
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, ८ मंसीर । सरकारले देशका विभिन्न ४९ जिल्लाका ६ लाख १५ हजार १६१ जनालाई गरिब परिचयपत्र वितरण गरेको छ । भूमि, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सम्बन्धित जिल्लाका स्थानीय तहसँग समन्वय गरी परिचयपत्र वितरण गरेको हो । अतिगरिबलाई रातो, मध्यम गरिबलाई पहेँलो र सामान्य गरिबलाई नीलो परिचयपत्र वितरण गरेको अन्य १५ जिल्लामा पनि परिचयपत्र वितरण गर्न दुई लाख गरिबको पहिचान भएको छ । यी १५ जिल्लामा वितरणका लागि कार्ड छपाइ गरी सम्बन्धित स्थानीय तहलाई पठाएको छ । वितरणको प्रक्रिया सुरु गरिएको छ । गरिबी न्यूनीकरण गरी गरिब जनतालाई आर्थिक रूपमा आत्मनिर्भर र सक्षम बनाउन सञ्चालित कार्यक्रम एकद्वार प्रणालीबाट सञ्चालन…
झापा, ७ मंसीर । नेपाल प्रिमियर लिग (एनपिएल) मा सट्टाबाजी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा आठ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत आन्द्र प्रदेश प्रकासम जिल्ला पामुर गाउँ घर भई काठमाडौँ महानगरपालिका–२६ सामाखुसी बस्ने ३१ वर्षीय राजा यदुला, ३५ वर्षीय महेश बाबु, ३० वर्षीय पण्डित श्रीनिवासुलु, २० वर्षीय सेख सोयब, ३० वर्षीय नभिन मड्डेला, ३२ वर्षीय महमद रफी सेख, १९ वर्षीय साइकुमार तम्मिसेट्टी तथा २८ वर्षीय सेखचन्द बसल रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो । प्रतियोगितामा सहभागी भई अनलाइनमार्फत बेटाकुलर लाइभ नामक बेटिङ साइटबाट खेल हारजित हुने…
झापा, ७ मंसीर । गत भदौ २४ गते जनजी आन्दोलनको क्रममा जिल्ला कारागार कार्यालय चितवनबाट पुर्पक्षका लागि थुनामा रहेका एक जना झापाबाट पक्राउ परेका छन् । सालकको अखेटोपहार मुद्दाका बन्दी झापा शिवसताक्षी नगरपालिका–८ का आशिष सुब्बा पक्राउ परेका हुन् । आज साँझ सुब्बा आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। हाल उनलाई इप्रका झिलझिलेमा राखिएको छ र सम्बन्धित कारागारमा बुझाउने प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
झापा, ७ मंसीर । झापा जिल्लामा ३५ हजार ९८२ जना नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख तुलसी नेपालले कार्यालयमा उपस्थिति भएर जैविक विवरण ९बायोमेट्रिक्स०मार्फत ११ हजार ७३३ र राष्ट्रिय परिचयपत्रमार्फत २४ हजार २४९ जना मतदाता थपिएका जानकारी दिनुभयो । उहाँका अनुसार झापामा नयाँ थपिएका मतदातासहितको सङ्ख्या सात लाख १४ हजार ५९५ पुगेको छ । निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता नामावली दर्ता तथा अद्यावधिकका लागि थप गरेको समय पनि सकिएको छ । आयोगले राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने व्यवस्था गराएपछि अनलाइनबाट नाम दर्ता गराउनेको सङ्ख्या थपिएको कार्यालयका प्रमुख नेपालले बताउनुभयो । थपिएका मतदाताले…
झापा, ७ मंसीर । काठमाडौँ महानगरपालिका–१० बानेश्वरनजिक थापा गाउँमा बस्दै आएकापत्रकार दीपेन्द्र खनिया मृत भेटिएका छन् । उनी बस्दै आएको घरमा पत्रकार खनिया आज मृत भेटिएका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिनुभयो । घरको चौथो तलाको बरण्डाको रेलिङमा झुन्डिएको अवस्थामा उनको शव भेटिएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताउनुभयो । पत्रकार खनिया रेडियो अडियोका सञ्चालक थिए ।
झापा, ७ मंसिर । झापाको बिर्तामोड नगरपालिका–७ मियाबारीस्थित रेखा खोलामा करेण्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ । शनिबार बिजुलीको पोलको तारबाट करेन्ट जडान गरी माछा मार्ने क्रममा ५२ वर्षीय आनन्द चौधरीलाई करेण्ट लाग्दा घटनास्थलमै मृत्यु भएको हो । यस घटनामा सहयोग गर्ने ऐतबारे बस्ने ४८ वर्षीय पुरन चौधरी र ३२ वर्षीय श्याम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको छ। मृतकको शवलाई कानुनी प्रक्रिया पूरा गरी पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको छ।
बिर्तामोड, ७ मंसीर । झापाको बिर्तामोड–२ चारपानेमा मूल कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २९ औं वार्षिक साधारण सभामा आगामी पुस २१ गते हुने भएको छ । संस्थाको गत कात्तिक २५ गते बसेको सञ्चालक समितिको बैठकले २९ औं साधारणसभा अन्तरगत पुस १ गतेदेखि इकाइगत सभा शुरु गरी पुस २१ गते अन्तिम माइन्युट प्रमाणिकरण भेला गर्ने निर्णय गरेको छ । यस्तो छ साधारण सभा सम्बन्धी सूचना सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडमूल कार्यालय, बिर्तामोड – २, चारपाने, झापा२९औं वार्षिक साधारण सभा सम्बन्धी सूचना उपरोक्त सम्बन्धमायस संस्थाको मिति २०८२÷०७÷२५ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकको निर्णय…
बिर्तामोड, ७ मंसीर । झापाको बिर्तामोड–५ मा मुख्य कार्यालय रहेको रामजानकी बचत तथा ऋण सहकारी संस्थाको १७ औं साधारण सभा मङ्सिर २७ गते हुने भएको छ । संस्थाको कार्तिक १५ गते बसेको सञ्चालक समितिको निर्णयअनुसार १७औं वार्षिक साधारणसभा अन्तरगत सबै सेवा केन्द्रमा मङ्सिर २५ गते इकाइगत सभा हुने संस्थाका व्यवस्थापक शुक्र राज भण्डारीले जानकारी दिनुभयो । मङ्सिर २७ गते अन्तिम माइन्युट प्रमाणीकरण हुने संस्थाका उहाँले बताउनुभयो ।
झापा, ७ मंसीर । देशको मौसममा पश्चिमी वायुको प्रभाव हटेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसअघि गत शुक्रबार बिहानदेखि हिजो शनिबार बिहानसम्म नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव थियो। अहिले भने मुलुकमा कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम महाशाखाले जनाएको छ। महाशाखाले आज बिहान ८ बजे दिएको जानकारीअनुसार आज दिउँसो कोसी प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। यस्तै आज राति कोसी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। आज काठमाडौँ उपत्यकामा पनि मौसम आंशिक बदलीदेखि मुख्यतया सफा…
झापा, ७ मंसीर । झापाको मेचीनगर नगरपालिका–१५ हेल्दुबारीस्थित भित्रि सडक खण्डमा शनिबार साँझ भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । भद्रपुरबाट इटाभट्टा तर्फ जाँदै गरेको प्र.१–०१–०१३ प. ३३३६ नम्बरको मोटरसाइकलले सडक किनारमा रोकिराखिएको प्र. १–०१–००१ त. ९९७७ नम्बरको ट्र्याक्टरलाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक सोही स्थानका ३८ वर्षीय बिनोद राउत र पछाडि सवार २१ वर्षीय निश्चल भुजेल दुबै जना गम्भीर घाइते भएका थिए । उनीहरूलाई प्रारम्भिक उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुरमा लगिएको थियो । त्यहाँ उपचारपछि थप उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा रेफर गरिएकोमा साँझ ७ः४५ बजे…