jhapaonline add

झापा, १४ माघ । देशभर माघ १२ गते बिहानदेखि मङ्गलबार बिहानसम्म २० वटा घटना भएका छन् । विपद्मा परेर दुई जनाको ज्यान गयो भने पाँच जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । ती घटनामध्ये सबैभन्दा धेरै १६ वटा आगलागीका घटना भएका छन् भने चार वटा जनावर आक्रमणका घटना भए । विपदका कारण २५ लाख ६४ हजार बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ । सिरहामा तीन, मोरङ, बारा र रौतहटमा दुई, सुनसरी, भोजपुर, सर्लाही, मकवानपुर, लमजुङ, प्यूठान, बझाङमा आगलागीका घटना घटे । अधिकांश आगलागीका घटना असावधानीका कारण भएको पाइएको छ । प्राधिकरणका अनुसार, सुनसरी, सप्तरी,…

Read More

झापा, १४ माघ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भागमा पूर्णतया बादल लाग्ने र बाँकी भेगका पहाडी तथा तराईमा बादल लाग्नेछ । साथै देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा तथा बागमती, मधेस र कोशी प्रदेशका पहाडी भागका केही स्थान र कोशी प्रदेशको तराईका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति देशका पहाडी र हिमाली भागमा आंशिक बादल लाग्नेछ…

Read More

झापा, १३ माघ । शिवसताक्षीमा जारी झापा जिल्ला स्तरीय अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिताको फाइनलमा दमक नगरपालिका र कनकाई नगरपालिका आमनेसामने हुने भएका छन्। मंगलबार सम्पन्न दुई सेमीफाइनल खेलबाट दमक र कनकाई फाइनलमा प्रवेश गर्दै उपाधिका लागि भिड्ने भएका हुन्। पहिलो सेमीफाइनल खेलमा दमक नगरपालिकाले बाह्रदशी गाउँपालिकालाई ४–० गोलअन्तरले पराजित गर्दै सहज जितसहित फाइनल यात्रा तय गरेको छ। दमकका लागि जर्सी नम्बर ८ का दिपेन्द्र घिमिरेले दुई गोल गर्दै टोलीको जितमा महत्वपूर्ण भूमिका खेले। त्यस्तै जर्सी नम्बर ११ का सुजन राई र जर्सी नम्बर १३ का रोशन तामाङले समान एक–एक गोल थपे। निर्धारित समयमा बाह्रदशीले केही अवसर सिर्जना गरे पनि गोलमा…

Read More

झापा, १३ माघ । जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख तथा प्रहरी उपरीक्षक वसुन्धरा खड्काले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्लामा सुरक्षा व्यवस्था उच्च प्राथमिकताका साथ अघि बढाइएको बताएकी छन् । भर्खरै निर्वाचनको मुखमै सरुवा भएर झापा आएकी प्रहरी उपरीक्षक खड्काले बुधबार जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा सुरक्षा तयारी र प्राथमिकताबारे जानकारी गराएकी हुन् । कार्यक्रममा उनले सुरक्षा संवेदनशीलता तथा उम्मेदवारको सुरक्षा जोखिमको मूल्याङ्नका आधारमा सुरक्षाकर्मी परिचालन गरिने जानकारी दिइन् । कुनै पनि उम्मेदवारले आफ्नो सुरक्षामा चुनौती महसुस गरी निवेदन दिएमा आवश्यकताअनुसार तत्काल सुरक्षा उपलब्ध गराइने उहाँले स्पष्ट पारिन्। निर्वाचन सुरक्षालाई थप प्रभावकारी बनाउन जिल्लामा १०० जना सुरक्षाकर्मी…

Read More

बिर्तामोड, १३ माघ । आसन्न सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करणको तयारीका लागि बिर्तामोडका जनप्रतिनिधि तथा झापाका सुरक्षा प्रमुखहरुसँग अन्तरक्रिया गरिएको छ । झापाको बिर्तामोडमा आज भएको अन्तरक्रियामा सहभागी प्रतिनिधिहरुले प्रतियोगितालाई उत्सवका रुपमा मनाउन सुझाव दिएका छन् । स्थानीय सरकारका प्रतिनिधिहरुले सकरात्मक सहयोगको वचनबद्धता समेत जनाएका छन् । बिर्तामोडका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले स्थानीय सरकार यो प्रतियोगिताको अभिभावकीय भूमिका निर्वाह गर्ने बताए । अन्तरक्रियामा उपप्रमुखसहित बिर्तामोड नगरका वडा अध्यक्षहरु अग्निप्रसाद पाण्डे, किशारकुमार पौडेल, मदन बुढाथोकी, राहुल शर्मा, रोहित प्रसाईं र दुर्योधन गुरुङको उपस्थिति रहेको थियो । यसैबीच, सुरक्षा निकाय प्रमुखहरुसँगको अन्तरक्रियामा झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले व्यवस्थापन पक्षलाई…

Read More

झापा, १३ माघ । झापा र सुनसरीबाट लागुऔषध ब्राउनसुगर र औषधीसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ १२ गते झापाको दमक नगरपालिका–५ बाट विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक–९ का निरन्जन विश्वकर्मा, अमित मगर र दमक–५ का मीनकुमार धिमाललाई ट्रामाडोल ८१५ क्याप्सुल, डिकोलिक ११५ चक्की, स्पास्पेन ६०० चक्की लागुसहित पक्राउ गरेको छ । त्यस्तै, सुनसरीको इटहरी–१७ बाट लागुऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले सोही स्थानकी जैतुन खातुन, मोहमद सैफुदिन र मन्जिना खातुनलाई १० ग्राम ३५० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ । चेकजाँचकै…

Read More

झापा, १३ माघ । नेपाल राष्ट्र बैंकले निर्वाचन प्रयोजनका लागि बैंक खाता खोल्ने प्रबन्ध मिलाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । निर्वाचन आयोगको अनुरोधपछि केन्द्रीय बैंकले एक पत्रमार्फत बैंक खाता खोल्ने व्यवस्था मिलाइदिन आग्रह गरेको हो । आयोगले बैंक खाता बन्द गर्न लगाउँदासम्म सञ्चालन हुने गरी उक्त आयोग मातहतका प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयको सिफारिसमा खाता खोल्न सकिने उल्लेख गरिएको छ । आमनिर्वाचन अभियान समूहका नेपाली मुद्राको आम्दानी खर्च कारोबार गर्नसक्नेगरी खाता खोल्ने व्यस्था गरिएको छ । प्रत्येक राजनीतिक दल तथा ती दलबाट प्रतिनिधित्व गर्ने समानुपातिक एवं प्रत्यक्ष उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारको छुट्टै खाता खोली सञ्चालनको…

Read More

झापा, १३ माघ । माघ तेस्रो सातादेखि सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप बालिका तथा किशोरीहरूलाई लगाउने भएको छ । स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले यही महिनाको तेस्रो सातादेखि देशव्यापी अभियानका रुपमा ३ लाख ५० हजार बालिका तथा किशोरीहरूलाई एचपिभी खोप लगाइने जानकारी दिनुभयो । सरकारले गत वर्ष माघ २२ देखि फागुन ६ गतेसम्म देशभरि कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका करिब १७ लाख किशोरीलाई खोप लगाएको थियो । शाखा प्रमुख गौतमले गत वर्ष खोप लगाउन छुटेका बालिकाहरूलाई पनि यसवर्ष खोप…

Read More

झापा, १३ माघ । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइको काम सम्पन्न भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा सोमबार समानुपातिकतर्फको दुई करोड आठ लाख ५० हजारप्रति मतपत्र छपाइ कार्य सम्पन्न भएको आयोगले जनाएको हो । केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले समानुपातिकतर्फको मतपत्र छपाइ पूरा भएपछि प्रत्यक्षतर्फको सुरु भएको जानकारी दिनुभयो । उहाँका अनुसार केन्द्रले सोमबारदेखि प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु गरेको छ । केन्द्रले यसअघि १० लाख ९८ हजार २०० नमुना मतपत्र छपाइ गरेर निर्वाचन आयोगलाई पठाइसकेको थियो । ती मतपत्र मतदाता सचेतना तथा अन्य कामका लागि प्रयोग भइरहेका छन् ।

Read More

बेलबारी (मोरङ), १३ माघ । सडक सञ्जालमार्फत एसियाली राष्ट्रलाई जोड्ने मुख्य उद्देश्यका साथ अगाडि बढाइएको ‘एसियन हाइवे’ काँकरभिट्टाबाट लौकही सडकखण्डमा निर्माण सुुरु भएको दुई वर्षमा करिब ३५ प्रतिशत काम सकिएको छ । आइतबारदेखि झापाको पाडाजुुगीबाट पश्चिम सडक पहिलो चरणको एकलेन कालोपत्र सुरु भएको आयोजनाअन्तर्गत पश्चिम खण्ड इटहरी कार्यालयका प्रमुख जगत प्रजापतिले बताउनुभयो । निर्माण सम्झौता भएको दुई वर्षमा करिब ३५ प्रतिशत काम सकिएको उहाँले जानकारी दिनुभयो । प्रमुख प्रजापतिका अनुसार एसियन राजमार्ग नं २ अन्तर्गत काँकरभिट्टाबाट लौकहीसम्मको १२० किलोमिटर सडक स्तरोन्नति हुने भनिए पनि हाल ९५ दशमलव ७६ किमी सडक मात्र ठेक्का लागेर काम भइरहेको छ । पूर्वी खण्ड र…

Read More