
झापा, १६ वैशाख । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ५४ पगेको छ । मुलुकभरको संक्रमण दर हेर्दा प्रदेश १ मा ६० प्रतिशतको हाराहारी अर्थात ३१ जनामा कोरोना संक्रमण देखिएको छ ।
झापाको दमक, बाह्रदशीमा एक÷एक जना कोरोना भएको पुष्टि भइसकेको छ । यसअघि ५२ जनामा कोरोना देखिएको थियो । आज रौतहटमा दुई जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ५४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
उनीहरु भारतबाट आएर क्वारेन्टाइनमा बसेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । प्रदेश १ मा रहेका ३१ जना कोरोना सङ्क्रमित उपचार विराटनगरस्थित कोरोना कोशी अस्पतालमा उपचार भइरहेको छ । उपचारपछि १६ जना निको भएर घर फर्किएका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


