
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
भद्रपुर, २२ माघ । झापाको सदरमुकाम भद्रपुरमा बुधबारदेखि सुरु कोशी पाथीभरा इण्डो–नेपाल टी–२० च्याम्पियनसीपअन्तर्गत आज भएको दोस्रो खेलमा आयोजक भद्रपुर क्रिकेट क्लव विजयी भएको छ । जीएचसीए काठमाडौँलाई २३ रनले पराजित गर्दै भद्रपुरले महत्वपूर्ण २ अंक जोडेको छ । काठमाडौँको भने यो लगातार दोस्रो हार हो । हिजो भएको पहिलो खेलमा काठमाडौँ भारतको आसामसँग पराजित भएको थियो । अंकविहीन रहेको काठमाडौँको सेमिफाइनल यात्रा कठिन बनेको छ । भद्रपुर क्रिकेट क्लवको आयोजनामा भद्रपुर–८ स्थित मेची बहुमुखी क्याम्पसको क्रिकेट मैदानमा भद्रपुरले टस जितेर पहिलो व्याटिङ रोजेको थियो । भद्रपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४१ रन बनाएको थियो । जवाफमा काठमाडौँले…
झापा, २२ माघ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचार–प्रसार खर्चलाई पारदर्शी र अनुशासित बनाउन ‘निर्वाचन प्रचार–प्रसार बैंक खाता कार्यविधि, २०८२’ स्वीकृत गरेको छ। नयाँ कार्यविधिअनुसार राजनीतिक दल र उम्मेदवारले प्रचार खर्चका लागि छुट्टै बैंक खाता खोल्नुपर्नेछ। रु २५ हजारभन्दा बढी सहयोग नगदमा लिन पाइने छैन, सो रकम सीधै बैंक खातामा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ। पुराना खातामा रहेको रकम नयाँ खातामा सार्नुपर्नेछ। त्यस्तै, रु १ लाखभन्दा बढी सहयोगमा सहयोगदाताको नाम, ठेगाना, पेशा, कर विवरण खुलाउन अनिवार्य गरिएको छ। निषेधित निकाय वा व्यक्तिबाट सहयोग लिन पूर्ण प्रतिबन्ध लगाइएको छ। निर्वाचन सम्पन्न भएपछि दल र उम्मेदवारले खर्च विवरण सार्वजनिक गरी ३५…
भद्रपुर, २२ माघ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा झापा क्षेत्र नं २ मा पनि चुनावी गतिविधि तीव्र बन्दै गएका छन् । निवर्तमान सभामुख र उपसभामुखसहित पूर्वमन्त्री, संविधानसभा सदस्य, कानुनविद् तथा युवा अभियन्तासम्म चुनावी मैदानमा उत्रिएपछि यस क्षेत्रको राजनीतिक वातावरण थप रोचक बनेको छ । यस क्षेत्रमा १५ वटा राजनीतिक दल र तीन स्वतन्त्र उम्मेदवार गरी १८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । नेकपा ९एमाले० बाट निवर्तमान सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसबाट सरिता प्रसाईं, नेपाली कम्युनिष्ट पार्टीबाट धर्मशिला चापागाईं, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० बाट निवर्तमान उपसभामुख इन्दिरा राना मगर, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भद्रप्रसाद नेपाल,…
झापा, २२ माघ । निर्वाचन आयोगले आमनिर्वाचनका क्रममा हुने राजनीतिक दल तथा उम्मेदवारको प्रचार–प्रसार खर्चलाई पूर्ण रूपमा बैङ्किङ प्रणालीमा आबद्ध गराउने उद्देश्यसहित ‘निर्वाचन प्रचार–प्रसार बैङ्क खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२’ जारी गरेको छ । आयोगको यही माघ २० गते बसेको बैठकले उक्त कार्यविधि स्वीकृत गरेको हो । निर्वाचन आयोग ऐन, २०७३ को दफा २४ र दफा ५०, निर्वाचन आचारसंहिता, २०८२ को दफा १६, आयोगको माघ ८ को निर्णय तथा नेपाल राष्ट्र बैङ्कले माघ १२ मा जारी गरेको निर्देशनका आधारमा यो कार्यविधि ल्याइएको आयोगले प्रेस विज्ञप्तिमार्फत जनाएको छ । राष्ट्र बैङ्कको बैङ्क तथा वित्तीय संस्था नियमन विभागले बैङ्किङ कारोबार गर्न…
बिर्तामोड, २२ माघ । वीरता जेसीजले बिर्तामोड–१ स्थित सचिवालयमा राष्ट्रिय झण्डा र जेसीजको झण्डा झण्डोत्तोलन गरेको छ । बुधबार झण्डोत्तोलनका साथ सन् २०२६ को नेतृत्वले कार्य प्रारम्भ गरेको अध्यक्ष लोकचन्द्र श्रेष्ठले घोषणा गरे । अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको समारोहमा प्रमुख अतिथि वीरता जेसीजका पूर्व अध्यक्ष एकराज गिरीले राष्ट्रिय झण्डा र जेसीजको झण्डा झण्डोत्तोलन गरेका थिए । नेपाल जेसीजका पूर्व राष्ट्रिय तालिम आयुक्तसमेत रहेका प्रमुख अतिथि गिरीले राष्ट्रिय झण्डा सबै नेपालीको गौरव र जेसीजको झण्डा जेसीज युवाको शान भएको उल्लेख गरे । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष समेत रहेका गिरीले औपचारिकतामा सीमित हुने कार्यक्रमभन्दा समाजमा सकारात्मक प्रभाव पार्नसक्ने रचनात्मक काम गर्न…
झापा, २२ माघ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भागमा आंशिक बादल लागेको छ । तराईका केही स्थानमा तुवाँलो लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराईका केही स्थानमा कुहिरो लाग्ने छ । तराईका धेरै स्थानमा हुस्सु लाग्ने छ भने पहाडी तथा हिमाली भागमा मौसम सफा रहनेछ । त्यसैगरी, आज राति तराईका केही स्थानमा कुहिरो लाग्ने छ भने पहाडी तथा हिमाली भागमा मौसम सफा रहनेछ । महाशाखाले हिमपात, वर्षा र हुस्सुका कारण दैनिक जनजीवन, पर्यटन, पदयात्रा, स्वास्थ्यका साथै हवाई तथा सडक यातायातमा प्रभाव पर्ने भएकाले सतर्कता…
भद्रपुर, २१ माघ । झापा जिल्ला हुलाक कार्यालयका प्रमुख दामोदर घिमिरेको बिदाई गरिएको छ । अनिवार्य अवकाश पाउनुभएका कार्यालय प्रमुख घिमिरेलाई आज एक विशेष कार्यक्रमका बीच बिदाई गरिएको हो । कार्यालयका निमित्त कार्यालय प्रमुख टेकप्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा सेवानिवृत्त घिमिरेको प्रमुख आतिथ्य रहेको थियो । आठ वर्षभन्दा बढी समय जिल्ला हुला कार्यालय झापाको प्रमुखको जिम्मेवारी सम्हाल्नुभएका घिमिरेको बिदाईमा कर्मचारी मनोज तिम्सिना, प्रेस क्बल भद्रपुरका अध्यक्ष राजबाबु शंकर, नेपाल पत्रकार महासंघ झापाका सचिव राजु पाठक, महासंघका कार्यसमिति सदस्य सन्तोष शर्मा, भीमप्रसाद भट्टराई, पालिका हुलाकका कार्यालय प्रमुख तथा अन्य कर्मचारीको बाक्लो उपस्थिति रहेको थियो । बिदाई समारोहमा उहाँलाई सम्मान गर्नुका साथै…
झापा, २१ माघ । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी आजदेखि कोशी प्रदेशका १४ वटै जिल्लामा नेपाली सेना परिचालन गरिएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सरकारले जारी गरेको ‘एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२’ अनुसार आजदेखि कोशी प्रदेशका सबै जिल्लामा सेना परिचालन गरिएको हो । पूर्वी प्रितना हेडक्वाटर इटहरीकी जनसम्पर्क अधिकृत क्याप्टेन सुष्मा सुब्बाले गृह मन्त्रालयबाट प्रेषित योजनाअनुसार नेपाली सेनाले अन्य सुरक्षा निकायसँग सहकार्य गर्दै नागरिक प्रशासनलाई सहयोग पुर्याउने, संवेदनशील क्षेत्र तथा महत्वपूर्ण पूर्वाधारको सुरक्षा गर्ने, निर्वाचन अवधिभर उत्पन्न हुन सक्ने आपतकालीन अवस्थामा शीघ्र प्रतिक्रिया दिने, मतदाताको निर्वाध आवागमन…
झापा, २१ माघ । झापाको सदरमुकाम भद्रपुरमा पहिलोपटक अन्तर्राष्ट्रियस्तरको कोशी पाथीभरा इण्डो नेपाल टी–२० क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ । आज भएको उद्घाटन खेलमा भारतको राइनोल्याण्ड क्रिकेट एकाडेमी आसामले विजयी सुरुआत गरेको छ । आसामले जीएचसीए काठमाडौँलाई ४२ रनले पराजित गरेको हो । भद्रपुर क्रिकेट क्लवको आयोजनामा भद्रपुर–८ स्थित मेची बहुमुखी क्याम्पसको क्रिकेट मैदानमा पहिलो ब्याटिङ गर्दै आसामले १८.१ ओभरमा अलआउट हुँदै ९६ रन बनायो । जवाफमा काठमाडौँ १६.२ ओभारमा ५४ रनमा अलआउट भएपछि आसामले महत्वपूर्ण ३ अंक जोडेको छ । आसामका तर्फबाट मोहमद हबिबुल्लाले सर्वाधिक १९ रन बनाए भने काठमाडौँका तर्फबाट रुपेश श्रीवास्तवले ४ ओभरमा १६ रन खर्चिएर…
झापा, २१ माघ । झापाको शिवसताक्षी नगरपालिका–१० रतुवामाई वृक्षरोपण आयोजना कम्पाट नम्बर १ माईधार क्षेत्रमा अवैध रूपमा गोलिया काठ चोरी गरी लैजाने क्रममा एक व्यक्तिलाई नियन्त्रणमा लिइएको छ । गोप्य सूचनाको आधारमा रतुवामाई वृक्षरोपण वन आयोजनाका कर्मचारी तथा अस्थायी प्रहरी पोष्ट माईधारबाट खटिएको संयुक्त टोलीले टिक (रङ) जातको गोलिया काठ ६ वटा टुना, करिब १५ क्यूवि बराबर, दुईवटा साइकलबाट लोड गर्दै गरेको अवस्थामा शिवसताक्षी नगरपालिका–७ बैङडाडाका ३२ वर्षीय प्रकाश योङहाङलाई पक्राउ गरेको हो । उनको साथबाट बरामद गरिएको गोलिया काठ र दुईवटा साइकल आवश्यक कारबाहीका लागि रतुवामाई वृक्षरोपण आयोजना केर्खाका रेन्जर राजेन्द्र साहलाई बुझाइएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे…