
एजेन्सी, ४ भदौ । इन्ग्लिश प्रिमियर लिग अन्तर्गत सोमबार राति भएको खेलमा वुल्भ्सविरुद्ध पेनाल्टीमा गोल गर्न असफल भएपछि इन्ग्लिश क्लब म्यानचेस्टर युनाईटेडमा मिड फिल्डर पाउल पोग्बामाथि भएको रंगभेदी दुर्ब्यबहारप्रति क्लबले आपत्ति जनाएको छ ।
युनाईटेडले मंगलबार प्रेस विज्ञप्ति निकाल्दै आफ्ना मिडफिल्डर पोग्बाविरुद्ध भएको रंगभेदीय दुर्व्यवहारको भर्त्सना गरेको छ ।
‘पाउल पोग्बालाई हिजो भएको रंगभेदी दुर्व्यवहारले म्यानचेस्टर युनाईटेड र समर्थकहरु निराश छन् र हामी यसको घोर निन्दा गर्दछौ’, विज्ञप्तिमा भनिएको छ ।
यस्तै क्लबले दुर्व्यवहार गर्नेहरुको छानबिन समेत भईरहेको जनाएको छ । पोग्बाले पेनाल्टी मिस गरेको उक्त खेलमा युनाईटेड १–१ गोलको बराबरीमा समेत रोकिएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

