jhapaonline add

दोलखा, ३ फागुन । कालिञ्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य घरायसी विवादका क्रममा जेठाजु चन्द्र बहादुर थामी (६८) ले बुहारी देउमाया थामी (५१) को खुकुरी र ढुङ्गाले प्रहार गरी हत्या गरेका छन् । शनिवार दिउँसो ४ बजे भएको घटनापछि फरार रहेका चन्द्र बहादुरलाई प्रहरीले सोही दिन साँझ करिब ५ः३० बजे कालिञ्चोक–६ लेप्टुङ अधेरी खोल्साबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले बताए । घटनामा प्रयोग भएको खुकुरी समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Read More

बिर्तामोड, ३ फागुन । नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट झापा–२ की प्रतिनिधि सभा सदस्य उम्मेदवार धर्मशिला चापागाईंले २० बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेकीछन् । आइतबार चुनाव परिचालन समितिको कार्यालयमा पत्रकार सम्मेलन गरी चापागाईंले आफ्नो निर्वाचन क्षेत्रको समृद्धिका लागि विस्तृत चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेकी हुन् । ‘झापा–२ लाई समुन्नत, न्यायपूर्ण र समृद्ध बनाउने’ संकल्पका साथ उनले शिक्षा, स्वास्थ्य, पूर्वाधार र सुशासनलाई समेट्दै २० बुँदे योजना अघि सारेकी छन् । प्रतिबद्धता पत्रमा बिर्तामोडलाई शिक्षा, व्यापार र स्वास्थ्यको क्षेत्रीय हबको रुपमा विकास गर्ने, विराटपोखरी, अर्जुनधारा जलेश्वर धाम, सालबारी, निचाझोडा जस्ता क्षेत्रको धार्मिक तथा पर्यटकीय विकास गर्ने, चारपाने दक्षिणको क्षेत्रलाई औद्योगिक करिडोरको रुपमा विकास…

Read More

बिर्तामोड, ३ फागुन । सातौं झापा गोल्डकपको उपाधिमा मच्छिन्द्र फुटबल क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लबले आआफ्नो दाबी गरेका छन् । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आज आयोजित प्रि म्याच कन्फ्रेन्समा फाइनलमा पुगेका दुबै टिमले उपाधि हात पक्षमा पार्ने दबी प्रस्ततु गरेका हुन् । मच्छिन्द्र फुटबल क्लबका प्रशिक्षक प्रवेश कटवालले अहिले चलिरहेका अन्य चर्चित प्रतियोगिताहरु छोडेर झापा गोल्डकपमा फोकस गरेको बताए । उनले मच्छिन्द्रको ए टिम मैदानमा उतार्ने बताएका छन् । उनले अधिकांस झापाली खेलाडी समेटेर बनाएको टिमलाई दर्शकको समर्थनसमेत जितको एउटा आधार हुने बताए । त्यसैगरी एपिएफका प्रशिक्षक राजेन्द्र तामाङले राष्ट्रिय लिगमासमेत उच्च प्रदर्शन गरेका र नियमित क्याम्पमा रहेका पहिलो…

Read More

बिर्तामोड, ३ फागुन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का झापा क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार डिल्लीराम घिमिरे (हिक्मत) ले यहाँका मतदातासमक्ष २६ बुँदे प्रतिबद्धता जनाउनुभएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन प्रचार–प्रसार झापा क्षेत्र नं. ३ क्षेत्रीय समितिले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उम्मेदवार घिमिरेले आफ्ना प्रतिबद्धता जनाउनुभएको हो । पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय सदस्य पुष्पराज पोखरेल उम्मेदवारमा नयाँ, पार्टीमा पुरानो, यही भुगोलमा रहेर राजनीतिक–सामाजिक योगदान दिएको व्यक्तिलाई उम्मेदवार बनाएको बताउनुभयो । धेरै कुरामा योग्य भएकाले पार्टीले उम्मेदवार बनाएको उहाँले बताउनुभयो । ‘गाउँघरमा पुग्दा मतदाताले योग्य र उपयुक्त उम्मेवार पाएको भन्दै…

Read More

भद्रपुर, ३ फागुन । झापाको भद्रपुरबाट प्रकाशित सुखानी सन्देश साप्ताहिकको ‘वैदेशिक रोजगार विशेषांक’ (म्यागेजिन) विमोचत गरिएको छ । प्रेस क्लब भद्रपुरको आयोजनामा आज भद्रपुरस्थित क्लबकै सभाहलमा विशेषांकको विमोचन गरिएको हो । क्लबका अध्यक्ष राजबाबु शंकरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रेस इन्सिच्युटका अध्यक्ष तीर्थ कोइराला रहनुभएको थियो । प्रमुख अतिथि कोइरालाले मानिस प्रगति खोज्ने र त्यसका लागि चलायमान हुने प्राणी रहेको बताउनुभयो । ‘अहिलेको पुस्ता पनि प्रगतिकै खोजीमा बाहिर जाने गरेका छन्’, उहाँले भन्नुभयो, ‘सबै कुरा नराम्रो छैन, नयाँ ठाउँमा गएर नयाँ कुरा सिक्छन् ।’ मानव जातिको इतिहास चलायमान रहेको उहाँले बताउनुभयो । ‘सुखानी पत्रिकाले धेरै कुराले प्रकारन्तरले समेटेको…

Read More

देवेन्द्र किशोर ढुंगानाहामीअब बाँच्नकोलागि भिख माग्दैनौं,न त हामी मर्न चाहन्छौं,हामी केवल साङ्लाहरूको सामना गर्न खुला बाटो पाउन चाहन्छौं। जुन समयले हामीलाई यहाँ झुक्न सिकायो,हामी तिनीहरूलाई परिवर्तन गर्न चाहन्छौं। हामी के असम्भव छ भनेर प्रदर्शन गर्न चाहन्छौं। यी पाइलाहरू थकानले बस्दैनन्, हामीले कहिले रोक्न सिक्यौं,हामीले हिंड्न सिक्यौं,बाल्यकालदेखि,आँधीबेहरी हेर्दै। जहाँ पीडाको वर्षा हुन्छ,रात आँसुको रूपमा अस्ताउँछ,हामी त्यो अँध्यारोमा सूर्य बन्छौं,आशाका किरणहरू प्रज्वलित गर्दछौं। जहाँ सहनशील पीडाको हरेक सीमा नाघेको हुन्छ,त्यो पीडाको जलिरहेको भट्टीबाटफलाम जस्तो हृदय जाली हुन्छ।हामी भाँच्नेछौं तर छरपस्ट हुने छैनौं,हामी झुक्ने छौं तर बेच्नेछैनौं,हामी माटोको कसम खान्छौं,हामी हाम्रो मातृभूमिबाट टाढा सर्ने छैनौं।योधर्ती आमाको माया हो,यी पहाडहरू उनको गौरव हुन्,पसिनाको हरेक…

Read More

झापा, ३ फागुन । प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजाआराधना गरी आज देशभर मनाइँदैछ । आज झापाको अर्जुनधारा, कनकाई धाम लगायत जिल्लाभरिका शिवालयमा भक्तजनको घुइँचो लागेको छ । आज दिउँसो १६ः५२ बजेसम्म त्रयोदशी तिथि छ । त्यसपछि चतुर्दशी प्रारम्भ हुन्छ । चतुर्दशी तिथि सोमबार दिउँसो १७ः३५ बजेसम्म छ । मध्यरातमा चतुर्दशी तिथि आइतबार परेकाले यसै दिन महाशिवरात्रि पर्व मनाउने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । पर ब्रह्मले फाल्गुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा…

Read More

कतार, ३ फागुन । वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका झापाको बाहुनडाँगी घर भई विभिन्न क्षेत्रमा कार्यरत नेपालीको साझा संस्था बाहुनडाँगी प्रवासी समाज कतारको अध्यक्षमा रविनराज काफ्ले सर्वसम्मत रूपमा चयन भएका छन् । दोहामा फागुन १ गते सम्पन्न समाजको छैटौँ साधारण सभाले नयाँ नेतृत्व चयन गर्दै आगामी कार्यकालका लागि सर्वसम्मत कार्यसमिति गठन गरेको हो । समितिको प्रथम उपाध्यक्षमा भूपेन्द्र भारती, द्वितीय उपाध्यक्षमा मौसम घिसिङ, महासचिवमा सन्देश नेपाल, सचिवमा डम्बर कार्की र प्रबिन भण्डारी, महिला सचिवमा सारु दास, कोषाध्यक्षमा ललित राउत, सह–कोषाध्यक्षमा रोमन रिजाल चयन भएका छन् । त्यस्तै, संस्थाको सदस्यहरूमा कविराज अधिकारी, दिवश भुजेल, दीपक हुमागाई, आप्सरा पौडेल, संगम नेपाल, साहिल…

Read More

झापा, ३ फागुन । झापाको बुद्धशान्ति गाउँपालिका–५ गढिगाँउस्थित भित्री सडक खण्डमा गोलिया बोकेको ना ६ ख ७९५४ नम्बरको ट्रक अनियन्त्रित भई सडकको बायाँ साइडमा पल्टिँदा चार जना घाइते भएका छन् । शनिबार दिउँसो ३ बजे ठुटेबरबाट मंगलबारेतर्फ जाँदै गरेको ट्रक पल्टिँदा चालकसहित लोड–अनलोडमा संलग्न कामदारहरू घाइते भएका हुन् । दुर्घटनापछि ट्रक घटनास्थलमै रहेको छ भने घाइतेहरूलाई उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोडमा लगिएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यी हुन् घाइते, यस्तो छ अवस्थाअनु कुमार चौधरी (४० वर्ष, अर्जुनधारा–१०) — छाती र टाउकोमा चोट, अवस्था मध्यम ।मुकेश मगर (२८ वर्ष, अर्जुनधारा–३) —…

Read More

भद्रपुर, ३ फागुन । भद्रपुरस्थित वडा प्रहरी कार्यालयको प्रहरी टोलीले लागुऔषध सेवन गरिरहेको अवस्थामा पाँच जनालाई नियन्त्रणमा लिएको छ। शनिबार दिउँसो ३ः४० बजे गोप्य सूचनाको आधारमा प्रहरी निरीक्षक मोतिलाल योन्जन तमाङको कमाण्डमा खटिएको टोलीले भद्रपुर नगरपालिका–८ सगरमाथा चोकमा जगतबहादुर मगरको घर भाडामा बस्दै आएका युवाहरूलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट ब्राउन सुगरजस्तो देखिने लिसाइलो पदार्थ प्लास्टिकसहित तौल गर्दा १० ग्राम ३८० मिलिग्राम (प्लास्टिकबाहेक ९ ग्राम ५८० मिलिग्राम) बरामद भएको प्रहरीले जनाएको छ। साथै, कृष्ण राजवंशीको नाममा दर्ता भएको मे १० प ३८ ७१ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिइएको छ । पक्राउ पर्नेहरुमा भद्रपुर–८ का २८ वर्षीय कृष्ण राजवंशी, १८…

Read More