jhapaonline add

झापा, ११ माघ । लोकप्रिय गायक सरगम राईको नयाँ सांगीतिक कृति ‘मगमग बसना’ सार्वजनिक भएको छ। सरगम राईकै स्वर, शब्द र संगीतमा तयार भएको यो गीत आरजिटी फिल्मसको आधिकारिक युट्युब च्यानलमार्फत दर्शक–श्रोतामाझ ल्याइएको हो। उत्साह, उमंग, प्रेम र सकारात्मक भावनालाई केन्द्रमा राखेर निर्माण गरिएको ‘मगमग बसना’ ले दर्शक तथा श्रोताबाट राम्रो प्रतिक्रिया पाउने विश्वास निर्माण पक्षले लिएको छ। गीतको एरेन्जमेन्ट बादल लिम्बुले गरेका हुन्। यसअघि सरगम राईका ‘खुशी साटौँ जुनी काटौँ’, ‘माया गाढा छ’, ‘पाती चढाउँला’, ‘दुई मुटु’ लगायतका गीतहरू दर्शक–श्रोतामाझ निकै लोकप्रिय भइसकेका छन्। गीतको म्युजिक भिडियोको छायांकन दिनेश पराजुलीले गरेका छन् भने सम्पादन विकास दाहालले गरेका हुन्। भिडियोको…

Read More

झापा, ११ माघ । पूर्वी झापामा लुकेको हरियो संसार अहिले घुमफिरको नक्सामा देखिन थालेको छ । हल्दिबारी गाउँपालिका–२ मा अवस्थित भेलागुढी सिमसार तथा सहिद स्मारक उद्यान ९पार्क० अहिले आन्तरिक पर्यटकका लागि नयाँ मात्र होइन, आकर्षक गन्तव्य बन्दै गएको छ । प्राकृतिक सौन्दर्य, जैविक विविधता र ऐतिहासिक स्मृतिको सङ्गम बनेको यो सिमसार क्षेत्रलाई स्थानीयले गर्वका साथ ‘झापाको हरित मुटु’ भन्न थालेका छन् । हल्दिबारी, भद्रपुर र बिर्तामोड तीनवटै पालिकाको सङ्गमस्थलमा करिब ९६ हेक्टर क्षेत्रमा फैलिएको यो सिमसार वनभोज, पारिवारिक घुमफिर, विद्यार्थी अध्ययन भ्रमण र प्रकृति अवलोकनका लागि उपयुक्त स्थलका रूपमा विकास हुँदैछ । विशेषगरी हिउँद र वसन्तयाममा यहाँ आउने आन्तरिक पर्यटकको…

Read More

झापा, ११ माघ । हाल नेपालमा न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भागमा आंशिक बादल लाग्नेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ । पूर्वी तथा मध्यतराई भूभागका केही स्थानमा बिहानीपख हुस्सु रहनेछ । त्यसैगरी, आज राति सुदूरपश्चिम प्रदेशलगायत पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्नेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी…

Read More

बागमती, ११ माघ । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ । साबुन उद्योग नजिकै तयारी साबुन र कच्चा पदार्थहरू राख्न निर्माण गरिएको गोदाममा गए राति अचानक विद्युत् सर्ट भई आगलागी हुँदा गोदामभित्र रहेका सम्पूर्ण साबुन, कच्चा पदार्थ, प्याकिङ गर्ने समान जलेर नष्ट भएको उद्योगका व्यवस्थापक प्रकाश बुढाथोकीले जानकारी दिनुभयो । आगलागीाबट करिब १०–१२ करोड मूल्यबराबरको क्षति भएको हुनसक्ने उहाँले बताउनुभयो । आगो लागेलगत्तै हेटौँडा उपमहानगरपालिकाबाट आएको दुईवटा बारुणयन्त्र, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली र स्थानीयहरूको प्रयासमा आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Read More

भद्रपुर, ११ माघ । पहिलो‌ पटक यहाँ ‘भद्रपुर‌ किड्स साइक्लो‌थन–२०८२’ सम्पन्न भएको‌ छ । भद्रपुर‌ साइकल समाजको‌ आयो‌जनामा मुलुकको‌ पाँचौ‌ं र‌ को‌शी प्रदे‌शको‌ पहिलो‌ ‘बालमै‌त्री स्थानीय शासनयुक्त नगर‌पालिका–भद्रपुर‌’मा ८–१४ वर्ष उमे‌र‌ समूहका बालबालिकाको‌ सहभागितामा माघ १० गते‌ बिहान साइकल दौ‌ड प्रतियो‌गिता भएको‌ हो‌ । भद्रपुर‌का नगर‌–प्रमुखको‌ प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सहभागी साइकल–र‌ाइडर‌ बालबालिका एवम् किशो‌र‌–किशो‌र‌ीहरूले‌ महे‌न्द्र पार्क ९महे‌न्द्र उद्यान०दे‌खि गायत्री मन्दिर‌, गामेर्‌न्ट चो‌क, बो‌क्तो‌बार‌ी भएर‌ मन्त्री चो‌कबाट पूर्व झापा चो‌कको‌ मुख्य सडक हुँदै‌ महे‌न्द्र उद्यानसम्मको‌ ११।११ किमि दूर‌ी पूर‌ा गर‌े‌का थिए । ‘भद्रपुर‌ झापा गो‌ल्डकप’का अध्यक्ष एवम् समाजसे‌वी दिपे‌श ढकाल र‌ प्रभा ढकाल दम्पतीबाट साइकल दौ‌ड पूर‌ा गनेर्‌ १९ जना सहभागीलाई प्रदान गर्न…

Read More

शिवसताक्षी, ११ माघ । झापा जिल्लाको शिवसताक्षी नगरपालिकामा जारी झापा जिल्ला स्तरीय अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिता अन्तर्गत शनिबार चार खेल सम्पन्न भएका छन्। शिवसताक्षी–११ स्थित दूधे रंगशालामा सम्पन्न खेलहरूमा बाह्रदशी गाउँपालिका, गौरादह नगरपालिका, मेचीनगर नगरपालिका र गौरीगञ्ज गाउँपालिका विजयी भएका छन्। पहिलो खेलमा बाह्रदशी गाउँपालिकाले कमल गाउँपालिकालाई सडन डेथमा ३–२ गोलअन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो। निर्धारित समयसम्म खेल २–२ गोलको बराबरीमा टुंगिएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो। ट्राइबेकरमा पनि ३–३ गोलको बराबरी भएपछि सडन डेथमा बाह्रदशीले कमललाई पराजित गरेको आयोजक शिवसताक्षी नगरपालिकाले जनाएको छ। उक्त खेलको म्यान अफ द म्याच बाह्रदशीका गोलकिपर गजेन्द्र थपलिया घोषित भए। त्यसैगरी दोस्रो खेलमा…

Read More

बिर्तामोड, १० माघ । झापा जिल्लाको बिर्तामोड नगरपालिका–६ किराँतचोकस्थित भित्री सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ । गत पुस ३० गते साँझ बुट्टाबारीबाट किराँतचोकतर्फ जाँदै गरेको मे २ प ६५७८ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा बिर्तामोड–६ बस्ने १८ वर्षीय समर मुसलिम घाइते भएका थिए । उनलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोडमा भर्ना गरिएको थियो । उपचारको क्रममा आज दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

झापा, १० माघ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकन डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४१ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७३ रुपैयाँ ०२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९८ रुपैयाँ ५८ पैसा र बिक्रीदर १९९ रुपैयाँ ३९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८६ रुपैयाँ ३७ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०० रुपैयाँ ५५…

Read More

झापा, १० माघ । मौसम पूर्वानुमान महाशाखाले देशका केही स्थानमा पानी परिरहेको र थप ठाउँमा वर्षाको सम्भावना देखिएको जानकारी दिँदै सतर्कताका लागि चेतावनी जारी गरेको छ। महाशाखाका आज बिहान सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशलगायत लुम्बिनी प्रदेश बागमती प्रदेशको पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बादल लागेको छ। अनि सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षा भइरहेको छ। देशका बाँकी स्थानमा भने मौसम मुख्यतया सफा छ। मौसम महाशाखाका अनुसार दिउँसो देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बादल लाग्नेछ भने देशका बाँकी ठाउँमा आंशिक बादल लाग्नेछ। यस क्रममा दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश,…

Read More

बिर्तामोड, ९ माघ । झापाको विर्तामोडमा आयोजित एक कार्यक्रमका सहभागी बक्ताहरुले नेपाली कांग्रेसले झापामा महिलालाई अवसर प्रदान गरेको भन्दै प्रसंशा गरेका छन् । नेपाली कांग्रेसले झापाको क्षेत्र नं–२ र ५ मा प्रत्यक्षतर्फ महिला उम्मेद्वार उठाएको छ । झापा–२ मा पूर्व केन्द्रीय सदस्य एवं पूर्व राज्यमन्त्री सरिता प्रसाई र झापा–५ बाट महासमिति सदस्य मन्धरा चिमरिया पौडेल नेपाली कांग्रेसका तर्फबाट उम्मेद्वार हुनुहुन्छ । यसैगरी झापा क्षेत्र नं–१ मा केशवराज पाण्डे, ३ मा राजेन्द्र घिमिरे र ४ मा देउकुमार थेवे उम्मेद्वार रहनुभएको छ । झापामा समानुपातिकतर्फ ६ महिलाहरु, सुशिला ढकाल आचार्य, उमा शिवाकोटी, गोमा भटराई, राधा कार्की, रिना उप्रेती र मनु विश्वकर्माले स्थान…

Read More