
झापा, ४ बैशाख । बन्दबन्दीमा पनि सर्लाहीमा पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माणको काम चलिरहेको छ । राष्ट्रिय गौरवको योजनाका रूपमा रहेको रेलको लिग तथा पुल निर्माणका लागि काम भइरहेको हो ।
अहिले सर्लाही र महोत्तरीे जिल्लाको सीमामा पर्ने बाँके खोलामा मजदुर खटिएर धमाधम निर्माणको काम गरिरहेका छन् । उनीहरूले काम गर्दा आपसमा दूरी कायम गरी बाहिरबाट कोही मानिस आउन दिएका छैनन् ।
निर्माण कम्पनीका प्रतिनिधि तीर्थ श्रेष्ठका अनुसार बाहिरबाट कसैलाई पनि आउन नदिई आवश्यक सम्पूर्ण सामग्री जुटाएर काम धमाधम भइरहेको हो ।
बाँके खोलामा अहिले सबै ठाउँबाट आउने बाटो बन्द गरी एक दर्जन बढी मजदुर खटिएर काम गरिरहेका श्रेष्ठले जानकारी दिए । आफूहरूले काम मात्रै नगरेर रेलमार्ग निर्माणका लागि जम्मा गरिएका सामग्री कुर्ने कामसमेत गरिरहेको मजदुरहरूले बताएका छन् । आजको गोरखापत्र दैनिकमा खबर छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


