
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
कपिलवस्तु, १३ साउन । कपिलवस्तुको महाराजगन्ज नगरपालिका–१ गैडहवामा ट्रकको ठक्करबाट तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार ना ५ ख २३६४ नम्बरको ट्रकले मोटरसाइकल, साइकल र पैदल यात्रुलाई ठक्कर दिँदा दुर्घटना भएको हो।दुर्घटनामा गम्भीर घाइते भएका चार जनालाई उपचारका लागि कपिलवस्तु अस्पताल, तौलिहवा लगिएको थियो। उपचारका क्रममा चिकित्सकले तीन जनालाई मृत घोषणा गरेका छन् भने एक जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ।जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक राजन ढकालका अनुसार मृत्यु हुनेमध्ये दुई जना साइकल यात्री र एक जना पैदल यात्री रहेका छन्।प्रहरीले…
झापा, १३ साउन । झापाको भद्रपुरमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । बुधबार बिहान भद्रपुर नगरपालिका–४ स्थित एग्रो कार्यालय नजिक मायालु वन क्षेत्रमा करेन्ट लागेर स्थानीय ६५ वर्षीया सन ज्योति लिम्बुको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लिम्बुले आफ्नै बारीमा हाती धपाउनका लागि लगाएको नाङ्गो विद्युतीय तार छोएपछि करेन्ट लागेर उनी ढलेकी थिइन् । उनलाई लडिरहेको अवस्थामा उनकी बुहारी सविता खड्काले देखेपछि बिहान करिब ११ बजे प्रहरी चौकी महेशपुरलाई जानकारी गराएकी थिइन् । सूचना प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षक विशाल श्रेष्ठको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। टोली पुग्दा लिम्बुको मृत्यु भइसकेको प्रहरीले जनाएको छ। प्रहरीले…
झापा, १३ साउन । झापाको भद्रपुरमा कारको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ। बुधबार बिहान करिब ११ बजे भद्रपुर नगरपालिका–८ स्थित जिल्ला प्रशासन कार्यालय नजिकको भित्री सडकमा कारको ठक्करबाट ९२ वर्षीया धनमाया खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार कारागार कार्यालय झापाबाट जिल्ला प्रशासन कार्यालयतर्फ आउँदै गरेको प्रदेश १-०१-००२ च ०००५ नम्बरको सेतो कारले जिल्ला प्रशासन कार्यालयको काम सकेर सडकतर्फ निस्कँदै गरेकी भद्रपुर–९ निवासी खड्कालाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएकी खड्कालाई कार चालकले तत्काल ओमसाई पाथिभरा अस्पताल पुर्याएका थिए। उपचारका क्रममा बिहान ११:३० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। दुर्घटनापछि जिल्ला प्रहरी कार्यालय…
मेचीनगर, १३ साउन । झापाको मेचीनगर नगरपालिका–१० नागरडुब्बामा फ्रिजको तार सर्ट हुँदा आगलागी भई करिब २ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान करिब ३ः५० बजे स्थानीय लाल मोहम्मदको भान्सा कोठामा रहेको फ्रिजको तार सर्ट भई आगलागी भएको हो । आगलागीबाट फ्रिज, डाइनिङ टेबल, भाँडाबर्तन, चामल, एउटा मिटर बक्स तथा अन्य घरायसी सामग्री जलेर नष्ट भएका छन् । घटनामा मानवीय तथा चौपाया क्षति भने भएको छैन । स्थानीयवासी, नेपाल प्रहरी र मेचीनगर नगरपालिकाको दमकलको संयुक्त प्रयासमा आगो बिहान ४ः२० बजे पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगलागीबाट भएको क्षतिको थप…
झापा, १३ साउन । आषाढ शुक्ल पूर्णिमाका अवसरमा आज देशभर गुरु पूर्णिमा पर्व श्रद्धा र सम्मानका साथ मनाइँदैछ। ज्ञान, शिक्षा र दीक्षा प्रदान गर्ने गुरुजनप्रति कृतज्ञता व्यक्त गर्दै विभिन्न विद्यालय, गुरुकुल तथा संघ–संस्थाले विशेष कार्यक्रम आयोजना गरेका छन्। धार्मिक ग्रन्थअनुसार ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हो। अज्ञानरूपी अन्धकार हटाएर ज्ञानको उज्यालो फैलाउने व्यक्तिलाई गुरु भनिन्छ। हिन्दू शास्त्रमा गुरुलाई ब्रह्मा, विष्णु र महेश्वरको स्वरूप मानिएको छ। त्यसैले शास्त्रमा ‘गुरुब्रह्मा गुरुविष्णु गुरुदेवो महेश्वरः’ भन्ने श्लोकमार्फत गुरुको महिमा वर्णन गरिएको छ। गुरुलाई माता–पितासरह सम्मान दिँदै ‘आचार्यदेवो भव’ भन्ने मान्यता पनि प्रचलित छ। यस अवसरमा विद्यार्थी तथा शिष्यहरूले आफ्ना गुरुजनप्रति…
व्यंग्यनारान पाँडे कुलती मोराहरू सधैं त्यस्तै त हुन् नि !… आज चाहिं कमरेड हरिराम बाजे र ऐंसेलु झाँगे बाटैदेखि एकले अर्काेको नाकमा औंला पु¥याउँदै, ठूल्ठूलो लर्बरे स्वरमा, ठोलाबाजी गर्दै आइरहेको पाँडेले बार्दलीबाटै देख्यो । यी दुई यस टोलका, उन्नाइस–बीस फरक भए पनि, दुबै आ–आफ्नै लयका अनौठा खलनायक त हुँदै हुन् ! तैपनि आजको एक्लो र निरस बसाइमा मनले कुनै बहलिने विषय खोजिरहेको थियो र यस्तै बकम्फुसे भनाबैरी सुन्न पनि मज्जै लागेको थियो पाँडेलाई ! ती दुई उत्ति मातेका त थिएनन्, तर नमातेका पनि थिएनन् । ती दुई यसबेला दैनिक नै इण्डिया–बिहारको गलगलिया, खोरीबारी, पीडब्लुडी मोड, अधिकारी, बतासी इत्यादि नामका बजारहरू…
झापा, १३ साउन । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज विभिन्न प्रदेशमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपास र पश्चिम भूभागमा सरदरभन्दा उत्तरतर्फ रहेको छ। हाल कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने मधेस, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली छ। बागमतीका केही स्थान तथा कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भूभाग तथा बागमती, गण्डकी, लुम्बिनी र…
झापा, १३ साउन । सरकारले महिला कर्मचारीले पाउने सुत्केरी बिदा ९८ दिनबाट बढाएर ६ महिना पुर्याउने प्रस्ताव अघि सारेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधन गर्न तयार पारेको विधेयकको मस्यौदामा यस्तो व्यवस्था प्रस्ताव गरिएको हो। मन्त्रालयले साउन ६ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार तयार गरिएको मस्यौदा विधायन ऐन, २०८१ को दफा ६ बमोजिम सार्वजनिक गर्दै सर्वसाधारणको राय तथा सुझाव मागेको छ। इच्छुक व्यक्ति वा संस्थाले साउन १२ गतेभित्र आफ्नो सुझाव पेश गर्न सक्नेछन्। प्रस्तावित संशोधनअनुसार ऐनको दफा १३ को उपदफा (१) मा रहेको ‘कम्तीमा ९८ दिन’ भन्ने व्यवस्थालाई हटाएर ‘६ महिना’ बनाइनेछ। यो…
झापा, १३ साउन । बिर्तामोड नगरपालिका–८ स्थित देउनिया खोलाको पुलमुनि पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार मंगलबार साँझ करिब ६ बजे बिर्तामोड–भद्रपुर सडकखण्डअन्तर्गत रहेको देउनिया पुलमुनि शव फेला परेको हो । स्थानीयले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली घटनास्थल पुगेर मुचुल्का उठाउने तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइरहेको प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिए । मृतकको परिचय खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
झापा, १२ साउन । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनाल ले प्रहरी कर्मचारीलाई व्यक्तिगत आवश्यकताभन्दा सङ्गठनको हित र उद्देश्यलाई सर्वोपरि राखी उच्च व्यावसायिकता, अनुशासन र जिम्मेवारीका साथ पदीय दायित्व निर्वाह गर्न निर्देशन दिएका छन्। सोमबार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा आयोजित निर्देशन कार्यक्रममा उनले प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेपछि पहिलोपटक प्रहरी अधिकृत तथा कर्मचारीलाई सम्बोधन गर्दै आपसी सहयोग, समन्वय र प्रतिबद्धताबाट मात्रै सङ्गठनका लक्ष्य प्रभावकारी रूपमा हासिल गर्न सकिने बताए। उनले सङ्गठनप्रति समर्पित, एकताबद्ध र उत्तरदायी भएर काम गर्न सबै प्रहरी कर्मचारीलाई आग्रह गरे। डीआईजी खनालले नेपाल प्रहरीले विगतदेखि नै विषम परिस्थितिमा समेत प्रभावकारी र नागरिकमैत्री…