर्श नागरिक सम्मानसँगै नगद १ लाख ११ हजार १११ रुपैयाँ प्रदान गरिने अध्यक्ष बस्नेतले बताउनुभयो । पूर्ण टुङ्ग नागरिक सम्मानबाट…
रौतहट, २८ फागुन । रौतहटको फतुवा विजयपुर नगरपालिका–५ सन्तपुरस्थित दलित टोलमा दुई महिला सहित ६ जनामाथि भएको सामूहिक आक्रमण घटनामा संलग्न आठ जनाविरुद्ध ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दा दर्ता गरिएको छ । पीडित बिर्जाराम चमारको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सीताराम रिजालको निर्देशनपछि इलाका प्रहरी कार्यालय विजयपुर लक्ष्मिनियामा बुधबार नै उक्त मुद्दा दर्ता गरिएको हो । प्रहरीका अनुसार दलित परिवारमाथि सामूहिक रूपमा आक्रमण गरेको आरोपमा पसिन्द्र यादवलाई पक्राउ गरिएको छ । घटनामा संलग्न अन्य आरोपीहरू भुनेश्वर यादव, नितेश यादव, जगु यादव (नगेन्द्र यादव), सुखारी यादव, गिरधारी यादव, नवीनकुमार यादव र जयप्रकाश यादव भने फरार रहेका छन् ।…
सुनसरी, २८ फागुन। सुनसरीको कोशी गाउँपालिका–४ मा बुधबार जिप दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सप्तरीको विष्णुपुर गाउँपालिका–२ निवासी २८ वर्षीय अमरलाल साह रहेको प्रहरीले जनाएको छ। प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका साहको उपचारका क्रममा मृत्यु भएको हो। पूर्व–पश्चिम राजमार्गअन्तर्गत इनरुवाबाट कोशी ब्यारेजतर्फ जाँदै गरेको स १ च ९२१ नम्बरको जिपले विपरीत दिशाबाट आउँदै गरेको मधेश प्रदेश ०६–००१ प ०९५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक अमरलाल साह र पछाडि सवार २६ वर्षीया पुष्पा साह गम्भीर घाइते भएका थिए। घाइतेमध्ये अमरलालको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ भने…
झापा, २८ फागुन । झापाको भद्रपुरमा ४ वर्षीया नाबालिकामाथि जबरजस्ती करणी गरिएको आरोपमा १३ वर्षीय बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गत फागुन २४ गते दिउँसो करिब १२ः३० बजे सांकेतिक वतन ०४–१–११–घ बस्ने ५० वर्षीया महिलाकी ४ वर्षीया नातिनीलाई सोही ठाउँ बस्ने सानो धिमालका करिब १३ वर्षीय छोराले आफ्नै घरको पछाडितर्फ लगेर जबरजस्ती करणी गरेको आरोप लागेको हो । घटनापछि बालिकालाई फागुन २७ गते बिहान १०ः५० बजे उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर ल्याइएको थियो । अस्पतालमा उपचारका क्रममा बालिका सामान्य अवस्थामा बोल्न सक्ने रहेको र उनीसँग उनकी हजुरआमा रहेको प्रहरीले जनाएको छ । घटनाको सूचना पाएपछि प्रहरी चौकी महेशपुरको टोलीले…
काठमाडौँ, २८ फागुन । यो साताको कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । आज नेप्से परिसूचक २३ दशमलव ८७ अङ्कले वृद्धि भई दुई हजार ८२० दशमलव ४४ को बिन्दुमा कायम भएको हो । आज ३३५ कम्पनीको चार करोड १६ लाख ८६ हजार ४०५ कित्ता सेयर एक लाख ३० हजार १५ पटक खरिदबिक्री हुँदा रू १४ अर्ब ५५ करोड १९ लाख ४६ हजार २३० बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आज होटल तथा पर्यटन शून्य दशमलव ३५, निर्जीवन बीमा शून्य दशमलव ०४ र अन्य समूह शून्य दशमलव ७४ प्रतिशतले घटेको छ भने…
काठमाडौँ, २८ फागुन । स्वास्थ्य बिमा बोर्डले उपचार गराउन आएका बीमितलाई अस्पताल बाहिर औषधि खरिद नगराउन सबै अस्पताल (स्वास्थ्य संस्था)लाई निर्देशन गरेको छ । बोर्डका सूचना अधिकारी विकेश मल्लले सबै अस्पताललाई परिपत्र जारी गर्दै बीमितलाई बाहिर औषधि पसलमा औषधि तथा औषधिजन्य सामग्री खरिद नगराउन निर्देशन दिएको जानकारी दिनुभयो । बीमितसँग केही स्वास्थ्य संस्थाले प्याकेजमा गरिने उपचारमा औषधि बाहिर खरिद गराउने पाइएकोले त्यस्ता नगर्नरनगराउन सबै अस्पताललाई परिपत्र गरिएको उहाँले बताउनुभयो । “केही अस्पतालले बीमितलाई उपचार गरेसँगै बाहिर औषधि खरिद गर्न लगाएको गुनासो आएको छ,” उहाँले भन्नुभयो, “त्यसैले हामीले त्यसरी बीमितलाई बाहिर औषधि खरिद नगर्न नगराउन निर्देशन दिँदै अस्पताललाई परिपत्र गरेका हौँ…