
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, १ पुस । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्व चयनका क्रममा ११ जना केन्द्रीय सदस्य र अनुशासन तथा लेखा आयोगका ६ जना पदाधिकारी निर्विरोध निर्वाचित भएका छन्। केन्द्रीय सदस्य निर्विरोध निर्वाचितहरूलुम्बिनी प्रदेश महिलातर्फ: गुमादेवी आचार्य, मेनकाकुमारी पोखरेल, शान्तीदेवी ढकालमधेशी क्लस्टर युवातर्फ: अमरकुमार यादवसमावेशी मुस्लिम महिलातर्फ: खाजिदा खातुन सिद्धकीसमावेशी श्रमिक महिलातर्फ: कमलादेवी श्रेष्ठ, सिता लामापिछडिएको क्षेत्र महिलातर्फ: वदमीक्वारी बुढाप्रवास दक्षिण एशियातर्फ: हरिप्रसाद घिमिरे४० वर्ष मुनिका युवातर्फ: नरेश रोकाया, सुशिलकुमार थापा अनुशासन आयोग निर्विरोध पदाधिकारीअध्यक्ष: प्रा.डा. भरतराज पहारीउपाध्यक्ष: चक्रबहादुर पराजुलीसचिव: डा. राजेन्द्र घिमिरे लेखा आयोग निर्विरोध पदाधिकारीअध्यक्ष: डा. पुष्पराज कँडेलउपाध्यक्ष: धनेन्द्रराज घिमिरेसचिव: ईश्वरीप्रसाद खरेल यसरी महाधिवेशनमा विभिन्न समावेशी समूह र प्रदेशबाट…
झापा, १ पुस । हाल नेपालमा पश्चिम वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया मौसम सफा रहेको छ । आज दिउँसो कोशी प्रदेशको हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । आज राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
झापा, २९ मंसिर । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न ३१ संस्थालाई अनुमति दिएको छ । आयोगले २७ राष्ट्रिय र चार अन्तर्राष्ट्रिय संस्थालाई निर्वाचनमा पर्यवेक्षण गर्न अनुमति दिएको हो । यी हुन् संस्थाहरु
झापा, २९ मंसिर । चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो चौमासिकमा करिब रु सात खर्ब रेमिट्यान्स भित्रिएको छ । गत कात्तिक महिनासम्म विप्रेषण आप्रवाह ३१ दशमलव चार प्रतिशतले वृद्धि भई रु छ खर्ब ८७ अर्ब १३ करोड पुगेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । गत कात्तिक महिनामा मात्रै रु एक खर्ब ३३ अर्ब ८२ करोड बराबर विप्रेषण आप्रवाह भएको छ । केन्द्रीय बैङ्कका अनुसार यही अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु सात खर्ब ५४ अर्ब ९३ करोड पुगेको छ । चालु आवको पहिलो चौमासिकमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या एक लाख ४५…
बिर्तामोड, २९ मंसिर । झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाको १३ औँ वार्षिक साधारणसभा अन्तरगतको एकाइ नं. १ को एकाइगत साधारणसभा सम्पन्न भएको छ । कनकाई नगरपालिका–३ स्थित कनकाई उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भएको एकाइगत साधारणसभामा सञ्चालक समितिबाट तयार गरिएको वार्षिक प्रगति प्रतिवेदन संस्थाका उपाध्यक्ष एवम् कार्यवाहक अध्यक्ष राजेन्द्रप्रसाद गौतमले प्रस्तुत गर्नु भएको थियो । लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन संस्थाका लेखासुपरिवेक्षण समिति संयोजक अर्जुन लामा र ऋण उपसमितिको प्रतिवेदन संस्थाका ऋण उपसमिति संयोजक तुलसीराम गौतमले गर्नुभएको थियो । संस्थाको १३ औँ वार्षिक साधारणसभाको पूर्वनिर्धारित कार्यसूची अन्तर्गत प्रस्तुत गरिएको प्रतिवेदन अनुमोदनसमेत गरिएको, आर्थिक…
लीलाराज झापालीकनकाई, २९ मंसिर । झापाको कनकाई नगरपालिका–७ नगरपालिका छेउबाट एक प्रेमिले आफ्नी प्रेमिकालाई घरबाट बोकेरै भगाएका छन् । उनीले खुसीले आफ्नी प्रेमिकालाई घरबाट भगाएका भने होइनन्, उनकी प्रेमिका अर्थात् ३० वर्षीय डोल्मा पासाङ्ग तामाङ हिँड्डुल गर्न सक्दिनन् । उनको दुबै खुट्टा चल्दैन । उनी मुस्किले बस्न सक्छिन् भने राम्ररी बोलचाल गर्न पनि सक्दिनन् त्यसकारण उनका प्रेमि दिलिप थापाले आफ्नी प्रेमिकालाई बोकेरै घरबाट भगाउनु परेको हो । कनकाई–७ की डोल्मा र त्यही डेरा गरी बस्ने ३२ वर्षीय दिलिप थापा बीच गत फागुनदेखि सामान्य बोलचाल मात्र थियो । त्यो पनि इमोबाट भएको थियो । उनीहरु दैनिक गफीन थाले र यो गफ…
झापा, २९ मंसिर । काठमाडौँको भृकुटीमण्डपमा आइतबारदेखि जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत आज नेतृत्वका लागि उम्मेदवारी दर्ता हुँदैछ। एमालेले जनाएको अनुसार दोस्रो दिनको बन्दसत्र बिहान ८ बजे सुरु भएको छ। निर्वाचन तालिकाअनुसार आइतबार साँझ प्रकाशित मतदाताको अन्तिम नामावलीमा दाबी–विरोधका लागि आज बिहान ९ बजेसम्म समय तोकिएको छ। निर्वाचन आयोगका प्रमुख विजय सुब्बाका अनुसार आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ र मंगलबार मतदानको तयारी गरिएको छ। आयोगले सार्वजनिक गरेको कार्यक्रमअनुसारःदाबी–विरोधको छानबिन बिहान १० बजेसम्म सकिनेछ।अन्तिम मतदाता नामावली बिहान १०:१५ बजे प्रकाशित हुनेछ।उम्मेदवारी फारम वितरण बिहान ९ बजेदेखि १२ बजेसम्म हुनेछ।उम्मेदवारी दर्ता बिहान १०:३० देखि दिउँसो १:30 बजेसम्म हुनेछ।प्रारम्भिक उम्मेदवार नामावली दिउँसो…
झापा, २९ मंसिर । अस्ट्रेलियाको बोन्डी बिचमा आइतबार भएको अन्धाधुन्ध गोलीकाण्डमा १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु भएको छ। न्यू साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले घटनामा एक आक्रमणकारी पनि मारिएको पुष्टि गरेका छन्। प्रहरी आयुक्त माल लानियोनका अनुसार आक्रमणकारीहरू बुबा–छोरा थिए । बुबा ५० वर्षीय साजिद अक्रम प्रहरीको गोली लागेर मारिएका छन् भने छोरा २४ वर्षीय नविद अक्रम गम्भीर घाइते भएका छन् । बीबीसीका अनुसार घटनास्थलबाट ड्युटीमा रहेका प्रहरी अधिकारीहरूसहित ४२ जनालाई अस्पताल लगिएको छ । प्रहरीले साजिद अक्रमसँग हतियारको लाइसेन्स रहेको र उनको नाममा छवटा हतियार दर्ता गरिएको जनाएको छ । ती सबै हतियार घटनास्थलबाट बरामद गरिएको छ ।…
झापा, २९ पुस । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ । आज पनि अमेरिकी डलर, बहराइन दिनारसहित केही विदेशी मुद्राको विनिमयदर स्थिर रहँदा अस्ट्रेलियन डलरको मूल्य घटेको छ। तर युरो, पाउन्ड, कुबेती दिनारसहितका मुद्राको मूल्य भने बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । आज अमेरिकी डलर १ को खरिदर १४४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९९ पैसा छ । हिजो र अस्ती पनि अमेरिकी डलरको विनिमयदर यही थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो । त्यसैगरी, आज युरो १ को खरिदर १६९ रुपैयाँ ५० पैसा र बिक्रीदर १७० रुपैयाँ २० पैसा…
झापा, २९ मङ्सिर । पछिल्लो २४ घण्टा शनिबार बिहान १० बजेदेखि आइतबार बिहानसम्म देशभर कूल २५ वटा विपद्जन्य घटना घटेका छन् । ती घटनामध्ये सबैभन्दा बढी आगलागीका घटना रहेका छन् । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कतै डढेलो त कतै भान्सामा खाना पकाउने ग्याँस लिक हुँदा २२ वटा आगलागीका घटना भएका छन् । बिजुली सर्ट भएर, असावधानी एवम् जनचेतनाका अभावमा पनि आगो लागेको प्राधिकरणको विवरणमा उल्लेख छ । रौतहटमा तीन, पाँचथर, झापा, कास्की र स्याङजाका दुई–दुई स्थानमा आगलागीका घटना भएका छन् । मोरङ, भोजपुर, उदयपुर, सर्लाही, काठमाडौँ, स्याङजा, रुपन्देही, दाङ, अछाम र दार्चुलाका एक÷एक स्थानमा आगलागीका घटना…