
एजेन्सी, १३ साउन । अस्ट्रेलियाले वेस्ट इण्डिजविरुद्धको ५ टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ ।
पाँचौ खेलमा आज ३ विकेटको जित निकालेको अस्ट्रेलियाले ५–० ले जितेको छ।

१ सय ७१ रनको लक्ष्य अस्ट्रेलियाले १७ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । अस्ट्रेलियाका मिचेल ओविन १७ बलमा ३ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ३७ रन बनाए ।
क्यामरुन ग्रिन १८ बलमा ५ चौकाको सहयोगमा ३२ रन जोडे । टिम डेबिड १२ बलमा ३०, कप्तान मिचेल मार्श ८ बलमा १४ तथा जोस इङ्ग्लिस ५ बलमा १० रनमा आउट भए । आरोन हार्डी २५ बलमा २ चौका र १ छक्काको सहयोगमा २८ रनमा अविजित रहे ।
वेस्ट इण्डिजका अकिल होसेनले ३ तथा अल्जारी जोसेफ र जेसन होल्डरले समान २ विकेट लिए ।
त्यसअघि वार्नर पार्कमा टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इण्डिजले १९।४ ओभरमा सबै विकेट गुमाएर १ सय ७० रन बनायो । वेस्ट इण्डिजका शिमरन हिटमायरले ३१ बलमा ३ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ५२ रनको अर्धशतकीय इनिङ खेले ।
शरफन रादरफार्ड १७ बलमा ६ चौका र १ छक्काको सहयोगमा ३५ रन बनाए । जेसन होल्डर २०, म्याथ्यु फोर्ड १५ तथा अकिल होसेन र ब्राण्डन किंग समान ११ रनमा आउट भए । अस्ट्रेलियाका बेन ड्वाशुसले ३, नाथन एलिसले २ तथा आरोन हार्डी, सन एबट, ग्लेन म्याक्सवेल र एडम जाम्पाले समान १ विकेट लिए ।
टि ट्वान्टी आई सिरिज अघि भएको ३ टेस्टको सिरिज पनि अस्ट्रेलियाले क्लिन स्विप गरेको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

