jhapaonline add

झापा, २५ माघ । झापा जिल्लाको अर्जुनधारा नगरपालिका–७ बिरिङ खोलामा आज बिहान भएको ट्रयाक्टर दुर्घटनामा एक किशोरको मृत्यु भएको छ । आज बिहान करिब ९ः४० बजे बालुवा लोड गरी अघि बढिरहेको प्र१–०१–००१त ९०१० नम्बरको ट्रयाक्टरबाट खसेका सह–चालक अर्जुनधारा–३ निवासी १६ वर्षीय सरोज श्रेष्ठलाई सोही ट्रयाक्टरको पछाडिको चक्काले किच्दा गम्भीर घाइते भएका थिए । उनलाई तत्कालै उपचारका लागि शनिश्चरेस्थित शंखर अस्पताल पुर्‍याइएको थियो । तर, चिकित्सकले जाँच गर्दा मृत घोषणा गरेका थिए । दुर्घटनापछि प्रहरी चौकी शनिश्चरेबाट टोली खटिएर ट्रयाक्टर नियन्त्रणमा लिएको छ । चालकलाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । ट्रयाक्टरका साहु अर्जुनधारा–४ निवासी ५६ वर्षीय अशोकलाल दनुवार पनि…

Read More

झापा, २५ माघ । पाठेघरको मुखको क्यान्सरविरुद्ध प्रभावकारी मानिंदैआएको एचपीभी खोप अभियान आजदेखि देशभर सञ्चालन हुँदैछ । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत आजदेखि आउँदो फागुन १५ गतेसम्म ह्युमन प्यापिलोमा भाइरसविरुद्धको एचपीभी खोप लगाइनेछ । स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा। अभियान गौतमका अनुसार कक्षा ६ मा अध्ययनरत सबै छात्रा तथा विद्यालय बाहिर रहेका १० वर्ष उमेरका किशोरीलाई खोप दिइनेछ । । यस्तै, गएको बर्षको एचपीभी खोप अभियानमा छुटेका कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका ११ देखि १४ वर्ष उमेर समूहका किशोरीलाई पनि यो खोप दिइने व्यवस्था गरिएको छ । डा. गौतमका अनुसार अहिलेको खोप अभियानमा…

Read More

झापा, २५ माघ । झापाको अर्जुनधारा नगरपालिका–३ गरुवा चौकमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गत माघ २१ गते बिहान बिर्तामोड–खुदुनाबारी सडकखण्डमा बिर्तामोडतर्फ जाँदै गरेको प्र.१–०१–०१८ प १६७ नम्बरको स्कुटीले बाटो क्रस गर्दै गरेका पैदलयात्री अर्जुनधारा–३ निवासी ४५ वर्षीय राजन बास्कोटालाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका बास्कोटालाई उपचारका लागि बिएण्डसि अस्पताल बिर्तामोड पठाइएको थियो । उपचारकै क्रममा माघ २४ गते राति ९ः१० बजे बास्कोटाको मृत्यु भएको अस्पतालले जनाएको छ । मृतकको शव सोही अस्पतालमा राखिएको छ । दुर्घटनामा संलग्न स्कुटी चालक इलाम माई नगरपालिका–३ निवासी ३५ वर्षीया अमृता राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्कुटी…

Read More

सन्तोष शर्माझापा, २५ माघ । आगामी फागुन २१ गते हुने निर्वाचनको मिति नजिकिएसँगै झापामा चुनावी चहल पहल बढ्दै गएको छ । झापा जिल्लाका पाँच वटा निर्वाचन क्षेत्रमा ९० जनाले उम्मेदवारी दिएका छन् । जसमा २१ वटा राजनीतिक दलका ७३ जना र १६ जना स्वतन्त्र उम्मेदवार छन् । झापा–४ मा कति छन् मतदाता ?झापा क्षेत्र नम्बर ४ मा १ लाख ३० हजार ७१२ जना मतदाता रहेका छन् । जसमा पुरुषको संख्या ६६ हजार २८३, महिलाको संख्या ६४ हजार ४२८ र अन्य १ जना मतदाता रहेका छन् । यस क्षेत्रमा २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा ६२ हजार २२ पुरुष, ६१ हजार १०१ महिला…

Read More

झापा, २५ माघ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल तराई भूभागका केही स्थानमा हुस्सु लागेको छ भने कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो तराई भागका केही स्थानमा हुस्सुरकुहिरो रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भागमा आंशिक बादल लाग्नेछ भने अन्य भागको मौसम सफा रहने छ । कोशी प्रदेशका उच्च पहाडी र हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति…

Read More

झापा, २४ माघ । हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ जोड्ने कन्काई नदीमा पुल निर्माण थालिएको १४ वर्ष भइसकेको छ तर त्यो अझै पूरा भएको छैन । ‘डिजाइन एण्ड बिल्ड’ ढाँचामा करसहित रु ३४ करोड नौ लाखको लागतमा थालिएको ७२३ मिटर लामो पुलको निर्माण प्रगति भने ५६ प्रतिशत मात्र छ । निर्माण कम्पनीको ढिलासुस्तीबाट आजित भएको सडक विभागले ठेक्का रद्द गरेपछि अब पुल कहिले पूरा हुन्छ भन्ने अनिश्चितता बढेको छ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्याशी भएकाहरूसँग यस क्षेत्रका मतदाताको एउटै प्रश्न छ ? कन्काई पुल कहिले बन्छ ? नेपाली कांग्रेस झापाका सभापतिसमेत रहेका प्रतिनिधिसभा सदस्यका उम्मेदवार देउकुमार थेवे…

Read More

बिर्तामोड, २४ माघ । आयोजकको टिम झापा–११ फुटबल क्लबले खेलमा कमब्याक गर्दै झापाको डोमालाल राजवंशी रंगशालामा आयोजित एक्स्ट्रिम सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करणको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । १–० ले पछि परेको अवस्थालाई उल्टाउँदै झापाले नेपाल पुलिस माथि २–१ को नतिजा निकाल्यो । झापाका लागि शिशिर लेखी र राजेश दाहालले १–१ गोल गरेका थिए । खेलको १२ औँ मिनेटमा पुलिसले खेलमा अग्रता लिएको थियो । पुलिसका लागि धीरेन्द्र साहको क्रस पासमा जोन विष्टले वान टचमा गोल गरेका थिए । झापाले पहिलो हाफको इन्ज्युरी समयमा गोल फर्कायो । झापाका लागि राजेश दाहालले गरेको प्रहारलाई डिबक्समा अनमार्क रहेका शिशिर…

Read More

झापा, २४ फागुन । आयोजक भद्रपुर क्रिकेट क्लब झापाको भद्रपुर–८ स्थित मेची बहुमुखी क्याम्पसको क्रिकेट मैदानमा जारी इण्डो–नेपाल टी–२० च्याम्पियनसीपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह ए अन्तर्गत अन्तिम भारतको क्रिकेट कोचिङ उपाधय नयाँ दिल्लीलाई ८ विकेटले पराजित गर्दै दुई जीतका साथ भद्रपुर सेमिफाइनलमा प्रवेश गरेको हो । पहिलो व्याटिङ रोजेको नयाँ दिल्लीले १९.२ ओभरमा सबै विकेट गुमाएर ११३ रनको सामान्य योगफल तयार गरेको थियो । जवाफमा धद्रपुरले २ विकेट क्षतिमा १४.३ ओभरमै लक्ष्य पूरा गरेको थियो । ब्याटिङतर्फ भद्रपुरका कप्तान अंकित सुवेदीले ४३ बलमा सर्वाधिक ४३ रन बनाए भने नयाँ दिल्लीका तर्फबाट अकित रावतले २९ बलमा सर्वाधिक…

Read More

झापा, २४ माघ । रोजगारीका लागि क्रोएशिया र ग्रीस पठाउने भन्दै रु ३१ लाख ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ घर भई हाल काठमाडौँ महानगरपालिका–८ बस्ने ४३ वर्षीया उपासना भण्डारी तथा कैलालीको टीकापुर नगरपालिका–१ घर भई हाल ललितपुर महानगरपालिका–११ बस्ने २३ वर्षीय युवराज कुँवर रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिनुभयो । पक्राउ परेकामध्ये भण्डारीले क्रोएशिया पठाउने भन्दै रु १२ लाख तथा कुँवरले ग्रीस पठाउने भन्दै रु १९ लाख रकम लिई फरार रहेको उजुरीका आधारमा प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो । उनीहरूलाई…

Read More

बिर्तामोड, २४ माघ । झापा गोल्डकपको सातौँ संस्करण आजदेखि शुरु हुने भएको छ । आजदेखि डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा झापा ११ फुटबल क्लब र नेपाली पुलिस क्लबबीच प्रतिस्पर्धा गर्दैछन् । गोल्डकपको उद्घाटन प्रमुख अतिथि बिर्तामोड नगरप्रमुख पवित्रादेवी महताराले गर्नुहुनेछ । आकर्षक खेल मैदान, करिब १० हजार दर्शक बस्न मिल्नेगरी बाँसको प्यारापिट निर्माण गरिएको छ भने दर्शकको चाप हुनसक्ने अनुमानका साथ प्यारापिटको अघिल्लोतिर दर्शकका लागि प्लास्टिकको कुर्सी र भुइँमा बसेर हेर्न मिल्ने गरी कार्पेट ओछ्याइएको छ । झापा गोल्डकपका पूर्वअध्यक्ष विनोद बस्नेतको स्मृतिमा समर्पित सातौं संस्करण हुन गइरहेको छ । प्रतियोगिताको विजेता टिमले नगद १५ लाख र उपविजेताले…

Read More