
आयोजक संयुक्त अरब इमिरेट्स (यूएई) लाई ४–० गोलले हराउँदै कतार एसिएन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबारराति सम्पन्न खेलमा कतारले पहिलो र दोस्रो हाफमा दुई दुई गोल गरेको थियो।
कतारको जितमा बोउलेम खोउखीले २२ औं मिनेटमा खाता खोले। ३७ औं मिनेटमा अल्मोज अलीले गोल गर्दै पहिलो हाफका कतारको अग्रता दोब्बर बनाए। ८० औं मिनेटमा हसन अल हैदोसले तेस्रो गोल गरे। इन्जुरी समयमा हमिद इस्मेलले अर्को गोल थप्दै कतारको जित सहज बनाए ।
यूएई खेलको अन्तिम समयमा १० खेलाडीमा खेल सकेको थियो । यूएईका इस्मेल अहमेद रातो कार्ड पाउँदै बाहिरिएका थिए । त्यसपछि कतारले चौथो गोल थपेको थियो । यूएईले दोस्रो हाफमा गोल गर्ने राम्रा अवसर बनाएपनि गोल गर्न सकेन।
सन् २०२२ को विश्वकप आयोजक कतारले फाइनलमा एसियाली पावर हाउस जापानको समना गर्नेछ । जापानले इरानलाई हराएर फाइनलमा स्थान बनाएको छ। एजेन्सी
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

