
बिर्तामोड, १८ वैशाख । दमक नगरपालिका–३ मा एक जनामा कोरोना भेटिएपछि गरिएको स्वाब संकलनमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
चार दर्जन भन्दा बढी नगरबासीमा गरिएको स्वाब परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । दमक नगरपालिकाले एक विज्ञप्ति जारी गरेर यसको पुष्टिसमेत गरेको छ ।
५४ जना व्यक्तिबाट लिइएको स्वाब नमुना परीक्षण लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएकोमा बुधबार प्राप्त रिपोर्ट अनुसार सबै नमुनाहरूको नतिजा संक्रमण नभएको आएको विज्ञप्तिमा उल्लेख छ ।
नगरपालिकाले ३ नम्बर वडासहित आसपासको क्षेत्र गरेको सीलबन्दी हटाएको छ । सुरक्षित भएर सामाजिक दुरी कायम गरी अत्यावश्यक काम बाहेक बाहिर हिँडडुल नगर्न नगरपालिकाले आग्रह गरेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


