
हल्दिबारी, १३ पुस । झापाको हल्दिबारीमा निःशुल्क स्वास्थ्य शिविर भएको छ । गाउँपालिकाको आयोजना तथा बीएण्डसी अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा भएको शिविरमा २ सय ८४ जनाले सेवा लिएका छन् ।
हल्दिबारी–५ स्थित गाउँपालिका हाताभित्र भएको शिविरमा मुटु रोग, महिला रोग, हाडजोर्नी, इएनटी, बाल रोग, महिलाको पाठेघरको क्यानसर परीक्षण गरिएको थियो । शिविरमा प्रयोगशालासहित निःशुल्क औषधि र इसीजी सेवा प्रदान गरियो ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



