
थाइल्याण्डमा जारी महिला टी–२० स्म्यासको उपाधिका लागि नेपालले आयोजक थाइल्याण्डलाई प्रतिद्धन्द्धी पाएको छ ।
शुक्रबार भएको दोस्रो सेमिफाइनलमा यूएईलाई ४९ रनले हराउँदै थाइल्याण्डले फाइनलमा स्थान बनायो । पहिले ब्याटिङ गरेको थाइल्याण्डले २० ओभरमा सात विकेट गुमाउँदै ९१ रन बनाएको थियो ।
जवाफमा उसले यूएईलाई १५ ओभर चार बलमा मात्र ४२ रनमा अल आउट गर्यो । यसअघि नेपालले इन्डोनेसियालाई ९२ रनले हराउदै फाइनलमा स्थान बनाएको थियो । समूह चरणमा नेपालले थाइल्याण्डको ए टिमलाई हराएको थियो । फाइनल खेल शनिबार हुनेछ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

